• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अस्वीकार, घृणा र मर्दाना राष्ट्रवाद

64x64
सरिता तिवारी मंगलबार, असार ९, २०७७  १४:३१
1140x725
फाइल फोटो: प्रतिनिधिसभामा बोल्ने क्रममा सरिता गिरी

कवि कुन्ता शर्माको प्रसिद्ध कविता छ- ‘पोथी बास्नु हुँदैन!’ यसले पोथी अर्थात् स्त्री वर्गको बोली, निर्णय प्रक्रियामा उनीहरूको सहभागिता र फरक मत राख्ने नागरिक हकमा लामो समयदेखि नियन्त्रण गरिआएको निषेधवादी भाष्यमाथि तीखो ब्यंग्य गरेको छ। यसको एउटा अंश पढौं-
'तौलीतौली बोल्नुपर्छ / शब्दमा आदरभाव घोल्नुपर्छ
पाउमा निहुरिनुपर्छ / दासताको फूल सिउरिनुपर्छ
लक्ष्मणरेखा नाघ्नुहुँदैन / अधिकार माग्नुहुँदैन
उन्मुक्त हाँसो हाँस्नुहुँदैन / पोथी बास्नुहँदैन !'

चालीसको दशकमा लेखिएको यो कविताको झंकार सत्तरीको उत्तरार्द्धमा झन् बढी प्रासंगिक हुन आइपुग्नुलाई बिडम्बना मान्ने कि स्वभाविक?

समयरेखामा राखेर हेर्दा पञ्चायतको दबदबा र त्यसबाट उन्मुक्ति चाहने राजनीतिक छटपटीको सीमान्तकालमा रचिएको यो कवितालाई गणतन्त्र यताको र अझ विशेष कम्युनिष्ट भन्नेहरुको शासनकालमा टक्क अड्याएर पढ्न थाल्नुस्। कविताले व्यक्त गर्ने आवेग, त्यसको ध्वनी र संकेत कहीँ कतै फरक महसुस हुँदैन। यतिका वर्षमा स्त्रीको स्वतन्त्र व्यक्तित्व र समग्र अस्तित्वलाई कमतर आँक्ने वा पूरै खारेज गर्ने परिवार संरचनादेखि समाज र राज्यसत्ता सम्मको आधारभूत प्रवृत्ति जसका तस रहनु असामान्य हो।

त्यतिखेर सार्वजनिक स्तरमा कमै मात्र महिलाको उपस्थिति हुन्थ्यो। त्यो पनि प्रायः सत्ताको कृपाले। त्यस्ता महिला सत्ताउपर प्रश्न सोध्ने वा स्थापित मानकमाथि सन्देह व्यक्त गर्ने स्तरमा नगण्य थिए। तर अहिले राजनीतिक परिवर्तनपछिका एजेण्डाले गाउँदेखि संघीय विधायिकासम्म स्त्रीहरूको उल्लेख्य सहभागिता हुन पुग्यो। पत्रकारिता, साहित्य, प्रशासन लगायतका विविध क्षेत्रमा महिलाको उपस्थिति र बोली मुखर देखिन थाल्यो। तर खेदको कुरा के भने महिलाको सार्वजनिक सहभागिता र हस्तक्षेप बृद्धि भइरहँदा स्थापित मान्यताभन्दा फरक मत राख्ने महिलाको अस्तित्व र बोलीको अस्वीकारसँगै घृणाको प्रसार पनि त्यही स्तरमा बढ्न थालेको छ। यस्ता उदाहरण कैयौं छन्। त्यसको चरम रुप पछिल्लो समय राजनीतिकर्मी सरिता गिरीमाथि पोखिएका घृणा र शाब्दिक, भौतिक हिंसामा देखिएको छ।

० ० ०
लिम्पियाधुरा लिपुलेक सीमा विवादबारे संसदमा फरक मत जाहेर गरेदेखि सरिता गिरीमाथि खनिएको हिंसा अरुभन्दा फरक यस अर्थमा मात्रै छ कि त्यसलाई फेसबुक ट्विटर लगायतका माध्यमबाट जनस्तरमा व्यापक बनाउन राष्ट्रवादको बुइँ चढाइएको छ। राष्ट्रवादको भाष्यसँग जोडिएर नग्न यौनिक शब्द र बिम्बले खेदिने र आक्रमणमा पर्ने सम्भवतः उनी नै एकमात्र पात्र हुन्। फरक मत राखेकै कारण सभ्य मानिसले पढ्न र सुन्नै समेत नसक्ने गरी भएको यस्तो आक्रमणमाथि सरकार मात्रै होइन उनीसम्बद्ध पार्टीसमेत मौन छ। किन? उत्तर स्पष्ट छ,सरकार र उनैको पार्टीसमेत पितृसत्तात्मक प्रणालीले चल्छन्। यो प्रणालीले महिलामाथिको हिंसालाई उपेक्षा मात्रै गर्दैन, आफ्नो फाइदा अनुसार उपयोग र प्रवर्द्धन पनि गर्छ। 

