काठमाडौं- सरकारले ५ खर्ब ९५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ। सरकारले सबैभन्दा धेरै विकास ऋणपत्र मार्फत तीन खर्ब ८९ अर्ब रुपैयाँ लिएको छ। यसको हिस्सा ६५.४३ प्रतिशत रहेको छ। त्यस्तै ट्रेजरी बिल मार्फत ३३.०९ प्रतिशत अर्थात एक खर्ब ९७ अर्ब रुपैयाँ उठाएको छ। नागरिक बचतपत्र मार्फत ८ अर्ब ३७ करोड रुपैयाँ लिएको छ भने वैदेशिक रोजागार बचतपत्र मार्फत ४५ करोड रुपैयाँ छ।

सरकारले बजेट कार्यान्वयन गर्नका लागि राजस्व, आन्तरिक ऋण, वैदेशिक सहायता तथा ऋण मार्फत जुटाउने गरेको छ। सरकारले जारी गरेका अधिकांश ऋणपत्र वाणिज्य बैंकले खरिद गरेका छन्। जसमा ७८.२० प्रतिशत वाणिज्य बैंकको रहेको छ। ट्रेजरी बिलमा वाणिज्य बैंकको मात्रै ८० प्रतिशत हिस्सा रहेको छ। त्यस्तै विकास ऋणपत्रमा ७९ प्रतिशत छ। ट्रजरी बिलमा राष्ट्रिय वाणिज्य बैंक एक्लैले २५ प्रतिशत खरिद गरेको छ।
वाणिज्य बैंकले एक खर्ब ७० अर्ब रुपैयाँको ट्रेजरी विल खरिद गरेका छन्। त्यस्तै तीन खर्ब ८ अर्ब रुपैयाँको विकास ऋणपत्र खरिद गरेका छन्। सरकारले जारी गरेका ऋणपत्रमा विकास बैंकको हिस्सा ५.१७ प्रतिशत छ। विकास बैंकले ८ खर्ब ९८ करोड रुपैयाँको ट्रेजरी विल र २१ अर्ब ८१ करोड रुपैयाँको विकास ऋणपत्र खरिद गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले तरलता अनुपात मिलाउन तथा पुँजी कोष अनुपात मिलाउन यस्ता ऋणपत्र खरिद गर्ने गरेका छन्। सरकराले आफ्ना ऋणपत्र बिकाउन नीतिगत व्यवस्था गरेर जारी भएको ऋणपत्र बिक्री गर्ने वातावरण सिर्जना गरेको हुन्छ।
सरकारी ऋणपत्रमा लगानीकर्ताको स्वामित्व

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।