• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

किन बन्द छ शेयर बजार- अनुत्पादक क्षेत्र प्रमाणित गर्न?

बजार घटेर विरोध सहनुभन्दा बन्द गर्दियो आनन्द!
64x64
अरुण सापकोटा शुक्रबार, असार ५, २०७७  १४:२७
1140x725

काठमाडौं- लकडाउन खुकुलो बनाउन सरकारले बनाएको कार्ययोजनामा असार १ गतेदेखि आंशिकरूपमा खुला हुने क्षेत्रमा बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा उल्लेख छ। मन्त्रीपरिषदको बैठकले पुँजी बजार खुलाउने विषय समावेश गरेको छैन। 

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन माहाशाखा प्रमुख झक्कप्रसाद आचार्यका अनुसार मन्त्रालयले लकडाउन खुला हुने क्षेत्रमा पुँजी बजारलाई पनि समावेश गरेको थियो तर मन्त्रिपरिषदबाट निर्णय भएर आउदा पुँजी बजार हट्यो। सरकारले सहकारीसमेत खुला गर्दा अनलाइन कारोबार प्रोत्साहन गर्ने भनिएको पुँजी बजार भने खोल्न दिएन। 

बजार खुला गर्ने मनस्थितिमा रहेको नेपाल धितोपत्र बोर्ड नै सरकारी निर्णयसँगै पछि हटेको छ। नेपाल लाइभसँगको कुराकानीमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लकडाउनको सूचीमा पुँजी बजार नपरेकाले मन्त्रालयसँग छलफल गर्ने बताएका थिए। 

लकडाउनकै अवधिमा खुलेको बजारमा दुई दिन नै नकारात्मक सर्किट लागेसँगै सरकार र लगानीकर्ता आत्तिएका छन्। यदि यही अवस्थामा बजार खुला गर्ने हो भने बजार धेरै अंकले घट्ने लगानीकर्ता संघ संगठन तथा सरकारकै बुझाइ छ। बजार घटेर लगानीकर्ताको विरोध सहनुभन्दा बजार बन्द गरेर बस्ने मुडमा सरकार छ। 

यहि अवस्थामा ९९ प्रतिशत लगानीकर्ताले बजार नखुलोस् भन्ने चाहेको शेयर लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। बजार सुधार हुने आधार नभएसम्म बजार खोल्नुको कुनै कारण नभएको उनको तर्क छ। लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरू बजार बढ्ने यथेष्ट आधार नभएसम्म बजार खोल्न नहुने पक्षमा लविङ गरिरहेका छन्। यस्तै लगानीकर्ताको आडमा सरकार बजार खोल्ने पक्षमा छैन।

कुनै पनि आधिकारिक मान्यता नभएका र कहीँ कतै वैधानिकता नलिएका व्यक्तिको समूहलाई देखाएर सरकारले बजार बन्द गरिदिएको छ। नेपालको पुँजी बजारको आकार सानो रहेको र खोल्नु/नखोल्नुको कुनै अर्थ नभएको उनीहरूको बुझाइ छ। 

शेयर बजारमा पछिल्लो सयम यस्ता लगानीकर्ताको बोलबाला छ जसको आइपिओ मार्फत १०/२० कित्ता शेयर छ। उनीहरू नै लगानीकर्ताका प्रतिनिधि बनेर अनावश्यक माग राख्ने र लबिङ गर्ने गरिरहेका छन्। जसले शेयर बजारको ०.००१ प्रतिशत पनि प्रतिनिधित्व गर्दैनन्। 

उनीहरू शेयर बजारको नीति निर्माण गर्ने ठाउँमा आफ्नो कुराहरू पुर्‍याइरहका छन्। र उनीहरूकै कुरालाई सदर गरेर नियामक नियकाले नीति बनाइरहेका छन्। पहिलो चरणमा नेप्से धाउने, त्यहाँ भएन भने धितोपत्र बोर्डमा जाने र त्यहाँ पनि भएन भने कुनै एउटा नेताको आडमा मन्त्रालयमा पहुँच पुर्‍याएर आफ्ना कुराहरू राखिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूको एउटै आवाज हुन्छ बजार सुधारका लागि जेजस्ता नियम बनाउनु पर्ने हो ति सबै बनाउनु पर्छ। यसको तात्पर्य भनेको नियामक निकाय कमजोर हुनु हो। जसले स्वविवेकले नियम कानुन बनाएर कार्यान्वयन गर्ने सक्ने अवस्थामा छैन। 