सरकार आफू र आफ्ना ‘बफादार’ कारिन्दाविरुद्ध बोल्ने पात्रलाई विद्युतीय कारोबार ऐन लगाएर हिरासतमा जाक्छ तर गिरीमाथि खुलेआम चुनौती दिने र यौनिक ट्रोल लेख्नेहरूविरुद्ध भने कुनै कारबाही गर्दैन। सरकारलाई त झन् सजिलो भयो, शत्रुलक्षित राष्ट्रवादको दुन्दुभी बज्ने भयो। मान्छेहरू सरिता गिरी खेद्ने अभियानमा लाग्ने भए। अकर्मक जोकरतन्त्रको नाक केही दिनलाई भए पनि जोगिने भयो। काइदै भयो! 

अनि गिरीको आफ्नै पार्टीले के गर्‍यो? ह्विप नमानेकाले पार्टी र सांसद पद दुवैबाट हटाउने निर्णय र स्पष्टीकरण माग। तर, उनीमाथि भएका हिंसाको प्रतिरोध गर्न,उनको आत्मसम्मानको रक्षाका लागि एउटा अपिलसम्म जारी गर्न आवश्यक ठानिएन! उल्टै त्यही पार्टीका कार्यकर्तासमेत गिरीको घरमा आक्रमण गरेको आरोपमा समातिए। साना ठूला हरेक कुरामा मुखर भइहाल्ने नेता बाबुराम भट्टराई र सिंगो पार्टीको यो मौनता र राजेन्द्र महतोको पहाडे/मर्दाना राष्ट्रवादमाथिको सम्मति–सम्भाषण कहिँनेर जोडिन्छ कि? शंकाको सुविधा प्रशस्त छ।
    
यसमाथि आलोचनात्मक टिप्पणी मात्रै होइन व्यापक स्तरमा छलफल र समीक्षा जरुरी छ।

० ० ०
सरिता गिरी मधेसलाई प्रतिनिधित्व गर्ने गैरखसभाषी राजनीतिकर्मीका रुपमा लामो समयदेखि नेपालको संसदभित्र र सार्वजनिक वृत्तमा निरन्तर देखिएकी पात्र हुन्। भारत भूमिमा जन्मेको हुनु उनको परिचयको अर्को विस्तार हो। एक, मधेसी र दोस्रो भारतमा जन्मेकी महिला। उनीसँग जोडिएको यो पहिचान नै उनलाई हेप्ने र घृणा वमन गर्ने बनिबनाउ तर्क भयो। यी दुइटा आधारमा उनलाई जेसुकै पनि बोल्न, जे सुकै पनि लेख्न पाइने भयो! मनिषा कोइरालालाई ‘खाती भारत का है और गाती चाइना का’ भन्ने तोरीलाउरे पाराका भारतीय मिडियाकै शैलीमा गरिने टिप्पणी त सामान्य नै भए, सुन्नै दिगमिग लाग्ने ट्रोलले सामाजिक सञ्जाल र युटुव च्यानल प्रदुषित भए। उनले बोलेका कुरामाथि असहमति राख्ने समस्त शिष्ट भाषा र तरिकाहरू मानौं समाप्त भएजस्तो! 

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो देश’ नेपालको सिमाना बारे बोल्ने को हो यो? नेपाल सरकारले जारी गरेको नक्सामाथि टिप्पणी गर्ने को हो यो ‘आइमाई’?’ यो चेतनाले बाह्र हात माथि उफारिदिएपछि विवेकका सबै ढोका बन्द भए। अर्काका लागि लडिदिएर तक्मा भिर्ने खोक्रो गोर्खाली राष्ट्रवादको खाँडो यसरी जाग्यो कि हामीले आलोचना र बर्बर यौनिक हिंसाबीचको फरक समेत मेटाइदियौं। हामीले केसम्म पनि बिर्स्यौं भने फरक मत र असम्मति राख्न पाउने व्यवस्थाकै लागि देशमा यति धेरै आन्दोलन भएका हुन्। पसिना,रगत बगेका हुन्। र स्वीकार्नै पर्ने अर्को कुरा के पनि हो भने लोकतन्त्र, गणतन्त्रको यही उदात्त वातावरणकै लागि विगतमा सरिता गिरी स्वयं पनि संघर्षको हिस्सेदार थिइन्।

