• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

नेपाल फर्किने पर्खाइमा कोरियामा अलपत्र नेपाली

64x64
शिव भुसाल मंगलबार, असार २, २०७७  १०:०६
1140x725

सिओल- पोखरा लेखनाथका राजु सापकोटा तीन महिनादेखि कोरियामा भिसा अवधि सकिएपछि नेपाल फर्किन नपाएर अलपत्र छन्। सापकोटाको मार्च २३ मा नेपाल फर्किने टिकट थियो तर नेपाल सरकारले कोरिया सहित विदेशबाट नेपाल जाने सबै उडानमा प्रतिबन्ध लगाएपछि उनी कोरियामै रोकिए।

उनले तीन महिनादेखि न काम गर्न पाएका छन्, न त आफ्नो देश नै फर्किन नै। भन्छन्,  ‘भा सकिएर नेपाल जाने मुखैमा नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगायो। यहाँ बाहिर काम गर्न जाऊँ भने ज्यानको जोखिम छ। जसरी भए पनि आफ्नै घर जान पाए हुन्थ्यो।’

त्यस्तै, झापाका हर्देव गणेश, सुवास ढकाल लगायतको गुनासो पनि उस्तै छ।

यसैबीच नेपाल सरकारले कोरियामा अलपत्र नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ। सरकारले नेपाल वायुसेवा निगमको विमान कोरिया पठाएर उनिहरुको उद्धारको तयारी गरे पनि निगमले भने कोरियामा विमान अवतरणको अनुमति पाएको छैन।

यसअघि यहाँको सरकारसँग सिओलस्थित नेपाली दूतावास मार्फत कोरियामा विमान अवतरणको अनुमति माग गरे पनि हरेक पटक यहाँको सरकारले अनुमति  दिन अस्वीकार गर्दै आएको छ।

दूतावासले पटक-पटक कोरियामा विमान अवतरणको अनुमति मागे पनि यहाँको सरकारले अनुमति दिन नमानेकाले नेपाल वायुसेवा कोरिया आउन सक्ने अवस्था नरहेको सरोकारवालाको दावी छ।

तर कोरियाले यसअघि नेपालबाट कोरिया कामदार ल्याउनका लागि भएकाले अनुमति नदिएको र अहिले उद्धार गर्न आउने भएकाले अनुमति पाउन सक्ने दाबी नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाको छ ।

थापा थप्छन्, ‘प्रक्रिया सुरु भइसक्यो। अब पर्यटन मन्त्रालयले नेपालस्थित कोरियन दूतावास समक्ष अनुरोध पत्र पठाउँछ। त्यसपछि मात्र अनुमति पाउने वा नपाउने विषयको टुंगो लाग्छ।’
 
यसअघि नेपाल बिदामा गएका कोरियामा कार्यरत नेपालीको भिसा अवधि समाप्त हुन लागेको भन्दै गैरआवासीय नेपाली संघको अनुरोधमा नेपाल सरकारले वायुसेवा निगमकै जहाज कोरिया पठाउने प्रयास गरे पनि असफल भएको थियो।

Ncell 2
Ncell 2

नेपाल सरकारले  त्यतिबेला कोरियामा विमान अवतरणका लागि यहाँको भूमि पूर्वाधार तथा यतायात मन्त्रालयसँग गरेको अनुरोधमा मन्त्रालयले नेपालले आफ्नो विमान कोरियामा उडान भर्न कोरिया सरकारको हवाइ सुरक्षा मापदण्ड पुर्‍याउनुपर्ने र यस विषयमा सम्झौता हुनुपर्नेमा सो नभएकाले अनुमति दिन नसकिने जवाफ फर्काएको थियो।

कोरियामा नेपाली विमानलाई अनुमति दिन लामो समय लाग्ने भएकाले अहिले तत्काल नेपाल वायुसेवालाई कोरियामा अवतरणको अनुमति दिन नसकिने बताउँछन्, कोरियाको अन्तर्राष्ट्रिय हवाइ उडान हेर्ने फरिजिन मिनिस्ट्रका कर्मचारी ह्वाङ व्यङछल।

नेपाल वायुसेवाका विमान कोरिया आउन सक्ने सम्भावना अत्यन्तै न्यून हुँदा पनि सरकारले भने नेपाल चार्टर उडानमा जाँदै गरेको कोरियन एयरसँग अहिलेसम्म समन्वय गरेको छैन।

कोरियामा अलपत्र नेपालीहरु सरकारले कहिले उद्धार गर्छ भन्दै पर्खिएर बसेका छन् तर आगामी मे १६ र २० का लागि कोरियन एयरका चार्टर विमान भने नेपाल रित्तै गएर नेपाली कामदार लिएर फर्किने तयारीमा छन्।

सरकारले वायुसेवाकै विमान पठाएर उद्धार गर्ने भने पनि लाग्ने हवाई शुल्क स्वयं व्यक्तिले तिनुपर्ने सर्तमा दूतावासले हस्ताक्षर गराइसकेको छ। यस्तो अवस्थामा सकेसम्म कम शुल्कमा नेपालीको उद्धार गर्नुपर्नेमा सरकारले कोरियन एयरका विमानलाई रित्तै नेपाल जाने अनुमति दिएर यहाँ अलपत्र नेपालीलाई पुनः महंगोमा विमान चार्टर गराउने बाटोमा लागेको पीडितहरुको गुनासो छ।

उनीहरु भन्छन्, ‘हामी लाग्ने शुल्क तिर्न तयार छौं। हामिलाई सस्तोमा र छिटो नेपाल लैजाने विषयमा सरकारको ध्यान जाओस्।’

सरकारले कोरियन एयरका  चार्टर विमानहरु नेपाल जाउँञ्जेल नेपाल वायुसेवाले अनुमति माग्दै छ भन्दै टार्ने र  अन्त्यमा महंगोमा कोरियन एयर नै चार्टर गरेर यहाँका नेपाली कामदारलाई चर्को शुल्क तिराउने गुनासो पीडितहरुको छ।

कोरियामा जुन महिनाको अन्त्य सम्ममा ४ हजार ५ सय नेपालीको भिसा अवधि सकिँदै छ। ९ सय ७२ जनाले आफ्नै शुल्कमा नेपाल फर्किन तयार रहेको बताउँदै दूतावासमा फारम भरेका छन्।

नेपाल फर्किन चाहने ९ सय ७२ जनाको विवरण सरकारलाई पठाइसकिएको सिओलस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्