एजेन्सी–कोरोना संक्रमणबाट हालसम्म विश्वभर करिब ५ लाख मानिसको मृत्यु भइसके पनि १७ देशमा कुनै पनि मानिसको मृत्यु भएको छैन ।
त्यस्ता मुलुकमा दक्षिण एसियाली मुलुक भुटान पनि छ। त्यहाँ ७० जनामा संक्रमण पुष्टि भएको छ। पपुवा न्युगिनीमा १० संक्रमित छन् भने सिसेलिसमा ११, सेन्टकिट्स एण्ड नेभिसमा १५, लेसेथो १७, फिजि १८, डोमिनिका १८, सेन्ट लुइस १९, लाओस १९, ग्रेनाडा २३, टिमोर लेस्ते २४, सेन्ट भिन्सेन्ट एण्ड दि ग्रेनाडिन्स २९, नामिबिया ७६, कम्बोडिया १३०, इरिट्रिया १४४, मंगोलिया २१५, भियतनाम ३५२ र युगान्डा ८०५ जना संक्रमित छन्। तर यी मुलुकमा एक जनाको पनि मृत्यु छैन।
यस्तै, १ जनाको मात्रै मृत्यु हुने मुलुकमा लिचेटेन्स्टीन र बोत्स्वाना छन् भने २ जनाको मात्र मृत्यु हुने मुलुकमा गाम्बिया, बेलिज र रुवान्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।