• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दा पार्टीले अपनत्व लिन सकेन : झलनाथ खनाल [अन्तर्वार्ता]

डिबी खड्का / वीरेन्द्र ओली शनिबार, जेठ ३, २०७७  १२:०८
1140x725

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको दुई वर्ष पूरा भएको छ। सांगठिनिक रुपमा पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर, पार्टीभित्र असन्तुष्टि बढ्दो क्रममा छन्। विवादका खाडल गहिरिँदै गएका छन्। शक्ति संघर्ष चुलिँदो छ। नेकपाभित्रका दुई शक्तिमध्ये एकातिर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको छन् भने अर्कातिर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल छन्। पार्टीको तेस्रो वरियतामा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल बेलाबखत स्वतन्त्र देखिन्छन्। प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट  उनी यतिबेला प्रचण्ड–माधव समूहसँग छन्। तर, उनलाई पार्टीभित्र मौलाएको मनोमानी र गुटउपगुटको रस्साकस्सी चित्त बुझेको छैन। खनालसँग नेपाल लाइभकर्मी डिबी खड्का र वीरेन्द्र ओलीले गरेको संवादः

नेकपा जुटेको दुई वर्ष भयो। तर, आम कार्यकर्ताहरुलाई चाहिँ त्यसको अनुभूति हुन पाएको छैन। किनभने शीर्ष नेतृत्वबीच मदभेद बढ्दो छ। भित्रैदेखि तपाईंहरु एक हुन किन नसक्नुभएको?
नेकपाको जुट भनेको ऐतिहासिक परिघटना हो। यो नेपालको कम्युनिष्ट आन्दोलनको आवश्यकता पनि हो। नेपाली जनताको आवश्यकता र नेपालका कम्युनिष्टरुका आवश्यकताले बनेको छ। यो एकता कसैको चाहना, भावना र लहडले बनेको होइन । यो कार्यदिशा, नीति, सिद्धान्त, विधिपद्धति र  लक्ष्य र कार्यक्रमका आधारमा बनेको एकता हो।

त्यो एकता एकाध नेताको मन तलमाथि हुने, विचार बहस फरक पर्ने विषयमा मात्रै आधारित छैन।  करिब ८ लाख कार्यकर्ताको भावना, चिन्तन र आवश्यकताको परिणाम हो। यो ऐतिहासिक एकता हो। एकताको दुई वर्ष पूरा भई तीन वर्ष लाग्न लागेको छ। सम्पूर्ण पार्टीका सदस्य, नेता र कार्यकर्तालाई एकता सुदृढ बनाउन, गतिशील र समृद्ध बनाउन आह्वान गर्छु।

पार्टी एकता सहकार्य, सहअस्तित्व र सहमतिमा आधारित हुन्छ। एउटा गुटले त्यो पालना गरेन भनिरहेको अवस्था छ । यस्तो अवस्थामा पार्टी एक भएको कसरी मान्ने ?
पार्टीको जीवनलाई मार्गदर्शन गर्ने पार्टीका कार्यदिशा छन्, नीति छन्, सिद्धान्त छन्, विधान छ, पद्धति छन्। पार्टी एकीकरण हुने सिलसिलामा ती विधि प्रक्रिया राम्रोसँग लागू नभएको हुन सक्छन्। अहिलेको अवस्था भनेको ती कुराहरुको दृढतापूर्वक पालना गर्नुपर्ने अवधि हो। एकथरिले मान्नैपर्छ भन्ने, अर्कोले अस्वीकार गर्ने हाम्रो पार्टीमा प्रवृत्ति देखिएको छ। अन्तिम कुरा के हो भने पार्टीका कार्यदिशा नीति र सिद्धान्त हरेकले पालना गर्नूपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओली विधि पद्धतिभन्दा बाहिर गएको संकेत गर्नुभएको होला। उहाँ कहाँनेर विधि मिच्दै हुनुहुन्छ, कहाँनेर पद्धति मिच्नुभयो ? 
कमरेड केपी ओली अहिले पार्टीको अध्यक्ष पनि हो। उहाँले सरकारको नेतृत्व पनि गर्नुभएको छ। व्यक्तिगत रुपले ठूलो जिम्मेवारी छ, सामूहिक रुपमा ऐतिहासिक जिम्मेवारी छ । जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा पार्टीका नीति, विधि र पद्धतिहरु, निर्देशनहरु र मार्गदर्शनहरुलाई सर्वोपरी मानेर अघि बढ्नपर्छ। त्यसो गरेर अघि बढ्दा मात्रै हामी समाजवादको बाटोमा जान सक्छौं। आफैंलाई महाज्ञानी ठानेर पार्टीका नीति निर्णय अस्वीकार गर्ने, निर्णय अस्वीकार गर्ने र मार्गदर्शन अस्वीकार गर्ने हो भने एकलौटी ढंगले सञ्चालन गर्ने हो भने समाजवादको बाटोमा लाग्न सक्दैनौं। यसलाई उहाँले गम्भीर ढंगले लिनुपर्छ। पार्टीबाट कमिटीका निर्णय गर्ने, नियमित बैठक गर्ने यो पद्धतिलाई अनुशरण गर्नुपर्छ।

