• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

लकडाउन खुकुलो पार्दै अर्थतन्त्रलाई चलायमान बनाऔँ

आकाश दुलाल सोमबार, जेठ १९, २०७७  ११:०७
1140x725

२०७६ पौष १५ गते निमोनियाका बिरामीको सङ्ख्या वुहानमा एक्कासी बढ्दै गयो। त्यसको एक सातापछि नयाँ कोरोना भाइरस आएको पुष्टि भयो। आजका दिनसम्म ५० लाखभन्दा बढी संक्रमित छन् र ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। संसारका लगभग सबै देशलाई यसले छोएको छ। 

यस महामारीको उपचारका लागि विभिन्न अनुसन्धान भइरहेका छन्। कम्तिमा पनि खोप बन्न नौ महिनादेखि २४ महिना लाग्ने अनुमान गरिएको छ। अहिले पहिलो चरणको सफलतापछि दोस्रो चरणमा परीक्षण सुरु भएको अवस्था छ। खोप नआउन्जेलसम्म यसलाई रोकथाम गर्ने एउटै विकल्प लकडाउन हो। चीनको वुहान सहरमा पनि लकडाउनकै कारण यो महामारी थप फैलिन पाएन र नियन्त्रण हुन सक्यो। धेरैजसो देशले लकडाउन नै गरेको पाइन्छ।

आजसम्म आइपुग्दा हामीले दुई महिनाको लकडाउन अवधि पार गरिसकेका छौँ। लकडाउनकै कारण भाइरस फैलिने क्रम तुलनात्मकरूपमा कम भएको हुनुपर्छ तर यसले अर्का तिर भने अर्थतन्त्रलाई धराशायी बनाएको छ। कोरोना भाइरसलाई हामी एउटा आइसवर्गका रूपमा लिन सक्छौँ। यसमा देख्दा एक भाग सानो देखिन्छ तर नदेखिने भागले धेरै प्रभाव पार्दछ। यस महामारीले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक र सामाजिक क्षेत्रमा धेरैनै असर पुर्‍याएको छ। 

देशले आज कहिल्यै कल्पना नगरेको आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको छ। साना तथा मझौला उद्योगदेखि लिएर ठूला उद्योगका साथै होटल व्यवसाय सबै ठप्प छन्। उद्योग व्यवसाय बन्द हुँदा यसको असर लगानीकर्ता, मजदूर, तिनका परिवार, बैंक तथा वित्तीय संस्थालगायत उत्पादन र बजारीकरणमा पर्छ। 

नेपालमा साना तथा मझौला उद्योग चार लाख अठार हजार छन् भने ठूला उद्योग सात हजार आठ सय छन्। यिनले ३० लाख रोजगारी सिर्जना गरेका छन्। उद्योग र व्यवसायले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा ओगटेका छन्। यि कल–कारखानाहरूमा बैंकको करिब ३२ खर्ब ५० अर्ब रूपैयाँ लगानी छ। 

त्यसैगरी विकास–निर्माणमा २० लाखले रोजगारी पाएका छन् भने कूल गार्हस्थ्य उत्पादनमा झन्डै ७.५ प्रतिशत योगदान यस क्षेत्रको छ। करिब ८ हजारको सङ्ख्यामा होटल रहेका हुनाले यस व्यवसायसँग ८ लाखभन्दा बढी रोजगारी जोडिएका छन्। प्रतिवर्ष नेपालमा नयाँ जनशक्ति करिब ५ लाख १२ हजार तयार हुने तथ्यांकले देखाउँछ भने एकलाखले मात्र रोजगारी पाउने गर्छन्। अझ अहिलेको विषम स्थितिमा २० प्रतिशतभन्दा बढी नेपालीले विदेश वा छिमेकबाट स्वदेश फर्कन रुचाएको देखिन्छ। 

लकडाउन लम्बिँदै गयो भने धेरैले रोजगारी गुमाउनेछन्, जसका कारण जीवनयापन थप कष्टकर हुन पुग्ने निश्चित छ। 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस जीवनभर नै रहन सक्ने आशंका गरेको छ। यो आशंका सत्य भयो भने हामीले कोरोना भाइरससँगै अगाडि बढ्नुपर्ने स्थिति आउनेछ। यस्तो भएको खण्डमा हामीले रोग प्रतिरोधक क्षमता बढाएर संक्रमणका कारण हुने सम्भावित मृत्युबाट बच्नुपर्छ भने यसलाई एचआइभी एड्स जस्तै सामान्य मानेर हिँड्नुको विकल्प हुँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा हालसम्म ८५ प्रतिशत उद्योग र व्यवसायको नाफा घटिसकेको पाइन्छ भने १२ लाखले भन्दा धेरैले रोजगारी गुमाएका छन्। साना तथा घरेलु उद्योगले घरभाडा,कामदारको तलबका साथै ब्याज तिर्न सकेका छैनन्। रेमिट्यान्समा २० प्रतिशतभन्दा बढी प्रभाव परेको देखिन्छ। उद्योग व्यवसाय प्रभावित हुँदा धेरै रोजगारी जोखिममा परेका छन्। रोजगारीका लागि पहिलो गन्तव्यमा पर्ने खाडी मुलुक तेलको मूल्यमा आएको गिरावटका कारण आर्थिक मन्दीमा जान सक्ने अनुमान छ। त्यहाँ रहेका नेपालीको रोजगारीमा यसबाट प्रत्यक्ष असर पर्ने देखिन्छ। 

