एजेन्सी-अक्सफोर्ड विश्वविद्यालयले दक्षिण अफ्रिकामा कोरोनाविरुद्धको खोप परीक्षण थालेको छ। परीक्षण बुधबारदेखि सुरु गरिएको हो।
यो मानव परीक्षणमा १८ देखि ६५ वर्षसम्मका २ हजार स्वयंसेवकलाई सामेल गराइएको छ। यो खोपको परीक्षण ब्राजिलमा पनि सुरु गरिएको छ।
यो खोपको विकास अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रोजेनेका कम्पनीले मिलेर गरेका हुन्।
परीक्षणमा सामेल गराइएकाहरुलाई १२ महिलासम्म निगरानी गरिनेछ, जसमा कोभिड १८ को संक्रमणविरुद्ध यसले पार्ने सकारात्मक प्रभावलाई हेरिनेछ। ChAdOx1 nCoV-19 भ्याक्सिनलाई AZD1222 नामबाट पनि चिनिन्छ।
खोप परीक्षणका लागि तेस्रो देशका रुपमा अमेरिका छनोट गरिएको छ, जहाँ ३० हजार मानिसमा परीक्षण गर्ने प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।