पार्टीको विधानमा एक व्यक्ति एक जिम्मेवारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो प्रावधान कार्यन्वयन गर्ने बेला आएको हो?
सामान्य त संसारभरि पनि, हाम्रो देशमा पनि हाम्रो ७१ वर्षको अनुभवलाई संकलन गरेर हेर्ने हो भने एक व्यक्ति एक प्रमुख जिम्मेवारी सर्वमान्य पद्धति हो। यो पद्धतिलाई कसरी लागू गर्न सकिन्छ, पार्टी र सरकारको अग्रगति यसमा निर्धारण हुन्छ।

नयाँ ढंगले हामीले जुन खालका अग्रगतिहरु हासिल गर्‍यौं, यी अग्रगतिलाई ठीक ढंगले अघि बढाउन निश्चित विधि र पद्धति अंगाल्नुपर्छ। त्यो अपनाउने कुरामा कमिमजोरी भएको छन्। यिनलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने मेरो भावना छ । 

Ncell 2
Ncell 2
nimb
nimb

स्थायी कमिटीको बैठक बस्दा यी कुरा उठछन् कि उठ्दैनन्?
केन्द्रीय सचिवालय पनि छ  स्थायी कमिटी अझै महत्वपूर्ण कमिटी रहेको छ। यसको बैठक नियमित बस्नुपर्छ। नियमित रुपमा नीति निर्णय ठीक ढंगले हामी गर्न सक्छौं भन्दै आएको छौं। यसमा केही कमी रहे। यो बीचको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सरसल्लाह नगरी केही कदम चाल्नुभयो। ती कदम चाल्नुका कारणले पार्टी बैठक अनिवार्य भयो। के कारणले यस्ता निर्णय भए भन्ने बुझ्नका लागि पार्टीको स्थायी कमटी बैठक अनिवार्य भयो। यसका लागि एक तिहाई सदस्यहरुले माग गरेका छन्। बैठक हुनु मात्रै राम्रो कुरा हो। त्यहाँ छलफल हुन्छ, विश्लेषण हुन्छ, संश्लेषण हुन्छ र एकताबद्ध भएर अघि बढ्ने धरातल तयार हुन्छ। 
त्यो मागलाई पूर्ति गर्न सकिएको  थिएन।

दुई तिहाइ नजिकको सरकार छ। सरकारको काम हेर्दा जनताको अपेक्षा पूरा हुने संकेत देखिएको छैन!

हामी नयाँ युगमा छौं। पार्टीले सरकारले सञ्चालन गर्ने कि पार्टीले सरकार चलाउने? कुरा उठेका छन्। के कुरा सर्वमान्य हो भने पार्टीले सरकार सञ्चालन गर्ने हो। पार्टीले नीति, भिजन, कार्यक्रम र मागर्दशन दिनुपर्छ। यो बीचमा कसरी चल्यो भने हामीले प्रधानमन्त्री बनायौं, मन्त्रिपरिषद् गठन गर्ने काम प्रधानमन्त्रीले गर्नुभयो। योजना आयोग प्रधानमन्त्रीले नै गर्नुभयो। पार्टीको निर्णयको माने मतलब भएन। नियुक्तिको कुरामा पनि पार्टीको निर्णय भएन। यस्तो ढंगले जाँदा हामी समाजवाद तर्फ जाँदैनौं। प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दा पार्टीले अपनत्व लिन सकेन। अब पार्टीले जे निर्णय गर्छ, त्यसबाट सरकार सञ्चालन गर्ने पद्धतिको विकास गर्नुपर्छ।