अब यो लकडाउन कति समयसम्म लम्ब्याउने? खोल्दा कति चरणमा खोल्ने? आजका धेरै मानिसको मनमा यही प्रश्न उब्जेको छ। यदि लकडाउन लम्बिँदै गयो भने धेरैले रोजगारी गुमाउनेछन्, जसका कारण जीवनयापन थप कष्टकर हुन पुग्ने निश्चित छ। 

छिमेकी मुलुक भारत, जससँग हाम्रो संस्कृति, जीवनशैली, रीतिरिवाजलगायत खाद्य प्रणाली पनि मिल्छन्। त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमा ६० देखि ७५ वर्ष उमेर समूहका ४२ प्रतिशत छन्, ४५ देखि ६० वर्ष उमेरसमूहका ३४ प्रतिशत छन्, तीमध्ये पनि मधुमेह, हृदयविकार र मिर्गौलाको खराबीका कारण मृत्यु हुने ७८ प्रतिशत रहेका छन्। 

नेपालको तथ्यांकअनुसार ७१.५ प्रतिशत अर्थात् दुई करोडभन्दा बढी जनसंख्या काम गर्ने वर्गमा पर्दछ भने युवा जनशक्ति (१७–४५वर्ष) ५७ प्रतिशत छन्। यस्तो युवा जनशक्ति भएको देशले उचित योजना कार्यान्वयन गर्न सक्ने हो भने त्यति धेरै त्रास लिनुपर्ने देखिन्न। अहिलेको परिस्थितिमा भाइरसका कारण प्रभावित धेरै देशले लकडाउन खोल्दै व्यवसाय सहज बनाउँदै आएका छन्। स्पेन, जर्मनजस्ता देशमा रेष्टुराँ, बारलगायत पार्क सञ्चालनमा आइसकेका छन्। भारतमा भने क्रमिकरूपमा सुरक्षा अपनाएर लकडाउनलाई सहज बनाउने क्रम जारी छ। यसको मतलब हाम्रो देशमा पनि सबै कुरा खोल्नुपर्छ भन्ने होइन तर जीवन सहजबनाउन ठोस कदम चाल्नुपर्ने बेला चाँहि आइसकेको छ भनेर सचेत गराउनु हो।

लकडाउन लम्ब्याउँदै जाँदा भाइरसले नभई भोकमरीले ज्यान गुमाउनेको संख्या बढ्नेछ। त्यसबाट विद्रोह पनि जन्मन सक्छ।

साधारण मानिसहरूलाई रोजगारी गुमाउने डर एकातिर छ भने अर्कातिर लकडाउनका कारण डिप्रेसन र तनावले गाँज्न सक्ने देखिन्छ। आफूले चाहेको मान्छे वा साथीसँग आफ्ना कुरा राख्नन पाउँदा र सामाजिक सञ्जालले फैलाएको त्रासले गर्दा मनोरोगीको संख्या नबढ्ला भन्न सकिन्न। यसबाट मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने र रचनात्मकतामा ह्रास निम्तिने कुरालाई नकार्न सकिँदैन। दैनिक ज्यालामजदुरी गरेर हातमुख जोर्ने निम्नवर्गीय परिवारको जीवन अहिले नै ज्यादै कष्टकर बनिसकेको छ भने यसैगरी लकडाउनलाई लम्ब्याउँदै जाँदा भाइरसले नभई भोकमरीले ज्यान गुमाउनेको संख्या दिनानुदिन अवश्य बढ्नेछ। त्यसबाट विद्रोह पनि जन्मन सक्छ र यसको प्रमुख जिम्मेवार सरकार हुनेछ।

व्यक्तिगत रूपमा जर्मनी, स्पेन, इटली र भारतजस्ता देशहरूले गरेको निर्णयलाई म एउटा बौद्धिक निर्णय ठान्दछु। आज यस महामारीले प्रत्यक्षरूपमा ५० लाखलाई असर गरेको होला तर अप्रत्यक्षरूपमा करोडौँको जीवनलाई तहसनहस पारिदिएको छ। यसकै कारण आगामी दिनमा आर्थिक र सामाजिक क्षेत्रमा पुग्ने असरका कारण बाँच्न गाह्रो हुने देखिन्छ। त्यसकारण नेपालमा पनि अब लकडाउनलाई सहज बनाउँदै लानुपर्छ र अर्थतन्त्रसँग सोझै सम्बन्ध राख्ने क्षेत्रलाई सुचारु गराउँदै दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्ने जनशक्तिको जीवन सहज बनाउनुपर्छ। यसबाट अर्थतन्त्रमा टेवा पुर्‍यायाउने औद्योगिक, व्यापारिक, वित्तीय आदि क्षेत्रको भविष्यमा सुधार हुन जान्छ भने भोकमरीले निम्त्याउने भयावह परिस्थितिलाई रोक्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्