• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शून्य समयमा सांसद : चौरजहारी घटना छानबिनका लागि संसदीय समितिको मागदेखि कोरोना परीक्षणसम्म

64x64
नेपाल लाइभ सोमबार, जेठ १९, २०७७  १२:४१
1140x725
फाइल फोटो : प्रतिनिधिसभा बैठक

काठमाडौं- प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले चौरजहारी घटना मानवीय अपराध भएकाले यसमा संलग्नहरुलाई उन्मुक्ति दिन नमिल्ने भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले यो घटना निन्दनीय मात्र नभई पाशविक हत्या समेत भएको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षले ढ्यापढ्यापे समय लिएर नै उक्त घटनाको छानबिनका लागि विशेष समिति गठन गर्न माग गरेको छ।

सांसद आशा विकले अझै पनि आशामै रहेको टिप्पणी गरिन्। ‘मृतकको परिवारले छोरा फिर्ता मागेका छैनन्। न्याय मागेका छन्। यसमा सरकारले  ढिलाई गर्न वा छलछाम गर्न सक्दैन’, उनले भनिन्।

उनले चौरजहारी घटना छानबिनका लागि  संसदीय समिति गठन होस् भनी माग गरिन्।

सांसद इन्दुकुमारी शर्माले प्रेम गर्नु नै पाप हो? भन्दै  समाजका रहेको सामान्ती जातीय संस्कार अहिले छताछुल्ल भएको टिप्पणी गरिन्। माओवादीको उद्गम केन्द्र रुकुममा भएको घटनाले सबैको शिर झुकेको उनले बताइन्।

सांसद कमला रोकाले  रुकुम पश्चिम चौरजहारी घटनाको अकल्पनीय भएको भन्दै नवराव विकको सपना भेरीमा बगाए पनि यो विभेदको लागि न्याय मर्न नहुने उनले बताइन्।

सांसद कृष्णभक्त पोखरेलले  चौरजहारीको घटनाले सबैलाई लज्जित पारेको टिप्पणी गरे। ‘यो मानवता विरुद्ध अपराध हो। धेरै कानुन बने तर यो विभेद अन्त्य भएन’, उनले भने, ‘जसले जातीय विभेद गर्छ, त्यसलाई कारवाही गर्ने व्यवस्था गरौं। हरेक घटना मिलाउने होइन, कारबाही गर्न थालौं।’

सांसद खगराज अधिकारीले पनि पश्चिम रुकुमको घटनाको अपराधीलाई हदैसम्मको कारबाही माग गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद गगनकुमार थापाले  संविधान र कानुन बनाए पनि जातीय विभेद नहटेको टिप्पणी गरे। रुकुमको घटनाले सबैको अनुहारमा कालो पोतेको भन्दै उनले अब हेरेर बस्ने हो भने लाज पनि लजाउने बताए। उनले संसदीय छानबिन समिति निर्माण नभएसम्म आवाज उठाइरहने बताए।

रोग र भोगसँग पनि जुध्ने तयारी गरौं 
शून्य समयमा बोल्ने सांसदहरुले कोरोना भाइरसको महामारीका बीचमा सरकारको तयारी अपुग भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। देशभरका क्वारेनटाइन, सीमाबाट प्रवेश गर्ने नागरिक र भोकले मर्न लागेमा श्रमिकहरुका आवाज सुन्न आग्रह गरे।

सांसद अमृता थापाले बाँकेमा भारतबाट फर्केमा मजदुरहरुको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु र केही घाइते भएकोप्रति दुःख व्यक्त गरिन्।  सरकारले विदेशमा रहेका नेपालीलाई भित्र्याउनु स्वागतयोग्य कदम भएको भन्दै उनले कोरोनासँग जुध्ने सामाग्रीको जोहो नपुगेको टिप्पणी गरिन्। ‘भोक र रोग दुवैबाट बचाउने योजना निर्माण गर्न ध्यानार्कषण गराउँछु’, उनले भनिन्।

