Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना ‘हटस्पट’ उदयपुर : भुल्के सिल, संक्रमित बढ्दै गए के छ तयारी?

  ‘अस्पतालको बेडले नपुगे संक्रमितलाई घरमै राख्नुपर्ने अवस्था आउँछ’ 
64x64
निर्मला घिमिरे शनिबार, जेठ ३, २०७७  १६:०८
1140x725

काठमाडौं- कोरोनाको ‘हटस्पट’ बनेको उदयपुरसहित प्रदेश १ मा १४ जिल्ला पर्छन्। तर यो प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि दुई वटा अस्पताल मात्रै छन्। ३२ जना संक्रमित पुगिसकेको उदयपुरका संक्रमितको उपचारका लागि प्रदेश नम्बर १ अन्तर्गत विराटनगरस्थित कोशी अञ्चल अस्पताल र बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान, धरान मात्र छन्। यी दुवै अस्पतालमा ५०-५० बेड छन्।   

अस्पतालमा बेड अभाव भएको खण्डमा भने घरमा नै कोरोना संक्रमित राखेर उपचार गर्ने तयारी उदयपुरले गरेको छ। प्रदेश १ मा कोरोनाको उपचार गर्नका लागि सीमित संख्यामा मात्रै बेड रहेकोले संक्रमितको संख्या बढे घरमा नै उपचार गर्नुपर्ने अवस्था आउने र त्यसका लागि उदयपुरले  तयारी थालेको समेत प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। 

‘केही समय अगाडि कोशी अञ्चल अस्पतालमा ३५ जनासम्म कोरोना संक्रमित वा आशंका लागेका बिरामी राखिएको थियो। अहिले कतिपय बिरामीहरु डिस्चार्ज भइसकेका छन्। आधाजति बेड खाली अवस्थामा छ,’ प्रमुख जिल्ला अधिकारी पहाडी भन्छन्। अहिलेसम्म बेडको समस्या नभएको उनको भनाइ छ। तर बिरामीको संख्या बढ्दै गए दुई वटा अस्पतालले धान्न नसक्ने उनी बताउँछन्। ‘अवस्था भयावह बन्दै गयो भने अस्पतालका बेडले नपुग्न सक्छ। यस्तो अवस्थामा हामीले बिरामीलाई घरमै सुरक्षित आइसोलेसनमा राख्नुपर्ने हुन्छ।’

घरमै सुरक्षित रहन सक्ने वातावरण छ वा छैन भन्ने सम्बन्धमा स्थानीय सरकारले अनुगमन गर्नेछ। बिरामीहरुको निगरानी वडा कार्यालयले गर्ने, समयसमयमा ज्वरो नाप्ने तथा कोरोना परीक्षणको टोलीसमेत घर घरमा पुर्‍याउने सम्बन्धमा सोच्नुपर्ने बेला आएको प्रमुख जिल्ला अधिकारी पहाडीको भनाई छ। यसका लागि पूर्व तयारी भइसकेको भने छैन। 

कोरोना संक्रमण न्यूनीकरणका लागि के गर्दैछ उदयपुर? 
जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउनमा कडाई गरेको छ। जिल्ला प्रवेश वा बाहिरिनका लागि यसअघि जारी गरेका सबै सवारी पास पनि खारेज गरिसकेको छ। 

सकेसम्म पास जारी नगर्ने, अत्यावश्यक अवस्था भएमा मात्रै पास जारी गर्ने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। ‘कोरोना न्यूनीकरणका लागि सबैभन्दा महत्वपूर्ण त लकडाउन हो। हामीले लकडाउनलाई थप कडाई गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी भन्छन्, ‘पासको दुरुपयोग गर्ने प्रवृत्ति बढेसँगै सबै पुराना खारेज गरेर अत्यावश्यक अवस्थामा मात्रै पास जारी गरेका छौँ।’

