• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा वर्ग विभाजन : कोही चिल्ला गाडीमा सरर, कसैलाई लिफ्टको भर

64x64
वीरेन्द्र ओली मंगलबार, असार १६, २०७७  २०:१२
1140x725

काठमाडौं- कुनै समय नेपालका कम्युनिस्ट नेताहरू वर्गीय खाडल मेट्न वैचारिक मात्रै होइन, सशस्त्र संघर्षमा समेत होमिए। नातागोता आफन्त इष्टमित्र केही नभनी निरन्तर संघर्षमार्फत् परिवर्तनमा लागे। व्यक्तिगत घरघडेरी र गाडीको त धेरै परको कुरा, कोकाकोला खानेले समेत पार्टीमा स्पष्टीकरण दिनुपर्थ्यो कुनै समय।

हिजोको त्यही कम्युनिस्ट दीक्षाबाट दीक्षितहरु जब नेकपाको कुनै कार्यक्रममा सहभागी हुन एकीकृत हुन्छन् दृष्य नै अनौठो देखिन्छ। उनीहरू जहाँ भेला हुन्छन् महँगा गाडीले छपक्कै ढाकिन्छ कार्यक्रमस्थल। अहिले नेकपाको स्थायी समितिको बैठक चलिहरँदा बालुवाटारमा यस्तै दृष्य देखिन्छ। 

मंगलबारको स्थायी कमिटी बैठकमा सहभागी हुन आएका नेकपाका नेताहरूको महँगा गाडीले बालुवाटार परिसरको पार्किङ क्षेत्र छपक्कै ढाकिएको थियो। गाडीका दृष्य हेर्दा विलासी जीवनशैलीका लागि नेताहरू एक आपसमा प्रतिस्पर्धा गरेझैँ भान परेको थियो। तर केही अपवाद नभएको हैन।

प्रधानमन्त्री निवास बालुवाटरमा नेकपा स्थायी कमिटी बैठक चलिरहँदा पार्किङ क्षेत्रका नेताहरुको सवारी साधन।

चिल्ला गाडीमा हुइकिँदै आउने सर्वहारा नेताहरूको भिडमा केही यस्ता नेता पनि थिए, जो पैदलै हिँडेर बैठकमा सहभागी हुन पुगेका थिए। सार्वजनिक सवारी नचलेकाले केही नेता लिफ्ट लिएर आएका थिए।

सामान्य समयमा सार्वजनिक सवारीसाधन प्रयोग गर्दै आएका नेकपा नेता वेदुराम भुसाल मंगलबार भने अर्काको गाडीमा लिफ्ट मागेर बालुवाटार आइपुगेका थिए। एकै नेतासँग लिफ्ट माग्न धक लाग्दा उनी आवश्यकताअनुसार पार्टीको बैठकमा सहभागी हुँदा फरकफरक नेतासँग लिफ्ट माग्ने गर्छन्।

‘सधैं एउटै नेतासँग लिफ्ट माग्न धकलाग्दो रहेछ। कहिले कुन नेतालाई कहिले कुन नेतालाई भनेरै बालुवाटार पुग्छु,’ भुसालले भने, ‘पैसा नै कमाउन राजनीति गरेको भए यसरी अरुको भर पर्नुपर्दैनथ्यो होला। विचार, दर्शन, र वर्गसंघर्ष भनेर हिँडियो। यस्तै भयो।'

भुसाल आफै अर्घाखाँचीको बर्रे संघर्षमा १२ वर्ष कठोर जेलजीवन बिताएर निस्किएका थिए। जेलबाटै स्नातकोत्तर पुरा गरी शान्तिपूर्ण राजनीतिमा आएपछि ‘जनताको बहुदलीय जनवाद’मा विद्यावारिधि गरेका उनले राजनीतिमा लामो संघर्ष गरे पनि ०५६ साल र अहिले राष्ट्रियसभा सांसद मात्रै छन्।

