एजेन्सी–कोरोना संक्रमणका हिसाबले विश्वमा दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु हुनेहरुको संख्या ४७ हजार नाघेको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म त्यहाँ ४७ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ। एक दिनमा त्यहाँ १ हजार २ सय ३८ जनाको मृत्यु भएको हो।
संक्रमितको संख्या भने ९ लाख ७८ हजार १ सय ४२ पुगेको छ।
कोरोना संक्रमण दक्षिण अमेरिकी मुलुकहरुमा फैलँदो छ। पेरुमा संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८ पुगेको छ भने चिलीमा २ लाख २५ हजार १ सय ३ जनामा संक्रमण देखिएको छ।
उता युरोपको बढी प्रभावित इटली र स्पेनमा भने संक्रमण र मृत्युमा कमी आएको छ। बुधबार ६६ जनाको मृत्यु भएको छ भने ३२९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन भने ४३ मृत्यु र ३३३ संक्रमित थपिएका थिए। इटलीमा ३४ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या २ लाख ३८ हजार १ सय ५९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।