काठमाडौं-लक्ष्मी बैंकले दुबईस्थित दोहा बैंकबाट दुई अर्ब रुपैयाँ ऋण ल्याएको छ। बैंकले तीन वर्ष अवधिका लागि कर्जा ल्याउने सहमति गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरजविक्रम शाहले दोहाको कन्ट्रि हेडसँग पैसा ल्याउने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाल राष्ट्र बैंकले अनुमति दिनेबित्तिकै बैंकले पैसा ल्याउनेछ।
नेपाली बैंकहरुमा तरलताको अभाव भएसँगै नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने बाटो खुला गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।