सरकारले बजार सुधारका लागि कुनै पनि काम गरेकै छैन। बजार सुधारका लागि भन्दै अनसन बसेका लगानीकर्ताको माग संबोधन गर्न बनेको उच्चस्तरिय समितिले दिएको सुझावसमेत पूर्णरूपमा लागु हुन सकेको छैन। तर बजार घट्छ भन्ने सरकारको बुझाइ छ। आफूले केही पनि नगरी बजार घट्यो भने यसको दोष किन आफूले लिने भन्ने सरकारको धारणाले पनि केही हदसम्म काम गरेको देखिन्छ। 

समग्र अर्थतन्त्र नै समस्यामा परिरहेको अवस्थामा बजार सुधार हुने कुनै आधार बनिसकेको छैन। हरेक क्षेत्र घट्दो क्रममा रहेको अवस्थामा बजार सुधार हुने अवस्था पनि रहदैन। तर राज्यले नै यस्ता कुरालाई आधार मानेर बजार बन्द गर्नु सैद्धन्तिकरूपमै लगत हो। 'हामीले प्रणाली छ, व्यवस्था छ भन्दै गर्दा यस्तो कदमले सरकारकै कद होचो हुन्छ, बजार घट्नु र बढ्नु यसको सुन्दरता हो,' शेयर बजारका जानकार भन्छन्, 'दोस्रो बजार जोखिम बहन गर्न सक्नेका लागि हो। यसको आधारभूत मान्यतालाई ख्याल गरियो भने पनि सरकारले यस्तो निर्णय गर्दैन।'

तत्कालका लागि बजार खोल्न अप्ठ्यारो नभए पनि पुँजी बजारको महत्वलाई नबुझेको सरकार यसको प्रमुख दोषि रहेको बजारबारे जानकारहरू बताउँछन्। पुँजी बजार भए पनि हुन्छ नभए पनि हुन्छ भन्ने सरकारको धारणा सबैभन्दा कमजोर पक्ष रहेको उनीहरूको भनाइ छ। शेयर बजार अनुत्पादनमूलक क्षेत्र हो भन्ने प्रमाणित गराउनका लागि सरकार बजार नखोल्दा पनि हुदो रहेछ भन्ने प्रमाणित गराउन चाहिरहेको उनीहरूको भनाइ छ। 

Xtrem

Xtrem

डा युवराज खतिवडा अर्थमन्त्री भएलगत्तै एक अन्तर्वार्तामा शेयर बजारलगायतका अनुत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्नु भन्दा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने बताएका थिए। उनको यही अभिव्यक्तिलाई आधार बनाएर लगानीकर्ताले चर्को विरोध गरे। पुँजी बजार अनुत्पादनमूलक क्षेत्र हो भन्ने स्थापित गराउनका लागि पनि खतिवडाको भित्री मनासय देखिन्छ। सरकारले सुनियोजितरूपमा पुँजी बजार अनुत्पादनमूलक क्षेत्र हो भन्ने प्रमाणित गर्नका लागि पनि बजार खोल्न नचाहेको लगानीकर्ताहरूको भनाइ छ। 

लगानीकर्ता तथा सरकारले सोचे जस्तै पुँजी बजार घट्ने अवस्थामा नै हो त?
विश्वमै बजारहरू फरक तरिकाले चल्न थालेका छन्। अर्थतन्त्रमा के हुन्छ भन्दा पनि अब के हुन्छ भन्ने अनुमानका आधारमा बजार सञ्चालन हुने गरेका छन्। अर्थतन्त्र राम्रो हुन सक्छ भन्ने भएपछि बजार सकारात्मक हुने गरेको छ अथवा नराम्रो हुन सक्छ भन्ने बित्तिकै घटिहाल्ने अवस्था छ। जबकी नराम्रो अवस्था आइसक्दा बजार तल झरिसकेको हुन्छ।

कोरोनाभन्दा अगाडि भारतको बिएसइ सेन्सेक्स ४१ हजार ९ सय अंकभन्दा माथि पुगेको थियो। कोरोना रोगको नियन्त्रण तथा रोकथाम गर्ने क्रममा विश्वमै लकडाउन गर्नुपर्ने अवस्था आएपछि २५ हजार ९०० भन्दा तल झर्‍यो। कोरोना रोकथाम तथा नियन्त्रण विस्तारै खुलेसँगै ३४ हजार नाघिसकेको छ। भारतको अर्थतन्त्र र शेयर बजारको गति ठिक विपरीत गतिमा चलिरहेको छ। 