यस्तै दुईपटक मन्त्री र तीन पटक सांसद भइसकेका स्थायी कमिटी नेता गोकर्ण विष्टसमेत गाडी मोहबाट अहिलेसम्म टाढै छन्। यसअघि श्रममन्त्रीबाट हटाईंदा सरकारी गाडी सिंहदरवारमै छोडेर सर्वसाधरणझै ट्याक्सी चढेर फर्किएका थिए उनी। उनको त्यो व्यवहारको राम्रै प्रशंसा भएको थियो। अहिले पनि उनी सम्भव भएसम्म सार्वजनिक सवारी प्रयोग गर्छन्। सम्भव नभए लिफ्ट लिन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘प्रायः म सार्वजनिक गाडी प्रयोग गर्छु। हतार छ भने मात्रै ट्याक्सी चढ्छु,’ विष्टले भने, ‘बालुवाटार बैठकमा नेता साथीसँग लिफ्ट मागेर पुग्ने गर्छु। कहिले आफ्नै साथीभाईलाई सहयोग मागेर बैठकमा पुग्ने गर्‍या छु।’

सामाखुसीमा बस्ने भएकाले बाटो पर्ने नेताहरुसँग सहयोग मागेर बालुवाटारको बैठकमा सहभागी हुने गरेका छन् उनी। 'नेता हुने बित्तिकै विलासी गाडी चढ्नु पर्छ भन्ने छैन,’ विष्टले भने, ‘आफ्नो गच्छे जति छ, त्यति मात्रै गर्नुपर्छ। अनाश्यक फाईंफुईं किन गर्नु?’ 

स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री गणेश साह पनि लामो समयदेखि सार्वजनिक गाडी नै प्रयोग गर्दै आएका छन्। मन्त्री हुनुभन्दा अगाडिसम्म उनी आफ्नै मोटरसाइकलमा हुइँकिन्थे। मन्त्री भएपछि सरकारी गाडी प्रयोग गरे। पूर्वमन्त्री भएपछि मोटरसाइकल नि छाडे।

'मन्त्री हुनुभन्दा अघि आफ्नै मोटरसाइकल चलाउँथे। मोटर साइकलबाटै पार्टीका बैठकसभा समारोह भ्याउँथे,’ साह भन्छन्, 'मन्त्री भएपछि त्यो मोटर साईकल पनि चढ्न छोडे। प्राय ट्याम्पोमै हिड्न मन लाग्छ।’ बालुवाटारको बैठकमा भने उनी सहकर्मी मातृका यादवको गाडीमा आउँजाउँ गर्दै आएका छन्। 

जसको आफ्नै सवारी छ
सत्ताधारी दल नेकपामा सरकारी सुविधामा प्राप्त भएका र निजी सवारी चढ्नेहरूको संख्या ठूलो छ। सरकारी सुविधाको गाडी कसैले वैध रुपमै प्रयोग गरिरहेका छन्। कसैले नियमअनुसार नपाउने भएपनि छोडेका छैनन्।

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका व्यक्तिलाई सुविधाका रूपमा सवारी साधन, इन्धन, चालक उपलब्ध गराउँदै आएको छ। सरकारले उपलब्ध गराएका सवारी साधन प्रयोग गर्ने पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल हुन्। यस्तै नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, जनार्दन शर्मा र भीम रावल गृहमन्त्री भइसकेका स्थायी कमिटी सदस्यहरू हुन्। बामदेव गौतम सरकारी सुविधाका अगुवापछुवा सुरक्षाकर्मीसहित सवार हुने गरेका छन्।

सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीले सुविधाको सरकारी सुविधाकै गाडी प्रयोग गर्छन्। प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री लेखराज भट्ट र पर्यटनमन्त्री योगेश भट्टराई सरकारी गाडीमा हुँइकिन्छन्। यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र गण्डकीकै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ सरकारी पदमा भएकाले सुविधाको गाडी नै प्रयोग गर्छन्।

स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ नेकपा प्रमुख सचेतकको रुपमा सरकारी गाडी पाएका छन्। पूर्व सभामुख सुवाचन्द्र नेम्वाङले सरकारले उपलब्ध गराएको गाडी प्रयोग गर्छन्। महासचिव विष्णु पौडेल, चक्रपाणि खनाल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, भीमप्रसाद आचार्य, मणि थापा, मातृका यादव, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेलसँग आफ्नै निजी सवारीसाधन छ।

