एजेन्सी–विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या करिब ९२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार बुधबार बिहानसम्म ९१ लाख ८४ हजार ९ सय ७६ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर ४ लाख ७४ हजार ६ सय ९ जनाको मृत्यु भइसकेको छ।
सबैभन्दा धेरै अमेरिकामा २३ लाख ४२ हजार ७ सय ३९ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २१ हजार १ सय ७६ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, जहाँ ११ लाख ६ हजार ४ सय ७० जना संक्रमित भएका छन् भने ५१ हजार २ सय ७१ को मृत्यु भएको छ।
यस्तै, रुसमा ५ लाख ९८ हजार ८ सय ७८ जना संक्रमित र ८ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख ४० हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। भारतका हालसम्म कोरोना संक्रमणबाट १४ हजार ११ जनाको मृत्यु भइसकेको छ।
यस्तै, पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ७ हजार ६ सय ८२ जना संक्रमित भएका छन् भने ४३ हजार ११ को मृत्यु भएको छ। पेरुमा २ लाख ६० हजार ८ सय १०, स्पेनमा २ लाख ४६ हजार ७ सय ५२, चिलीमा २ लाख ५० हजार ७ सय ६७, इटालीमा २ लाख ३८ हजार ८ सय ३३ र इरानमा २ लाख ९ हजार ९ सय ७० जना संक्रमित भएका छन्।
यस्तै, विश्वभर ४६ लाख ४ हजार १ सय ३० जना कोरोना संक्रमणबाट निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।