सांसद उमाकान्त चौधरीले मधेसमा भएका क्वारेनटाइन सबै मापदण्ड विपरित रहेको बताए।  विश्व स्वास्थ्य संगठनले तोकेको एउटै मापदण्ड नपुगेको भन्दै उनले यस्ता क्वारेनटाइनहरु कोरोना संक्रमणको थलो बन्दै जाने अवस्था सिर्जना हुने टिप्पणी गरे।  राहत उद्धार र परीक्षण तीनवटै कुरा छिटोभन्दा छिटो गर्न उनले माग गरिन्।  रोग र भोकले जनता मर्ने अवस्था आएको भन्दै उनले यसमा ध्यान दिन सरकारलाई आग्रह गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसद उमा रेग्मीले कोरोना भाइरसको महामारीले देश आक्रान्त भएको र सुत्केरी हुन गएका महिला र डाइलाइसिस गर्न गएका बिरामीलाई पिसिआर परिक्षण गरेर आएमा मात्र गर्ने भन्दै फर्काउन थालिएकोप्रति ध्यानाकर्षण गराइन्। त्यस्ता अस्पतालहरुलाई कारबाही गर्नु पनि उनले माग गरिन्। सबै अस्पताल खुल्ला गराएर बिरामीको सेवा दिने व्यवस्था मिलाउन सरकारसँग उनले माग गरिन्।

सांसद उमाशंकर अरगरियाले सरकारको कोही भोकै मर्दैन र भोकै पर्दैन भन्ने नारा ल्याएको तर मानिस भोकै मरिरहेका भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद कल्याणी खड्काले भारतबाट फर्केका मानिसहरुका कारण प्रदेशहरुको अवस्था भयावह हुँदै गएको टिप्पणी गरिन्। सबंभन्दा धेरै प्रदेश २ मा समस्या रहेको भन्दै उनले संसदको ध्यानाकर्षण गराइन्। क्वारेनटाइनहरु दयनीय अवस्था रहेको भन्दै उनले यसमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले  नाकामै पिसिआर गर्ने व्यवस्था हुनुपर्ने माग गरिन्। यसरी परीक्षण परी पोजेटिभ आएका व्यक्तिलाई आइसोलेसन र नेगेटिभ आएकाहरुलाई  क्वारेनटाइनमा राख्न उनले माग गरिन्। प्रदेश २ को सबैभन्दा धेरै संक्रमित रौतहटका २१५ रहेका भन्दै उक्त क्षेत्रलाई विशेष ध्यान दिन उनले माग गरिन्।

सांसद कृष्णप्रसाद दाहालले कोरोना रोक्न जति चुस्त दुरुस्त हुनुपर्ने हो, हुन नसकिरहेको  टिप्पणी गरे। ‘हाम्रा बसहरु तोकिएको नाकामा लगेर मानिसहरुको ‍उद्धार गर्ने काम सुरु होस्’, उनले भने, ‘मापदण्ड पूरा गरेर स्वास्थ्यमाथि ध्यान दिएर परीक्षण गर्दै सम्बन्धित पालिकामा पुर्‍याउने कार्य सरकारले गरोस्।’

सांसद गजेन्द्र महतले जुम्लामा संक्रमण बढेकोले  हिजोको व्यवस्थापनले धान्दैन भन्ने पुष्टि भएको टिप्पणी गरे। कोरोना परीक्षणको काम कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठानले गरिरहेको भए पनि किट अभाव र क्वारेनटाइनमा राख्न मानिसलाई समस्या भएको उनले बताए।

सांसद गोपाल बहादुर बमले लकडाउन कोरोना रोकथामको उपाय भए पनि यसमा यसमा भ्रष्टाचार पनि नहोस् भन्दै कामना गरे। त्यस्तै यही अवसरमा कसैका लागि कमाउने मौका पनि नहोस् भन्दै उनले प्रभावकारी काम गर्न माग गरे।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १२:४१
  • #प्रतिनिधिसभा
  • #शून्य_समय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्