एजेन्सी-भारत तमिलनाडुको चेन्नइमा कोरोना संक्रमितको संख्या बढेपछि राज्य सरकारले पुन: लकडाउन लगाएको छ। चेन्नइमा कोरोना संक्रमितको संख्या ३७ हजार पुगेपछि राज्य सरकारले १२ दिनका लागि लकडाउन लगाउँदै अत्यावश्यक सामान र मेडिकल स्टोरमात्र खोल्ने अनुमति दिएको छ।
तामिलनाडुमा कोरोना संक्रमितको संख्या ५० हजार पुगिसकेको छ भने ६ सय जनाले ज्यान गुमाएका छन्। भारतले यसै महिना सबैतिर लगाएको लकडाउन खुल्ला गरेको थियो। अन्य राज्य र सहरमा लकडाउन छैन।
भारतमा कोरोना संक्रमितको संख्या बढेर तीन लाख ८० हजार पुगिसकेको छ। बढी संक्रमित देशको सूचीमा भारत चौथौ नम्बरमा छ। संक्रमणबाट १२ हजार जनाको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।