• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राजेश पायललाई भुतुक्कै पार्ने तीन युवती 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १६:०३
1140x725

राजेश पायल राई भन्नलाई ‘म खुला किताब हुँ’ भन्छन् । तर, उनको जिन्दगीको खुला किताबमा उनी आफैं पनि अलमलिने केही अध्याय छन् र उनले यो उमेरसम्म बुझ्नै नसकेका अध्याय पनि रहेछन्।

संगीतका सात सुर बुझेका उनी जिन्दगीका सुरतिर पुग्दा कहिलेकाहीँ बेसुरा ठान्छन् आफूलाई । निजी कार्यालय रहेको नक्सालस्थित पाँचतले घरको छतबाट सहर हेर्दै उनी अनेक थोक सोचिबस्छन्।

तीमध्ये एउटा छ– प्रेम जिन्दगीको महत्वपूर्ण राग हो, तर त्यो आलाप लिने भाँती पुगेन कि?
अर्काे छ– विवाह जिन्दगीको ताल हो, त्यो किन मिलिरहेको छैन?

राजेश पायललाई प्रेम गर्नेहरुको यसै पनि कमी छैन । खोज्दै जाने हो भने घरैपिच्छे उनका प्रशंसक भेटिन सक्छन् । सधैंजसो उनी साथीभाइको घेरामै हुन्छन् । घरपरिवार र आफन्तका पनि धनी नै मान्छे हुन्। 

यी सबै भएर पनि कति–कति बेला चाहिँ एक्लो महसुस हुन्छ उनलाई ? 

यो प्रश्न अहिलेसम्म झेलेका रहेनछन् । हरेक प्रश्नको उत्तर रमाइलोसँग दिइरहेका उनी एकछिन निःशब्द बने । एकाएक भावुक मुद्रामा आइपुगे । 

सेलिब्रिटीलाई सोधिने हल्काफुल्का प्रश्नहरुको बनावटी उत्तर दिँदै आएका उनी पहिलोपल्ट आफूभित्रका सत्य ओकल्ने ‘मुड’मा आए। 

‘ज्यादा नै व्यस्त भएर लखतरान भएर घर आइपुगेका बेला र ठूलै सफलता हासिल गरेर असाध्यै खुसी भएका बेला,’ उनी भन्दै गए, ‘वाह ! तपाईंले यस्तो पनि गर्नुभयो’ भन्ने त धेरै भेटिन्छन् । मैले यस्तो गरेँ नि भनेर आफूले सेयर गर्ने मान्छे भइदिए जस्तो लाग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो बेला आफैंले आफैंलाई प्रश्न गर्छन्, ‘यति सफल मान्छेको पनि त्यस्तो एउटा मान्छे छैन?’ 

केले मिलेन त अझै घरजमको सुरताल?

यो प्रश्नसँगै उनले आफ्ना जिन्दगीका तीन ‘क्रस’ सम्झिए। 

तीमध्ये दुई उनका त्यस्ता एकतर्फी प्रेम भए, असाध्यै मन पराए पनि व्यक्त गर्न सकेनन् । यदि व्यक्त गर्न सक्दा हुन् र उताबाट ‘एस’ आउँदो हो त उहिल्यै मिलिसक्थ्यो होला घरजमको मेसो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मनको कुरा किन व्यक्त गर्न सकिएन? 

‘यो कुरामा म एकदमै डरपोक छु । आजसम्म न कसैलाई फेस टु फेस भएर ‘आइ लभ यू’ भन्न सकेँ । न भनेकालाई नै ‘लभ यू टू’ लेख्न सकेँ।’

आजभन्दा १०–११ वर्षअघि कलाकारिता क्षेत्रकै एक युवती उनको रोजाइमा परेकी थिइन् । उनले भित्रभित्रै उनीसँग जिन्दगीको रथ कुदाउने सपना समेत सजाएका थिए । साथीभाइले ‘जोडी गज्जब जम्छ’ भनिदिएपछि उनी अझ सिरियस भएका थिए । चिनजान, भेटघाट, कफी खाजा हुँदै साथीत्व डिनरसम्म त पुग्यो । तर, त्यसभन्दा अघि आफूलाई बढाउनै सकेनछन् । उनलाई लाग्यो, ‘हुँदैन भनिन् भने त अहिले छँदाखाँदाको दोस्ती पनि टुट्छ । यही क्षेत्रमा बाँच्नु छ, समस्या हुन्छ।’ 

ती युवतीका निकटस्थलाई मन पराएको सुइँको त दिएका हुन् । तर, उनीहरुले सुनाए–सुनाएनन्, पत्तै भएन । केही वर्षपछि ती युवतीले बिहे गरिन् । राजेशको ‘मनको कुरो मनमै’ रह्यो।

झन्डै चार वर्षअघि फेरि एक जना कलाकार नै उनको आँखामा चढिन् । उनीसँग पनि राजेशले दोस्ती असाध्यै गाढा बनाए । मित्रताका हिसाबले असाध्यै गहिरो पनि भएछ सम्बन्ध । यहाँनेर पनि उही पुरानो समस्या दोहोरियो । आफैंले भन्न सक्ने स्थिति यसपल्ट पनि नदेखेपछि उनका साथी मार्फत कुरो पुर्‍याए । साथीले उनीसम्म कुरा पुर्‍याइदिइछन्, ‘राजेश दाइले तिम्लाई मन पराउनुहुँदो रहेछ!’ 

उताबाट उत्तर आएछ, ‘राजेश दाइले ठट्टा गरेर भने होलान्, तैंले चाहिँ पत्याएको?’