गिरीविरुद्ध गोली झैं बर्सिएका ट्रोलका पर्रा हेर्दा यस्तो लाग्छ, अधिकांश बलात्कारी र यौनपिपासुहरू यतै वरिपरि छन्। मौका पाउनेबित्तिकै ती कुनै पनि महिलालाई सार्वजनिक स्थलमै सामूहिक बलात्कार गर्न सक्छन्। त्यसो गरेपछि तिनको मर्दवादी राष्ट्रवादको अहंकारले गलासम्म आउनेगरी तुष्टि पाउँछ। 

यस्तै प्रदुषित सोचले राष्ट्रवाद र ‘मर्दाना’ हिंसाको तान जोडिन्छ। युद्ध वा साम्प्रदायिक दंगामा विजित शत्रु पक्षका स्त्रीहरूलाई बलात्कार गर्ने, गर्भवतीका गर्भस्थ शिशुसहितै विभत्स रुपले चर्चरी भुँडी चिर्दिने ‘पौरुष’ राष्ट्रवाद हुर्किने नर्सरी यही हो। देशभक्ति र राष्ट्रवादको विभाजक धर्सो नै मेटिने गरी स्खलित भएको यो ‘पौरुष’ले पुष्टि गर्छ, देश भनेको केवल पुलिंगीहरुको मात्रै मौजा हो र महिलाहरू तिनका दया–कृपामा सास फेर्ने अदना प्राणी।

भारतमा लेखक अरुन्धति रोय, विद्यार्थी नेता सेहला रशिद, फिल्म स्टार शवाना आजमी, स्वरा भाष्कर आदि र मरणोपरान्त पत्रकार गौरी लंकेशलाई प्रयोग गरिएका ट्रोल र अहिले सरिता गिरीमाथि पोखिएका शब्द ठीक उस्तै छन्। जुनसुकै देशमा होस्, यस्ता ट्रोल दिमागको पिँधमा बसेको ठीक उस्तै चरित्रको मर्दाना राष्ट्रवादका घिनलाग्दा रुप हुन्। सोचौं, राज्यको उपल्लो तहमा पुगेकी सरिता गिरीजत्तिको तार्किक र बौद्धिक महिलामाथि त यति लज्जाजनक शब्दले आक्रमण हुन्छ भने सामान्य महिलामाथि हुने हिंसा कस्तो रुपको होला?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाजमा चिचिला बालिकादेखि हजुरआमा उमेरसम्मका ‘आइमाई’ किन बलात्कृत हुन्छन्? यौनांगमा काठका टुक्रा, कोदालीका बिँड, बोतल इत्यादि कोचेर, ब्लेड र छुरीले योनी चिरेर, स्तनका मुन्टा टोकेर, छिनालेर ‘आइमाईहरू’ किन मरणान्त पारिन्छन्? आत्मसम्मानको फराकिलो जिन्दगी रोज्ने, खुलेर बोल्ने, उन्मुक्त हाँस्ने कुनै पनि महिलालाई समाजको एक तप्का किन सधैं शंकाको नजरले हेर्छ र आफ्नो अनुकूल नहुने देखेपछि या मूलधारको हित विपरित केही गर्न वा बोल्न थालेपछि नखरमाउली, ‘रण्डी’ र ‘वेश्या’ करार गर्न थाल्छ? यी सारा प्रश्नको उत्तर परिवारदेखि राज्य–पितृसत्तासम्मले निर्देशित गरेको लैंगिक द्वेषजन्य शासकीय शिक्षा र हुर्काइसँग जोडिएको छ।

० ० ०
सरिता गिरीले उठान गरेका कतिपय विषयमा पंक्तिकारकै पनि प्रशस्त मतभेद छन्। सदियौंदेखि नेपाल भारतबीच जनस्तरमा हार्दिकता, सम्बन्ध र सुख दुःखको आदानप्रदान हुनु भिन्दै आयामको कुरा हो। तर दक्षिण एसियामा आफ्नो प्रभुत्व विस्तार गर्न र छिमेकी देशहरूको सार्वभौमिकतामाथि अकण्टक बुकुर्सी मारिरहन पाउनुलाई नै ‘मित्रता’ मान्ने अन्यथा विभिन्न किसिमका बन्देज र ‘बडेभाइ’ प्रवृत्ति देखाएर नेपाली जनजीवनलाई बेलाबेला कठोर ऐंठन पार्ने भारतीय संस्थापनको नियत एक मिनेटका लागि पनि बिर्सन सकिन्न।

भारतको मिचाहा शैलीले लिपुलेक, लिम्पियाधुरा वा सुस्ता महेशपुर मात्रै होइन, १८०० किलोमिटर सीमान्तका कैयौं ठाउँ प्रभावित छन्। जनस्तरमा तराई मधेसकै थुप्रै गाउँ र त्यहाँका मानिसहरू भारतीय हेपाइविरुद्ध आफ्ना खेत, खरिहान र खरै जोगाउन दिनदिनै लडिरहेका छन्। केन्द्रीय राजनीतिमा अहिलेसम्म चर्चा नपुगेको चितवन सोमेश्वर क्षेत्रमै मिचिएको भूभाग पंक्तिकार स्वयं पुगेर देखेकी छु। त्यसको प्रतिरोधमा चितवनको माडी उपत्यकाका जनताले गरिरहेको संघर्षको साक्षी भएकाले पनि सीमान्चलका उत्पीडन प्रत्यक्ष महसुस गरेकी छु।
 
