एजेन्सी-भारतको कोलकातामा फेला परेका कोरोना भाइरस संक्रमितमा नयाँ लक्षण देखिएको छ। यस अगाडि पुष्टि भएका कोरोना संक्रमितमा त्यस्ता संकेत देखिएको थिएन। बिबिसीहिन्दीका अनुसार नयाँ लक्षण देखिएपछि स्वास्थ्यकर्मीहरूले त्यसको अध्ययन गरिरहेका बताइएको छ।
स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार केही दिनदेखि कोरोना संक्रमितहरुमा नयाँ संकेत देखिन थालेका छन्। उनीहरुले मांशपेशी दुखेको, नाक बन्द हुने गरेकाे, डायरिया हुने गरेकाे र स्वाद तथा गन्ध नै थाहा नहुने भएको बताउने गरेका छन्। यस अगाडि ज्वरो र रुखाको संकेत देखिने गरेका थिए।
कोलकातामा शनिबार मात्र ४ सय ४१ नयाँ संक्रमित फेला परेका थिए। त्यहाँ ११ जनाको ज्यान गएको थियो। कोरोना संक्रमणका कारण कोलकातामा ५ सय ४० जनाको ज्यान गइसकेको छ। कुल संक्रमितको संख्या १३ हजार पाँच सय ३१ पुगेको छ। २४ घन्टायता ६ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।