काठमाडौं- नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोस्रो पोजेटिभ (सकारात्मक) सर्किट ब्रेक लागेको छ। मंगलबार कारोबार सुरु भएको ४८ मिनेटमा सकारात्मक सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएकोमा १२ बजेर १७ मिनेटमा अर्को सर्किट लागेर ४० मिनेटका लागि कारोबार रोकिएको छ।
नेप्से ५ प्रतिशत अर्थात् ५९ दशमलव ८७ अंकले बढेर १ हजार २ सय ४८ दशमलव ५७ अंक कायम भएको छ। मंगलबार बजार खुलेको एक घण्टा भित्रै ४ प्रतिशत अर्थात् ४७ दशमलव ५८ अंकको वृद्धि देखिएपछि पहिलो पटक सर्किट लागेको थियो भने १२ बजेर ८ मिनेटमा खुलेको बजारमा त्यसको १० मिनेट भित्रै अर्को सर्किट लागेको छ।
धितोपत्र कारोबार सम्बन्धी विनियमावली २०७५ को विनियम १७ मा सर्किट ब्रेक सम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र सेयर बजार ३ प्रतिशतले घटी वा बढी हुँदा १५ मिनटका लागि, दुई घण्टाभित्र ४ प्रतिशतले घटी वा बढी हुँदा ३० मिनेटका लागि र ५ प्रतिशतले घटी वा बढी हुँदा दिनभरका लागि सर्किट ब्रेक लगाउनुपर्ने व्यवस्था छ।
सोमबार भने कारोबार सुरु भएको ४० मिनेटमा नकारात्मक सर्किट ब्रेक लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।