सांकेतिक फोटो
काठमाडौं- पश्चिमी वायुको आंशिक प्रभावमा स्थानीय वायु मिसिएपछि देशैभर बदली भएको छ। पूर्वी नेपालको नजिकै न्यून चापीय रेखाको विकास भएकाले थप मौसम सक्रिय भएको हो।
आइतबार र सोमबार देशैभर बदली भए पनि मंगलबारदेखि मौसममा सुधार आउन सक्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताए। मंगलबार आंशिक बदली हुँदा पूर्वी क्षेत्र र मध्य क्षेत्रका पहाडी क्षेत्रमा छिटफुट वर्षा हुन सक्ने अर्यालले बताए।
आज दिनभर देशैभर बदली भई केही स्थानमा मेघगर्जन हुनुका साथै चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको अर्यालले बताए। आज राति देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली हुने अनुमान गरिएको छ। पूर्वी भू-भागका केही स्थान पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन हुनुका साथै हावाहुरी सहित वर्षा हुने सक्ने प्रक्षेपण गरिएको छ।
जेठ १९ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातिः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २० गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातिः देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।