काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खडा गरेको कोरोना राहत कोषमा ८ करोड रुपैयाँ जम्मा भएको छ।
संघले स्थापना गरेको कोरोना पिडित राहत कोषमा बिभिन्न राष्ट्रिय समिति सहित ८ करोड रुपैयाँ संकलन गरेको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।
संघले शनिवार साँझ सम्म ४० हजार भन्दा बढी गैरआवासीय नेपालीहरुलाई राहत वितरण गरिएको छ भने ६२ हजारभन्दा बढीलाई परामर्श सेवा प्राप्त गरेका छन्।
संघले यसअघि १० देशका नेपालीहरुको राहतको लागि आर्थिक सहयोग गरेका थियो।
चीनबाट सुरु भएको कोरोना भाइरसविरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो।
संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरी विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पिडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए।
शर्माका अनुसार कोरोना पिडितको लागि राहत वितरण गर्न ४९ देशमा २ दुई हजार १ हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।