एजेन्सी- कोरोना संक्रमण बढ्न नदिन साउदी अरबले लगाएको राष्ट्रव्यापी कर्फ्यू आइतबारबाट हटेको छ। उसले सर्तसहित कर्फ्यू हटाएको हो। सबै प्रकारका आर्थिक र व्यावसायिक गतिविधि शुरु गरेपनि अन्तर्राष्ट्रिय र धार्मिक यात्रामा भने प्रतिबन्ध कायमै रहने सरकारले व्यवस्था गरेको छ।
साउदी अरबले जुलाइबाट शुरु हुने हज यात्राबारे भने कुनै पनि विषय सार्वजनिक गरेको छ। मलेसिया र इन्डोनेसियालगायतका मुस्लिम धर्मावलम्बीको बाहुल्यता भएका देशले भने हज यात्रामा जाने अनुमति नदिने निर्णय गरिसकेका छन्। हजका लागि हरेक वर्ष २५ लाख श्रद्धालु साउदीको मक्का सहर जाने गरेका छन्।
जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार सउदी अरबमा अहिलेसम्म एक लाख ५५ हजार कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमणबाट एक हजार २ सय ३० जनाको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।