गाडी नभएका स्थायी कमिटी सदस्य
अष्टलक्ष्मी शाक्य, गणेश साह, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेलसँग निजी सवारीसाधन छैन। गोकर्ण विष्ट, मुकुन्द न्यौपाने, बेदुराम भुसाल, केशव बडाल, अमृतकुमार बोहरा, पेशल खतिवडा, नन्द प्रसाई, विष्णुप्रकाश श्रेष्ठले पनि निजी सवारी जोडेका छैनन्। निजी गाडी नभएकाहरू प्रायः लिफ्टको भरमा हिड्ने गर्छन्।

नेकपा सल्लाहकार कमिटीका संयोजक नन्द प्रसाई पार्टीले नै उपलब्ध गराएको गाडीमा आउँनेजाने गरेको बताउँछन्। 'पहिलो दिन छिमेकीसँग सहयोग मागेर मोटरसाईकलमा बैठक हल पुगेँ,’ स्थायी कमिटी सदस्य प्रसाईंले भने, ‘दोस्रो दिनदेखि पार्टीले गाडी व्यवस्था गरेपछि त्यसैमा आउनेजाने गरेको छु।’ 

केही स्थायी कमिटी सदस्यलाई भने पार्टीको बैठकलगायतका काममा आउनजान पार्टीले नै गाडी उपलब्ध गराउने गरेको छ। नेकपा कार्यालय सचिव ईश्वरी रिजालले गाडी नहुने नेताहरुलाई पार्टीले व्यवस्था गरेको बताए। ‘धेरै नेताहरुको आफ्नै गाडी छ। गाडी नहुने नेताहरुका लागि पार्टी कार्यालयले एउटा गाडी व्यवस्था गरेको छ। त्यसैमा ल्याउने र पुर्‍याउने गरिएको छ,’ रिजालले भने, ‘बैठकमा आउने नेताहरुलाई सवारी साधानको अभाव हुन दिएका छैनौँ।’

बैठकमा उठिरहन्छ विभेद र वर्गको बहस
नेकपाको बैठकमा नेताहरूमाथि नै विभेद हुने गरेको भन्दै पार्टीका विभिन्न कमिटीका बैठकमा बहस समेत हुने गरेको छ। पार्टीका बैठकहरूमा फरकफरक नेताका लागि फरकफरक प्रकारका कुर्ची राखिएको भन्दै बेलाबखत विवाद भइरहन्छ। कम्युनिस्ट पार्टीको बैठकमा विभेद हुने गरी कुर्सी राख्ने गरिएको भन्दै नेताहरु आलोचनामा उत्रिने गरेका छन्।

सचिवालय बैठकमा दुई अध्यक्षद्वय ओली-प्रचण्डको कुर्सीका स्तर नमिल्दा विवाद भएको थियो। ओली सुविधायुक्त देखिने कुर्सीसँगै रातो कपडा बेरेर बस्थे। प्रचण्ड र अन्य नेता सामान्यमा। योबारे समेत आलोचना भएपछि बालुवाटारमा हुने बैठकमा दुवै अध्यक्ष बस्ने कुर्सीको स्तर एकै प्रकृतिको बनाउने गरिएको छ। 

 

स्थायी समितिको बैठक शुरु भएपछि फेरि कुर्सीको स्तर बहसमा आयो। बालुवाटार स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओली र प्रचण्ड बस्ने कुर्सी साईजमा ठूला र आकषर्क अनी अरु नेताको कुर्सी सामान्य भएको भन्दै नेता भीम रावलले विरोध गरेका थिए। 

'अध्यक्षज्यूको कुर्सी राजामहाराजको जस्तो हुने र अरु नेताको कुर्सी रैतीको जस्तो हुने गरेको भन्दै उनले आपत्ति जनाएपछि अध्यक्ष र स्थायी समितिका सदस्य बस्ने कुर्सी एकै प्रकारको बनाइएको थियो। मंगलबारको बैठकमा बसै नेताहरूको स्थान पनि एकै पारिएको छ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण ह... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्