काठमाडौं-सरकारले थप २४ अर्ब तीन करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिलको बोलकबोल गर्नेछ। २८ दिन अवधिको ५ अर्ब ९१ दिनको १४ अर्ब तीन करोड रुपैयाँ र १८२ दिनको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल असार ९ गतेदेखि जारी गर्नेछ।
सरकारले बजेट कार्यान्वयनका क्रममा आवस्यक पर्ने पैसा आन्तरिक ऋणबाट समेत व्यवस्थापन गर्दै आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सरकारले अहिलेसम्म ५ खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको छ। सरकारले बजारबाट बोलकबाेलमार्फत् सबैभन्दा सस्तो ब्याजदरमा यसरी आन्तरिक ऋण उठाउन पाउछ। बैंकहरुले पुँजी कोष व्यवस्थापनको सुविधा लिनका लागि सरकारले जारी गरेका ऋणपत्र ट्रेजरी बिलमा लगानी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।