एजेन्सी- लकडाउनको विरोधमा नेदरल्याण्डमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। नेदरल्याण्डको हेग सहरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर केही प्रदर्शनकारीलाई पक्राउ गरेको हो।
प्रारम्भमा स्थानीय निकायले प्रदर्शनकारीलाई निश्चित दूरी कायम राखेर प्रदर्शन गर्ने अनुमति दिएको थियो। सोहीअनुसार प्रदर्शनकारीहरु भेला भएर प्रदर्शन गरेका थिए। प्रारम्भमा कोरोना भाइरस संक्रमणका लागि सामाजिक दूरी आवश्यक पर्ने भन्दै प्रदर्शन रोकिएको थियो। पछि मेयर जोहान रेमकेसले प्रदर्शनकारीहरुलाई दिउस एक बजे विरोध प्रदर्शनको अनुमति दिएका थिए।
प्रायः अनुमति पाएको प्रदर्शनमा प्रहरीले सामान्य सुरक्षाको उपायमात्र अपनाउने गर्छ। हस्तक्षेप गर्दैन। तर सो प्रदर्शनमा भने हस्तक्षेप भएको थियो। प्रहरीको दाबीअनुसार प्रदर्शन सकिएर प्रदर्शनकारी फर्किने समयमा केही व्यक्तिहरुले प्रहरीलाई ढुंगा र धुँवाको बम प्रहार गरेका थिए।
त्यसैले स्थितिलाई नियन्त्रणमा लिन पानीको फोहरा हान्ने र बल प्रयोग गरिएको दाबी गरेको छ। बल प्रयोगको बारेमा मेयरले प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको कुनै लेनादेना नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।