काठमाडौं-प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले असार २९ गते १२ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले साधारणसभामा चुक्ता पुँजीको १२.५ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव लैजाने भएको छ।
कम्पनीको हालको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन साधारणसभामा प्रस्तुत गर्नेछ।
कम्पनीले शेयरधनीहरुको परिचयपत्र हेरेर मात्रै सभा हलमा प्रवेश गराउने जनाएको छ। कोरोनाको उच्च जोखिम रहेकाले सामाजिक दुरी कायम गरि साधारणसभा गर्ने भएको हो। सभा हलमा आउन नसक्ने शेयरधनीहरुलाई अनलाइन लिन्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।