काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंकले इटालियन ठेकेदार कम्पनी सिएमसीबाट ८५ करोड रुपैयाँ फिर्ता ल्याएको छ। बैंक ग्यारेन्टी बस्ने क्रममा इटालियन बैंकबाट उक्त पैसा ल्याएको छ। ग्यारेन्टी बस्ने क्रममा बैंकको दुई अर्ब फसेको थियो।
ग्यारेन्टी बसेबापत् फसेको पैसा ठेकेदार कम्पनीले तिर्न नमानेपछि बैंकले इटालियन अदालतमा मुद्दा हालेको थियो। पहिलो पटक अदालतले हराइदिएपछि बैंकले पुनरावेदन हालेको थियो। पुनरावेदनमा मुद्दा जितेपछि बैंकले पैसा फिर्ता ल्याउन थालेको हो।
बाँकी पैसा छिट्टै ल्याउने बैंकले जनाएको छ। पहिलो चरणमा सावाँ पैसा ल्याउने र त्यसबापत् भएको खर्चको समेत दाबी गर्ने बैंकको तयारी छ।
तनहुँ हाइड्रोपावरले ठेकेदार कम्पनी सिएमसीको ठेक्का रद्द गरेपछि बैंक ग्यारेन्टीबापतको पैसा लिएको छ। मेलम्चीले समेत काम नगरेकाे भन्दै सिएमसीसँगकाे ठेक्का रद्द गरेकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।