काठमाडौं–दक्षिण कोरियाबाट शनिबार (भोलि) २३६ नेपाली स्वदेश फर्कने भएका छन्। कोरियन एयरमार्फत् उनीहरु स्वदेश फर्कने भएका हुन्।
यसअघि कोरियन एयरले जुन २० मा नेपाल रित्तै आउने र कामदार लिएर फर्कने तयारी गरेको थियो। यस विषयमा नेपाल लाईभले ‘कोरियामा ४५ सय कामदारको भिसा सकिँदै तर रित्तो कोरियन एयर नेपाल उडान गर्दै’ शीर्षकको समाचार प्रकाशित गरेपछि सरकारले कोरियन एयरमा नेपाली कामदार फर्काउन अनुमति दिएको हो।
कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्था रहेका नेपालीमध्ये प्राथमिकताका आधारमा सूची तय गरी २३६ नेपाली फर्काउन लागिएको हो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।