काठमाडौं-मंगलबार नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको ३ घण्टाभित्र ३ पटक पाेजिटिभ सर्किट ब्रेक लागेको छ।
कारोबार सुरु भएको ४८ मिनेटमा पहिलोपटक, १२ बजेर १७ मिनेटमा दोस्रोपटक र १ बजे तेस्रो पटक सर्किट लागेको हो। एकघण्टा नबित्दै ४ प्रतिशतको वृद्धि देखिएपछि २० मिनेट, दोस्रो पटक ५ प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेट र तेस्रो पटक ६ दशमलव शून्य ६ प्रतिशतको वृद्धि देखिएपछि दिनभरिका लागि कारोबार स्थगित गरिएको छ।
मंगलबार परिसूचक ७२ दशमलब शून्य ५ अंकले बढेर १ हजार २ सय ६० दशमलव ७० अंकमा कायम भएको छ। त्यस्तै सेन्सेटिभ परिसूचक १५ दशमलब ६३ अंकले बढेर २ सय ७१ दशमलब ९२ अंकमा कायम भएको छ।
आज १ सय ३४ वटा कम्पनीको ४ लाख ८९ हजार ५ सय ३७ कित्ता सेयर २ हजार ९ सय १९ पटक खरिदबिक्री हुँदा २२ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।