Xtrem

Xtrem

अहिले पार्टी र सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिराख्नु भएको छ। उहाँले पार्टीको पद्धति अनुसार सरकार नचलाएपछि तपाईंहरुको असन्तुष्टि देखिन्छ। भोलिका दिनमा पनि उहाँ पार्टीको निर्देशनमा चल्नु होला त?
पार्टीले आफ्नो बैठकहरु नियमित रुपमा आयोजना गर्नुपर्छ। अहिले कुन अवस्था छ? र, भविष्य कता जाँदैछ? त्यसमा पार्टीले मार्गदर्शन गर्नुपर्छ। समाजवादमा जाने हाम्रो लक्ष्य छ। पार्टीले यसका लागि पार्टीले मार्गर्दशन गर्ने हो। यदि पार्टीले दिएको निर्देशनमा सरकार चल्दैन भने पार्टी र सरकारका बीचमा अन्तरविरोध सिर्जना हुन जान्छ। यही आधारमा मात्र सरकार चल्ने हो। हामी यसका कारण अग्रगतितर्फ जान सक्दैनौं। समाजवादमा जाने हो पार्टीको निर्णय र निर्देशनको आधारमा चल्नैपर्छ।

पार्टीका शीर्ष नेतृत्व तपाईंले भनेअनुसार नचलेको आरोप छ। मूल नै धमिलो भएपछि पानी सफा हुने आशा कसरी गर्न सकिन्छ? 
पार्टीको कार्यदिशा र नीति तथा सिद्धान्तमा भिन्नता छैन। कार्यक्रममा पनि भिन्नता छैन। यसको परिपालना गर्ने कुरामा मात्र भिन्नता हो। ९९ प्रतिशत पालना गर्न तयार छन्, केहीले मात्र नगरेको कारण समस्या भएको हो। यही कारण नै स्थायी कमिटिको बैठक हामीले माग गरेका हौं। यो समस्या छलफलपछि ठीक हुन्छ र सुधार हुन्छ भन्ने हाम्रो आशा हो।

पार्टीभित्र प्रायः सबै शीर्ष नेताहरुको आ–आफ्नो गुट छ। त्यसलाई बार्गेनिङको आधार बनाएका छन्। तपाईंले  किन गुट कायम राख्नुभएन?  
गुट बनाउनु भनेको अपराध हो। पार्टीभित्र गुट बनाउनु भनेको पार्टीभित्र अर्को पार्टी बनाउनु हो। गुट बनाएपछि त्यसको अनुशासनमा चल्नुपर्ने हुन्छ। गुटका नायकले सदस्यलाई दास जस्तो बनाएर चल्छ। उनीहरुको सम्बन्ध दास र मालिक जस्तै हुन्छ। अहिले कतिपय गुट कसरी चलिरहेको तपाई देख्नुभएको छ। 

गुटका मालिकहरुले जे भन्छन्, गुटका सदस्यहरु त्यसैगरी चलिरहेका छन्। गुटका नायकले के भन्छन्, त्यही उनीहरु गर्छन्। केही निर्देशन लिन पर्‍यो  भने उनीहरु त्यहीँ जान्छन्। झलनाथ खनालको कुनै गुट छैन। मेरो गुट भनेको नेकपा हो। मैले सुरुमा नेकपा माले बनाएँ। नेकपा एमाले बनाएँ। अहिले नेकपा मात्र बनाएका छौं। मेरो गुट यही हो। हरेक नेताले यही ढंगले लाग्नुपर्छ। पार्टीहरुले आफ्नो सवै कुरा पार्टी हो भन्नुपर्छ। गुट बनाएपछि त्यहीँको सल्लाहमा हिँड्नुपर्छ। उनीहरुले जे सल्लाह दिन्छन्, त्यसैका आधारमा नेतृत्व अघि बढ्नुपर्ने हुन्छ।

तर, सबैले गुट बनाउन थाले र अस्तित्व नरहने अवस्थामा बनाउन मैले पनि जानेको छु। मैले बनाएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छन्। देशदेखि परदेशमा छन्। सबैभन्दा ठूलो गुट मेरो हुन्छ। अहिले पनि जेएन कमरेड तपाईं अघि बढ्नुपर्‍यो भनिरहेका छन्। म पार्टीलाई नीति र विधिको आधारमा अघि बढाउने पक्षमा छु। हामी ऐतिहासिक मोडमा छौं। ५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेका छौं। अब समाजवाद निर्माण गर्न कति वर्ष लाग्छ? अनिश्चित छ। समाजवादलाई साकार बनाउन धेरै वर्ष लाग्छ। अनेक खाले चुनौतीसँग हामी लड्नुपर्ने छ। म अहिले गुटविहीन मान्छे नै हो।

