एजेन्सी–भारतमा पछिल्लो २४ घण्टामा १४ हजार नयाँ संक्रमित थपिएका छन्। यसअवधिमा ३ सय १२ जनाको संक्रमणबाट मृत्यु भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या ४ लाख ४० हजार भएको छ भने मृत्यु हुनेको संख्या बढेर १४ हजार ११ भएको छ।
भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यका छन्, जहाँ संक्रमितिको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । त्यहाँ ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। दोस्रो स्थानमा रहेको नयाँदिल्लीमा ६२ हजार संक्रमित छन् भने २ हजार २ सय ३३ जनाको मृत्यु भइसकेको छ। तेस्रो स्थानमा तमिलनाडु छ। त्यहाँ ५९ हजार ३ सय ७७ जना संक्रमित र ७ सय ५७ जनाको मृत्यु भएको छ।
सुरुमा संक्रमण देखिएको केरलामा भने सूचीमा पुछारमा छ, जहाँ ३ हजार १ सय ७२ मात्र संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।