यी सबैका बाबजुद पनि ब्रिटिश भारतकालीन सुगौली सन्धि र त्यसयता नेपाली संस्थापनले भारतसँग गरिआएका सम्झौताका साक्ष्यमा गिरीले राखेका फरक मतको उपेक्षा गर्न सकिन्न। यो कुरा पनि ‘नोट’ गर्नैपर्छ। 

प्रधानमन्त्री ओलीले भनेजस्तै नक्सा भनेको त आखिर प्रेसले छाप्ने कुरा न थियो! नेपाली सत्ता चालकहरू मिचिएको भूमि माथिको भावुक नक्सा–राजनीति मात्रै गरेर आफ्ना शासकीय अक्षमता छोप्ने च्याँखेदाउ गर्दै छन् कि वास्तवमै विषयप्रति गम्भीर पनि छन्? यसको खोजी गर्नुभन्दा गिरीमाथि एकोहोरो खनिनु नै आजको ‘सर्वोत्तम’ धन्धा बन्नुले हाम्रो आलोचनात्मक नागरिक चेत कुन स्तरको छ भन्ने देखाउँछ।

नक्सा प्रकाशन र संसदबाट त्यसको अनुमोदन गर्नेबित्तिकै सरकार टक्टकियो, जम्मै अकर्मण्यताबाट चोखियो। त्यसबीचमा सरिता गिरी ‘कंश’ भारतले पठाएकी राक्षसी ‘पुतना’ बनिइन्। ‘नेपाली मात्रकी’, नेपाली राष्ट्रियताकी भयंकर दुस्मन बनिइन्। यो मुर्खताको हिसाब हामीले चुकाउनैपर्ने छ। 

० ० ०
यतिखेर, वैवाहिक अंगीकृत नागरिकताको मुद्दा फेरि चर्चामा छ। नक्सा राष्ट्रवादको ‘अपार सफलता’कै छेकलमा राज्य व्यवस्था तथा सुशासन समिति तात्तिएको छ। दुई वर्षअघि संसदमा दर्ता भएको नेपाल नागरिकता ऐन (२०६३), संशोधन विधेयक पास गर्न सत्ताधारी नेकपा विवाह गरेर नेपाल आउने विदेशी महिलालाई सात वर्ष पर्खाएर मात्रै नागरिकता दिनुपर्ने प्रावधानको अडान राख्दै छ। सीमाञ्चलमा नागरिकता किनबेच र घुसपैठ रोक्ने तर्क त गरिन्छ तर तिनको नियमन गर्ने बाटो सुझ्छ, जीवनमा पाइलैपिच्छे बहुउपयोग गर्नुपर्ने नागरिकताबाट सात सात वर्षसम्म बन्चित गरेर बुहारीहरूको ‘स्टाटस’ नियन्त्रण गर्ने।

निश्चित हो, यो प्रावधानले सरिता गिरीजस्ता सीमापारबाट ‘आयातित’ बुहारीहरूलाई दोस्रो दर्जाका बनाउन, तिनलाई हीनभावमा पालिराख्न ,तिनको आत्मबलमाथि राज्यस्तरको मर्दाना राष्ट्रवादको शासन थोपर्न हदैसम्म सहज बनाउने छ। 

(किनभने देश ‘मदर अफ नेसन’ का बाहुबली छोराहरूको मात्रै हो। त्यसका लागि हिटलरकालीन जर्मनीमा झैं, महिला देशका ‘सपुत’हरू मात्रै जन्माउने शुद्ध नश्लका नेपाली नै हुनुपर्छ भन्ने हामी अर्थात् पहाडे राष्ट्रवादीहरूको अडान छ। भोलिका दिनमा अर्को कोही ‘आयातित’ पोथी संसदसम्म पुगेर बासेको दृश्य हेर्न नपरोस्। सरिता गिरीजस्ता ‘अराष्ट्रिय’ पात्रको नश्लबन्दी गर्ने तरिका यही हो। यसै गरेपछि नेपालको ‘महान्’ राष्ट्रियताको संरक्षण र संबर्द्धन हुन्छ भन्नेमा हामी निश्चिन्त छौं।)

(तिवारीको ब्लगमा प्रकाशित)

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १४:३१
  • #संविधान_संशोधन
  • #सरिता_गिरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सरिता तिवारी
लेखकबाट थप
अस्वीकार, घृणा र मर्दाना राष्ट्रवाद
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्