• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

लकडाउन नखुल्दा ५० ब्रोकरको ५ अर्ब रुपैयाँ उठेन, पैसा नउठ्दा ब्याज खर्चको मिटर बढ्दै

64x64
अरुण सापकोटा आइतबार, जेठ ११, २०७७  १०:५२
1140x725

काठमाडौं- लकडाउन अगाडिको सेयर कारोबारबाट ५० ब्रोकरले ५ अर्ब रुपैयाँभन्दा धेरै रकम बजारबाट उठाउन सकेका छैनन्। लक डाउन अगाडि दुई साताको अवधिमा सेयर खरिद गरेका अधिकांश लगानीकर्ताले पैसा तिर्न नसक्दा ब्रोकरहरुको ५ अर्ब रुपैयाँभन्दा माथिको रकम बजारमा फसेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए। 

‘यकिन रुपमा कति उठ्न बाँकी छ तथ्यांक छैन। तर हरेक ब्रोकर कार्यालयको कारोबार रकमको आकार अनुसार ४/५ करोड रुपैयाँदेखि १२/१५ करोड रुपैयाँसम्म उठ्न सकेको छैन।’

अनलाइन प्रणाली भनिएता पनि सेयर खरिद बिक्री पछिको पैसाको कारोबार भने अनलाइन हुन सकेको छैन। कतिपय ब्रोकरहरुले चिनजान तथा नियमित ग्राहकहरुलाई पैसाको लेनदेनमा खासै वास्ता गर्दैनन्। नियमित सेयर खरिद बिक्री गर्नेले खरिद गरेको सेयरको पैसा आफूसँग भएको अर्को कम्पनीको सेयर बिक्री गर्दै नियमित रुपमा व्यवस्थापन गरिरहेका हुन्छन्।

तर बजार नियमित रुपमा नचलेपछि सेयर खरिद गरेकाले बिक्री गरेर भुक्तानी गर्न पाएका छैनन्। यस्तो अवस्थामा पैसा तिर्नुपर्ने लगानीकर्ताले लक डाउनका कारण ब्रोकर कार्यालयमा जान सक्दैनन्। तर तपाईंको पैसा तिर्नुहोस् भनेर आग्रह गर्दा अधिकांश लगानीकर्ताले लकडाउन छ आउन सक्ने अवस्था छैन भन्ने गरेको एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। 

ब्रोकरहरुले लकडाउन अवधिभर पैसा उठाउन सक्ने अवस्था छैन। तत्कालीन अवस्थामा लगानीकर्ताले पैसा नतिर्दा ब्रोकरहरु फस्ने अवस्था भने छैन। यदि सेयर खरिद गर्ने लगानीकर्ता फर्केर नआए पनि उक्त सेयर ब्रोकरले बिक्री गर्न सक्ने अधिकार छ।

कतिपय ब्रोकरले २५ प्रतिशत पैसा लिएर सेयर किनाएका हुन्छन्। अग्रिम रुपमा २५ प्रतिशत लिनेहरुको लागि कुनै पनि जोखिम नभए पनि अन्यको हकमा भने केही जोखिम भने रहने एक ब्रोकरले बताए। उनले भने, ‘बजारबाट पैसा नउठ्दा जोखिमभन्दा यसको खर्च ब्रोकर इन्ड्रस्ट्रिले बेहोर्नुपरेको छ।‘
 
जति लामो समयसम्म लकडाउन लम्बिदै जान्छ, यस्तो खर्च बढ्दै जानेछ। अधिकांश ब्रोकरले बैंकबाट ‘ओडी’ चलाएका हुन्छन्। सुरुवाती अवस्थामा ब्रोकरहरुले समयमा पैसा भुक्तानी नगर्ने लगानीकर्ताहरुसँग प्रचलित ब्याज उठाउने प्रचलन थियो। तर नियमित कारोबार गर्ने लगानीकर्तालाई आकर्षित पार्न ब्रोकरहरुले केही समयका लागि वास्तै गर्दैनन्।