विश्वका धेरै शेयर सूचक कोरोनाको चरम प्रभाव रहदा घटेको देखिन्छ। धेरै अंकले घटिसकेपछि बजार विस्तारै पुरानै बाटोमा फर्किरहेको छ। विश्वकै अर्थतन्त्र ५ प्रतिशत भन्दा धेरैले तल झर्ने विश्व बैंकले प्रक्षेपण गरिसकेको छ। तर कोरोनाको प्रभाव विस्तारै कम हुँदै गर्दा शेयर बजार लगातार सुधार हुने क्रममा छन्। 

नेपालको शेयर बजारलाई पनि कोरोनाले प्रभाव पार्ने पार्ने क्रममा १६३२ अंकमा पुगेर घट्न थालेको थियो। नेपालको बुलिस ट्रेण्डमा अगाडि बढेको विश्लेषण गरिदै गर्दा कोरोनाको प्रभावले साढे दुई महिनाकै अवधिमा ४३१ अंकले गिरावट आयो। 

लकडाउनका कारणले बैंक तथा वित्तीय संस्थाको नाफामा भारी गिरावट आउने देखिएको छ। साउनपछि कम्पनीहरूले लाभांश घोषणा गर्ने समय हो तर बैंकहरूले लाभांश दिन सक्ने अवस्था छैन। लाभांस दिने अनुमानका आधारमा बजार सुधार हुने अपेक्षाले यस वर्ष काम गर्दैन। विगतमा २० प्रतिशतले लाभांश दिन सक्नेले ५ प्रतिशत पनि दिन सक्दैनन्। 

बजार सुधारका लागि एक मात्रै आशा आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति मात्रै हो। यदि मार्जिन कर्जाका लागि राष्ट्र बैंकले सिमा बढाइदियो भने केही हदसम्म बजारका लागि उपयुक्त हुनेछ। नेपाल धितोपत्र बोर्डले पनि नेपाल राष्ट्र बैंकलाई मार्जिन सुविधा ७५ प्रतिशतसम्म दिने मिल्ने व्यवस्था गरिदिन माग गरेको छ। 

यदि कोरोनाको प्रभाव विस्तारै कम हुँदै गयो भने बैंकहरूले केही वर्षभित्रमै ब्याज उठाउन सक्छन्। यदि यस वर्षमा उठाउन पर्ने साँवा ब्याज आगामी वर्षमा उठाउन सक्यो भने बैंकहरूको नाफामा राम्रो सुधार हुनेछ। यसले शेयर बजारलाई सकारात्मक बनाउन सक्नेछ। 

तर आगामी वर्षमा साँवा ब्याज उठ्ने अवस्था आयो भने बैंकहरूले अर्को वर्षको नाफाबाट राम्रो लाभांश बाँड्न सक्ने हैसियत बनाउने छन्। यसका लागि कम्तिमा पनि अर्को आर्थिक वर्षको पहिलो दोस्रो त्रैमाशिक वित्तीय विवरण कुर्नुपर्ने हुन्छ। 

यदि दशैँसम्ममा कोरोनाको भ्याक्सिन बन्ने अवस्था आयो र अवस्था सामान्य हुँदै गयो भने अर्को 'बुल' सुरु हुने बजार विश्लेषक प्रकाश तिवारीको विश्लेषण छ। यदि यो संक्रमण कम हुँदै गयो भने मात्रै त्यस्तो अवस्था रहन्छ। 

'कुनै पनि बैंकको ब्याज नै नउठ्ने भन्ने हुँदैन, ऋणीले प्रस्तुत गरेको धितो मूल्यांकनबाटै ९० प्रतिशत उठ्छ,' उनले भने, 'यदि अर्को वर्षमा गएर ब्याज उठ्ने अवस्था आयो भने २० प्रतिशत लाभांश दिनेले अर्को वर्ष ३५ प्रतिशत, ४० प्रतिशत दिनेले ६० प्रतिशत दिने भनेर हल्ला चल्न थाल्नेछ। यसले बजारलाई ह्वात्तै माथि लैजान सक्छ।' 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्