स्वास्थ्य परीक्षण गरेर मात्रै जिल्ला प्रवेश 
बाहिरी स्थानबाट जिल्ला प्रवेशमा कडाई गरेको उदयपुरले अत्यावश्यक अवस्थामा जिल्ला प्रवेश गर्न दिएको छ। अत्यावश्यक अवस्थामा जिल्ला प्रवेश गर्नेहरुका लागि पनि जिल्ला प्रवेश गर्ने सीमानामा हेल्थ डेस्क राखिएको छ। जिल्ला प्रवेश गर्ने व्यक्तिहरुलाई ज्वरोलगायत प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था लागू गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भुल्के सिल, संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षण 
उदयपुरमा बढी संक्रमित देखिएको स्थान भुल्के सिल गरिएको छ। अन्य स्थानमा संक्रमण फैलिए ती स्थानमा सिल गर्ने तयारी प्रशासनको छ। जुन स्थानमा कोरोना संक्रमण फैलिएको छ त्यो ठाउँलाई सिल गर्ने र कोरोना संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कोरोना परीक्षण गर्ने कार्य भइरकेको उदयपुर जिल्ला प्रशासन कार्यालयको भनाई छ। 

‘अहिलेसम्म कोरोना संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण सकिइसकेको छ। संक्रमण फैलिएका स्थानमा सिल गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी पहाडी भन्छन्, ‘हामी संक्रमितको सम्पर्कमा आएकाहरुलाई पनि पटकपटक कोरोना परीक्षण गर्छौं।’ पटक पटकको परीक्षणपछि समुदायका व्यक्तिहरु स्वस्थ देखिएपछि मात्रै सिल हटाउने व्यवस्था गरिएको छ। 

स्थानीय सरकारको स्रोत साधनले भ्याएसम्म कोरोना न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा सुरक्षित रुपमा बस्न मिल्ने अवस्था छैन भने स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा राखिने व्यवस्था छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरुलाई अस्पताल भर्ना गरेर उपचार गरिएको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्न संक्रमितसँग सोधपुछ गरी जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिदिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। 

Xtrem

Xtrem

डिस्चार्ज भएकालाई पनि १४ दिन क्वारेन्टाइनमा 
कोरोना संक्रमण निको भएकाहरुलाई पनि पुन संक्रमण देखिन थालेपछि उदयपुरले अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई पुनः क्वारेन्टाइनमा राखेर घर पठाउने गरेको छ। अस्पतालबाट कोरोना निको भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। 

‘१४ दिन क्वारेन्टाइनमा राखिसकेपछि पुनः स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाउने व्यवस्था गरिएको छ,’ उनले भने। 

अत्यावश्यक सेवा सुचारु 
उदयपुरमा अत्यावश्यक सेवा, खाद्यान्न, तरकारी, फलफुल, खानेपानी, अस्पताल, मेडिकलहरु, बाहेक सबै सेवा बन्द छन्। सामान्य अवस्थामा नेपाल सरकारको निर्णयअनुसार राष्ट्रियस्तरका आयोजनाका काम भइरहेका छन्। लामो समय केही काम गरिएन भने रोजगारी तथा आर्थिक संकट पैदा हुने अवस्था रहेकाले सामाजिक दुरी कायम राख्दै सुरक्षित किसिमले आयोजना सञ्चालन गर्न दिइएको हो। 

'स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित तरिकाले कामगर्ने वातावरण बनाइदिएका छौँ। उदयपुर जिल्लाभरी अहिले ५ सय ७२ बेड क्षमताका क्वारेन्टाइनहरु छन्,' उनले भने। 

बेलका नगरपालिकामा ८० बेडको क्वारेन्टाइन तयार छ। चौदण्डीगढी नगरपालिकामा ३२ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ। त्रियुगा नगरपलिकामा २५, कटारी नगरपालिकामा २०० बेडको क्वारेन्टाइन छ। 

त्यस्तै उदयपुरगढी नगरपालिकामा २५, रौतामाई गाउँपालिकामा ५०, तिम्चुङबुङ गाउँपालिकामा २३, ताप्लीङ गाउँपालिकामा १३७ बेडको क्वारेन्टाइन छ। क्वारेन्टाइनमा १७८ जना रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। आवश्यकता अनुसार क्वारेन्टाइन थप्दै लैजाने उल्लेख गरिएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १६:०८
  • #Novel Corona Virus
  • #उदयपुर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्