• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
स्वास्थ्य सेवा विभागले चीनमा प्रतिबन्धित भिटिएम किनेको खुलासा टेन्डरमा एउटा कम्पनीको नाम, बुझायो अर्कैको
64x64
उत्तम काप्री शुक्रबार, असार १२, २०७७  १३:०३
1140x725
बायाँबाट स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मन्त्रीका सल्लाहकार डा खेम कार्की, विभागका डिजी डा दीपेन्द्ररमण सिंह, निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन बिष्ट।

काठमाडौं-कमिसनको खेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले चीन सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको खुलेको छ। विभागले चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ राष्ट्रिय स्वास्थ्य सामग्री प्रशासन (एनएमपिए)ले प्रयोग गर्ने अनुमति नदिई  निर्यातमा समेत प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीको मिलोमतोमा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग १ लाख ७० हजार गुणस्तरहीन भिटिएम खरिद गरेका हुन्।

भिटिएम खरिदका लागि भएको टेन्डरमा २० वटा कम्पनीले आवेदन दिए पनि विभागले गुणस्तरहीन भिटिएम दिने प्रस्ताव पेस गरेकै कम्पनीसँग खरिद सम्झौता गरेकाले यसमा मिलेमतो भएको देखाउँछ।

अन्य १९ वटा कम्पनीले चीन तथा कोरियामा उत्पादन भएको गुणस्तरीय भिटिएम दिने प्रस्ताव हालेका थिए। तर विभागका अधिकारीहरुले चीन सरकारले नै रोक लगाएको कम्पनीको भिटिएम दिन प्रस्ताव गरेको जनमुक्तिसँग भिटिएम खरिद गर्ने गरी दुई पक्षीय सम्झौता गरेका थिए। विभागले १ लाख ७० हजार भिटिएम खरिदका लागि २ करोड ७२ लाख रुपैयाँमा जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो।

टेन्डरमा एउटा कम्पनी, सामान अर्कै कम्पनीको 

स्वास्थ्य सेवा विभागले गरेको भिटिएम खरिदमा सहभागी जनमुक्ति हेल्थ इन्टरप्राइजेजले चिनियाँ जेनफाइन बायोटेक कम्पनीले उत्पादन गरेको भिटिएम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर, विभागलाई भिटिएम उपलब्ध गराउँदा भने अर्कै कम्पनीको भिटिएम दिएको नेपाललाइभले प्राप्त गरेको प्रमाणले देखाउँछ।

जनमुक्ति हेल्थ इन्टरप्राइजेजले विभागलाई दिएको भिटिएमको नमुना नेपाललाइभसँग सुरक्षित छ। विभागलाई जनमुक्ति हेल्थ इन्टरप्राइजेजले दिएको भिटिएम चिनियाँ लियुङ सानिल मेडिकल टेक्नोलोजीको हो। जुन कम्पनीको उत्पादन चीनमै प्रतिबन्ध छ भने चीन सरकारले निर्यातको पनि अनुमति दिएको छैन।

Ncell 2
Ncell 2

चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ एनएमपिएले जम्मा ११ वटा कम्पनीको भिटिएमलाई मात्रै निर्यातको अनुमति दिएको छ। त्यसमा लियुङ सानिल मेडिकल टेक्नोलोजीको नाम छैन। 

जनमुक्ति हेल्थ इन्टरप्राइजेजले टेन्डरमा उल्लेख गरेको कम्पनी र अहिले दिएको भिटिएम उत्पादन कम्पनीसमेत उक्त सूचीमा छैन।

यसले भिटिएम खरिदमा विभागले मन्त्री भानुभक्त ढकाल, मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्की, विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले बदमासी गरेको पुष्टि हुन्छ। कोरोना भाइरस संक्रमण जोखिम बढिरहेका बेला उनीहरुको आर्थिक मिलेमतोमा गुणस्तरहीन भिटिएम खरिद गरेका खरिद प्रक्रिया र खरिद गरिएका सामग्रीको गुणस्तरबाट प्रस्ट हुन्छ।

विभागमा महानिर्देशक डा सिंहलाई चीनमै प्रतिबन्धित र निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम किन खरिद गरेको भनेर प्रश्न सोध्दा उनले आफू यस विषयमा अनभिज्ञ रहेको दाबी गरे। उनले खरिद भएको भिटिएम ल्याब परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएइने दाबीसमेत गरे। अन्य विषयमा भने डा खरेललसँग जानकारी लिनु भन्दै सिंह पन्छिए। तर, विभागमा निर्देशक खरेल सम्पर्कमा आउन चाहेनन्। 

विभाग स्रोतका अनुसार गुणस्तरहीन भिटिएम खरिदमा विभागमा महानिर्देशक सिंह, खरेल र शाखा अधिकृत विष्ट संग्लन छन्। नेपाललाइभले प्राप्त गरेको विवरणले पनि यही देखाउँछ। खरिद सम्झौताको विषय सुरु हुँदा नै विभागका अधिकांश कर्मचारीले जनमुक्ति हेल्थ इन्टरप्राइजेजले उल्लेख गरेको कम्पनीको भिटिएम गुणस्तरहीन रहेको भन्दै खरिद नगर्न सुझाव दिएका थिए। तर, उनीहरु गुणस्तरहीन भिटिएम खरिद गर्न अडिग रहे। 

यस विषयमा शाखा अधिकृत विष्टलाई सोध्दा उनले कुन कम्पनीलाई कसले प्रतिबन्ध लगाएको छ भनेर हेर्ने काम विभागको नभएको गैरजिम्मेवार जवाफ दिए। उनले भने, 'विभागले विदेशमा कुन कम्पनीलाई कसले प्रतिबन्ध गरेको छ भन्ने कुरा हामीलाई मतलब हुँदैन। हामीले खरिद ऐनअनुसार प्रस्ताव हाल्ने कम्पनीको प्रमाणपत्र जाँच गरेर ठेक्का सम्झौता गरेको हौं। सम्झौतापछि कम्पनीले दिएको सामान लिएका हौं। जनमुक्तिले नै कम मूल्यमा सामान दिने गर कम रकम कबुल गरेको थियो। सोही आधारमा सम्झौता खरिद भएको हो।’

भिटिएम के हो?
भिटिएम भनेको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो। यसलाई एक प्रकारको किट भनेर बुझ्दा पनि हुन्छ। यसको काम प्रयोगशालासम्म पुर्‍याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस भन्ने नै हो।

यी हुन् निर्यात तथा प्रयोगमा चीनले अनुमति दिएका भिटिएम उत्पादन कम्पनी

 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज बाँकी करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि असार महिनामा खर्चको चाप अत्... शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने नेपाल राष्ट्र बैंकका गभर्नरका डा.विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै १५ प्रतिशत लाभांश सम्बन्... शुक्रबार, असार २७, २०८२
यस्तो छ  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ) गभर्नर डा. विश्व पौडेलले शुक्रबार एक कार्यक्रमबिच मौद्रिक नीति सार्वजनिक गरेका हुन्। शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल : सभापति देउवा शुक्रबार, असार २७, २०८२
बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित) शुक्रबार, असार २७, २०८२
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्