एजेन्सी–विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मंगलबार बिहानसम्म ९० लाख ६२ हजार ८ सय ३७ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर ४ लाख ७० हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ।
सबैभन्दा धेरै अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २० हजार ३ सय ८४ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, जहाँ ११ लाख ४ हजार ५ सय ६१ जना संक्रमित भएका छन् भने ५१ हजार २ सय २८ को मृत्यु भएको छ।
यस्तै, रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जना संक्रमित र ८ हजार १ सय ९६ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख २५ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। भारतका हालसम्म कोरोना संक्रमणबाट १३ हजार ६ सय ९९ जनाको मृत्यु भइसकेको छ।
यस्तै, पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ६ हजार ७ सय ६१ जना संक्रमित भएका छन् भने ४२ हजार ७ सय ३१ को मृत्यु भएको छ। पेरुमा २ लाख ५७ हजार ४ सय ४७, स्पेनमा २ लाख ४६ हजार ५ सय ४, चिलीमा २ लाख ४६ हजार ९ सय ६३, इटालीमा २ लाख ३८ हजार ७ सय २० र इरानमा २ लाख ७ हजार ५ सय २५ जना संक्रमित भएका छन्।
यस्तै, विश्वभर ४४ लाख ९४ हजार १ सय ९८ जना कोरोना संक्रमणबाट निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।