लगानीकर्तालाई आफैंले यस्तो सुविधाका पल्काउदा अहिले ठूला लगानीकर्ताले सबैभन्दा धेरै लाभ लिइरहका छन्। ठूला लगानिकर्ता एकै जनाएको करोडौं रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ। उक्त ग्राहकले यस्तो अवस्थामा पैसा तिर्नुभन्दा बरु बैंकमै उक्त पैसा होल्ड गरेर ब्याज पकाइरहेका छन्। उनीहरुलाई पैसा तिनुहोस भनेर ताकेता गर्दा अहिले म तिर्न सक्दिनँ बरु त्यही सेयर बेचिदिनु भनेर समस्यामा पार्ने गरेको एक ब्रोकरले दुखेसो पोखे।

बजार खुलेपछि उक्त सेयरको लाभ तथा नोक्सानी लगानीकर्ताले बहन गर्ने तर यसको प्रत्यक्ष भार भने ब्रोकरलाई पर्ने अर्को एक ब्रोकरले बताए। जसले सेयर बिक्री गरेका थिए, उनीहरु भने लकडाउनकै अवधिमै भए पनि पैसाको लागि ताकेता गरिरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल धितोपत्र बोर्डले वैशाख ३० देखि बजार खुला गर्ने निर्देशन दिएपछि दुई दिन बजार खुल्यो। त्यतिबेला अधिकांश लगानीकर्ताले आफूले बिक्री गरेको पैसा लगेको एसोसिएसनका अध्यक्ष रानाभाटले जानकारी दिए। यस अवधिमा ५० वटा ब्रोकरले दुई अर्बभन्दा धेरै रकम भुक्तानी गरेको अनुमान गरिएको छ। 

दुई दिन बजार खुला भए सँगै नेपाल सरकारले लकडाउन पुनः झन् कडाइ गर्‍यो। कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सर्वसाधारणलाई घरबाट बाहिन ननिस्कन निर्देशन दिएसँगै सेयर बजार चल्न सकेन। यस अवधिमा आफूसँग भएको केही नगद पनि भुक्तानी गर्नुपरेको तर बजारबाट उठ्नुपर्ने पैसा नउठ्दा समस्या परेको एक ब्रोकरले दुखेसो पोखे। उनले भने, ‘आफूसँग भएको अलिअलि क्यास पनि भुक्तानी गरेर सकियो। अर्कोतर्फ उठ्नुपर्ने पैसा नउठ्दा ब्रोकरहरु समस्यामा छन्।’

लकडाउनपछि बजार खुल्दा केही दिन ब्रोकरहरुसँग क्यास फ्लो कम हुने र भुक्तानी प्रणालीमा समस्या आउने रानाभाट बताउँछन्।

ब्रोकरले भुक्तानी लिनुपर्ने रकमको ब्याजको कुरा नगरेको हुँदा कतिपय लगानीकर्ताले भुक्तानी गर्न सक्ने अवस्थामा पनि जानाजान नतिरेको रानाभाटले बताए। नियोजित रुपमा नतिर्ने परिपाटीको अन्त्यको लागि सेयर किनेर भुक्तानी गर्नेसँग र सेयर बिक्री गरेर भुक्तानी पाउने दुवै पक्षलाई ढिलाइ हुने बित्तिकै ब्याज लाग्ने व्यवस्था गर्नुपर्ने रानाभाट बताउँछन्। यसका लागि नेपाल धितोपत्र बोर्डलाई लेखेरै सुझाब दिइएको उनले जानकारी दिए।

Xtrem

Xtrem

कतिपय लगानीकर्ताले लकडाउन अगाडि सेयर बिक्री गरे बाहिर गएका छन्। उनीहरुले आफूले पाउनुपर्ने रकम पाउन सकेका छैनन्। उनीहरु पनि वास्तविक पीडित भएको हुँदा त्यस्ता लगानीकर्ताले पनि ब्याज पाउने गरि पोलिसी आवश्यक पर्ने उनको तर्क छ। उनले भने, ‘जसले पैसा तिर्नुपर्ने छ, उसले पैसा नै दिनु नपर्ने साथै जसको पैसा हामीकोमा बसिरहेको छ, हामीले दिन नपाउने, यो त न्यायीक भएन नि।’

अहिलेको अवस्थामा मात्रै नभई भोलिका दिनमा पनि यस्तो समस्या रहिरहने भएकाले यसका लागि छुट्टै नियम आवश्यक परेको उनले जनाए।  

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्