एजेन्सी-२० औं शताब्दिका वामपन्थी क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभारा जन्मिएको अर्जेन्टिनाको रोजारियो सहरस्थित घर बिक्री हुने भएको छ। सहरको केन्द्रमा अवस्थित २५८० स्क्वायर फुटमा फैलिएको घर बिक्री गर्न लागिएको हो। यो घरलाई अर्जेन्टिनी व्यापारी फ्रान्सिस्को फर्रुग्गियाले सन् २००२ मा किनेका थिए।
फर्रुग्यिाका अनुसार उनी यो घरलाई सांस्कृतिक केन्द्र बनाउन चाहन्थे। तर यो योजना पूरा भएन। उनले यो घर कति मूल्यमा किनेका थिए र कतिमा बिक्री गर्न चाहेका हुन् भन्नेचाहि खुलाएका छैनन्। गत वर्ष यो घर हेर्न धेरै मानिसहरु आएका थिए।
चर्चित व्यक्तिहरु समेत यो घर हेर्न आउने गरेका छन्। उरुग्वेका पूर्व राष्ट्रपति जोसे पेपे मुजिसा र क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्त्रोका सन्ततिसमेत उक्त घर हेर्न पुगेका थिए। यस्तै, ५० को दशकमा चे ग्वेभारासँग दक्षिणी अमेरिकामा मोटरसाइकल र्यालीमा यात्रा गरेका एल्बर्टो ग्रानाडोल पनि घर हेर्न पुगेका थिए।
क्युबाली क्रान्ति
चे ग्वेभाराको जन्म सन् १९२८ मा एक सम्पन्न परिवारमा भएको थियो। दक्षिण अफ्रिकाको गरिबी र भोक देखेपछि उनले क्रान्तिको बाटो अपनाएका थिए। क्युबाली क्रान्तिमा उनको महत्वपूर्ण भूमिका थियो।
चे को यो क्रान्तिले फुल्गेनिस्को बाटिस्टाको तानाशाही शासन समाप्त पारेको थियो। यसपछि चेले क्रान्तिको दायरा दक्षिण अमेरिकी र विकासशील मुलुकमा समेत फैलाउने इच्छा देखाएका थिए। उनी क्युवाबाट बोलिभिया गएर त्यहाँका राष्ट्रपति रेने भेरिएन्टोस ओर्टुनाविरुद्ध विद्रोहको नेतृत्वसमेत गरेका थिए।
चेको हत्या
अमेरिकी सहयोगमा बोलिभियाको सेनाले चे ग्वेभारा र उनका लडाकुहरुलाई पक्राउ गर्यो। ९ अक्टुवर १९६७ मा ला हिग्वेरा नामको एक गाउँमा उनको हत्या गरियो र उनलाई कुनै गोप्य ठाउँमा गाडियो। सन्१९९७ मा चेलाई गाडिएको क्षेत्र पत्ता लाग्यो। उनको अवशेष झिकेर क्युबा ल्याइयो र फेरि अन्त्येष्टि गरियो ।
चेले जीवनकालमा जे गरे, त्यसलाई लिएर अहिले पनि मतान्तर देखिने गरेको छ। उनका समर्थक उनलाई समर्पण र आत्मबलिदानको उदाहारण मान्छन्। तर आलोचकहरु चे एक क्रुर र बर्बर मानिस मान्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।