काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) जम्मा २६ मिनेट कारोबार भएर बुधबार सेयर बजार बन्द भएको छ।
सेयर बजारमा कारोबार सुरु भएको पहिलो १३ मिनेटमै पहिलो पोजेटिभ सर्किट लागेको थियो। पहिलो सर्किटपछि ११ बजेर ३३ मिनेटमा खुलेको बजारमा ३ मिनेट नबित्दै दोस्रो सर्किट लागेर बजार ४० मिनेटका लागि बन्द भएको थियो। १२ बजेर १५ मिनेटमा तेस्रो पटक खुलेको सेयर बजार १० मिनेट नबित्दै ६ प्रतिशतले वृद्धि भएपछि सर्किट लागेर दिनभरका लागि बन्द भएको छ।
कारोबार सुरु भएको डेढ घण्टामै बजार बन्द भएपनि कारोबार भएको वास्तविक समय भने २६ मिनेटमात्रै हो। तर यो अवधिमा नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५२ अंकमा पुगेको छ भने ४० करोड ७३ लाख ५२ हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार पनि पहिलो २ घण्टाभित्रै पोजेटिभ सर्किट लागेर बजार बन्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।