डरले गुजुल्टो पर्ने राजेशलाई आँट आउने कुरै भएन, ‘होइन, मैले साँच्चिकै भनेको भनेर कसरी भन्न जानु?’

त्यसअघि खोटाङमा स्कुल पढ्दा एकजना असाध्यै मन परेकी थिइन् उनलाई । उनी आफ्नै मान्छे जस्ती लाग्न थालेकी थिइन् । राजेश सात कक्षामा पढ्थे भने र उनी पाँचमा । कोही मन पर्‍यो कि प्रेमपत्र लेखिहाल्ने चलन थियो त्यो बेला । राजेशलाई लाग्यो– ‘प्रेमपत्र लेखेर पठाउँछु।’

उनले लेखे पनि । तर, कसरी दिने ? कहाँ पठाउने ? कसैले थाहा पायो भने? 

भर्खर किशोर बेलामा डरले मुटुमा बेस्मारी दमाहा बजायो । मनमा हुर्कंदै गरेको प्रेमको टुसा त्यत्तिकै भाँच्चियो। 

कोही मन परेपछि एकैपल्ट उनमा दुई खालका विचार आइहाल्दा रहेछन् । ‘मैले भन्यो भने मानिहाल्छिन् नि जस्तो लाग्छ । अघि बढ्न खोज्छु, तर मानिनन् भने ... भन्ने लाग्छ । अनि चुपचाप बस्छु।’

यी त उनले मन पराएकाहरुको कुरा भयो । उनलाई मन पराएँ भनेर आउनेहरुको झन् लस्कर नै छ।

धेरैले उनलाई मन पराएको कुरा फेसबुक मार्फत व्यक्त गर्छन् । त्यस्तो भन्नेको प्रोफाइल खोलेर हेर्छन्, तस्बिरहरु हेर्छन् । उनलाई ‘ठीकै छे’ जस्तो लाग्छ । आफ्ना तर्फबाट ‘संकेत गरौं’ जस्तो लाग्छ पनि। 

मनमा रोमान्टिक भावहरु जागिरहँदा एक्कासि आशंकाले रोक्छ, कतै फेक एकाउन्ट पो हो कि ? ‘राजेशले मलाई मन परायो नि’, ‘भेटौं भन्यो नि’ भनेर स्क्रिन सट सार्वजनिक गरिदेलान् कि भन्ने पीर लाग्छ। 

यस्तै शंका–आशंकाले यतातिरको ढोका पनि घड्याप्प बन्द हुन्छ।

राजेश नाम गरेका सेलिब्रिटीहरुको बिहे ५० पारि नै हो त ? हामीले उनको उकालो लागिरहेको उमेर र बिहेमा ढिलाइ हुँदै गएको कुरातिर संकेत गर्‍यौं । उनी मस्त हाँसे, ‘त्यति चाहिँ नपुग्ला । अलि चाँडै गर्छु ।’

उनलाई विवाह गर्ने ठ्याक्कै यही समय हुन्छ भन्ने लाग्दैन । आफूलाई मन लागेका बेला र जुरेर गर्ने हो भन्छन् । विवाह नै भएन भने पनि असफल जिन्दगी ठान्दैनन् । उनी सफल अविवाहित नेपाली राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाको उदाहरण दिन्छन् । यस्तै, बलिउड अभिनेता सलमान खानको नाम अघि सार्छन् । 
‘यी उदाहरण हुन्, मेरा आदर्श होइनन्,’ उनी तर्किन्छन्, ‘उनीहरुको सिद्धान्त अपनाएको होइन।’

अचेल उनलाई बिहेको लागि घर–परिवारको असाध्यै ठूलो दबाव छ । चाँडै बिहे गरेर छोराले नाति–नातिना खेलाउने मौका देओस् भनेर बा–आमाले चाहना राख्दा रहेछन्। 
उनका प्रशंसक पनि ‘तपाईंको चाँडै बिहे होस्’ भन्छन् । ‘अचेल आइ लभ यू भन्ने भन्दा पनि चाँडै बिहे होस् भन्नेको संख्या बढ्दो छ,’ उनी भन्छन्, ‘कुनै अविवाहित कलाकारसँगको तस्बिर फेसबुकमा राख्छु, उसैसँग भए पनि छिटै बिहे गर्नुस् भन्ने कमेन्ट आउँछ।’ 

केही समयअघि उनले अभिनेत्री रेखा थापासँगको तस्बिर पोष्ट गरेका थिए । ‘राजेश–रेखाको जोडी जम्छ’ भनेर कमेन्ट र इनबस्क गर्नेहरु निकै भएछन् । कतिले त उनीहरुबीच ‘खिचडी पाकिरहेको’ बुझेका रहेछन्।

‘यतिबेला सबैतिरबाट मेरो बिहेका लागि प्रेसर बढ्दो छ,’ उनले भने, ‘अब धेरै दिन प्रेसर थाम्न सकिन्न कि!’
छुट्टिनै लाग्दा हामीले राजेशसँग ठट्टा गर्‍यौं– तपाईंले साँच्चै मन पराएकी तर तपाईंले मन पराएको सुइँको दिँदा ठट्टा ठानेकी युवतीको नाम भन्नुहोस् । हामी उहाँ साँच्चिकै मन पराउनुहुन्छ भनिदिउँला।

राजेशले हँसमुख भावमा उत्तर दिए, ‘यति पढ्यो भने त उनले बुझ्लिन् नि!’
 

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्