अहिले नेकपामा विभिन्न शक्ति देखिएको छ। एउटा बालुवाटार र त्यो बाहेक अर्को खुमलटार, कोटेश्वर वा भैंसेपाटी शक्ति छ। यी दुई शक्तिको मिलनबिन्दू कहाँ हो? 
अब म यो पार्टीमा समूहको अस्तित्व देख्दिनँ। विभिन्न कारणले यी मनोवृत्ति विकास भएका हुन्। कसैको बालुवाटार, कसैको भैसेपाटी, कसैको खुमलटार र कसैको कोटेश्वर होला। यो मनोवृत्तिका बीचमा लडन्तभिडन्त चलिरहेको छ। यी मनोवृत्तिले गुटहरु निर्माण गर्न सक्दछन्। मुख्य कुरा पार्टी एकतावद्ध छ। यो पार्टीलाई अझै वैचारिक, राजनीतिक, संगठनात्मक  र वित्तीय रुपमा एकीकृत बाँकी  छ। यो प्रक्रिया चलिरहेको छ। भर्खर यो पार्टी एकता भएको दुई वर्ष मात्र पूरा भएको छ। हामी तीन वर्षमा पुगेपछि हेरौं, झन् उन्नत रुपमा पार्टी एकीकृत हुनेछ।

अहिले सीमाको विषय धेरै तातेको छ। सुरुका हाम्रो क्षेत्र समेटेर भारतले नक्सा जारी गर्‍यो। अहिले उसले हाम्रो भागमा बाटो बनाएर उद्घाटन गरेको छ। कालापानी र लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएको छ। किन उसले यस्तो गरेको? 
हामीले बुझ्नुपर्ने कुरा के हो भने भारतले धेरै समयदेखि विभिन्न ठाउँमा समस्या गरिरहेको छ। सुस्तादेखि कालपानीसम्म हाम्रो समस्या छ। हाम्रो पार्टीले विगतमा पनि पहल गरेको छ। नेकपा एमाले हुँदा हामीले महाकाली र टनकपुर सन्धिको समयमा आलोचना गर्दै आएका छौं। महाकाली नदी नै हाम्रो हो भनेको छ। लिम्पियाधुरा हाम्रो हो। काली नदी निस्केको ठाउँ चीन, नेपाल र भारतको त्रिपक्ष बिन्दु हो। जुन समयदेखि उसले सेना राखेको छ, यो ठाडो अतिक्रमण हो। सानो देशलाई  गरेको हेपाइ हो। संयुक्त राष्ट्रसंघको बडापत्र विपरित हो। मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको विपरित हो। उसले यो भू-भागबाट हट्नुपर्छ।

हामीसँग प्रमाण छ भनेर प्रमाण अघि सार्दै आएका छौं तर हामी कहाँ चुक्यौ र त्यो भूमि फिर्ता लिन सकेनौं त? 
हामीले सुरुदेखि नै आवश्यक पहल कदमी लिन सकेनौं। सीमा चौकी नराख्ने कार्य हामीले गर्यौं। अहिले सरकारले विओपी राखेको तर यो ढिलो भएको हो। लिम्पियाधुराभन्दा पूर्वका गुन्जी, नापी जस्ता गाउँ छन्। मालपोत उनीहरुले नेपाललाई तिरेका थिए। भैरव रिसालले यस बारेमा लेखेका छन्, उनी पनि एक साक्षी हुन्। ब्रिटिशले सन्धि गर्दाका नक्शा हामीसँग छन्। ऐतिहासिक र सामाजिक तथा भएका तथ्य प्रमाणका आधारमा अडान लिनसक्नु पर्थ्यो। यो प्रजातन्त्र आएपछि उजागर भएको हो। पञ्चायतकालमा यो विषयमा गुपचुप राखियो। म संसदिय समितिको नेतृत्व गर्दै भारतीय क्याम्पसम्म पुगेको छु। लिपुलेक, टिंकर भन्ज्याङ लगायतका क्षेत्र नेपालकै हुन्। अहिले बल्ल राष्ट्रिय एकता कायम भएको  छ। यो राम्रो कुरा हो। भारतले अतिक्रमण गरेकै हो। तत्कालीन शासकले अडान नलिँदा हामी असफल भइरह्यौं।

अहिले तपाईं नेता रहेको पार्टीको बलियो सरकार छ। के भारतसँग ऐतिहासिक कदम चाल्न सक्ला? 
हामी पहल गरिरहेका  छौं। यसलाई समाधान गर्न प्रधानमन्त्रीस्तरमै कुराकानी गर्न परे पनि तयार हुनुपर्छ। सरकारले आवश्यक परेमा परराष्ट्रमन्त्री, सचिव वा जुनसुकै माध्यमबाट जानुपर्छ। यसका लागि जुनसुकै माध्यमवाट जुनसुकै उचाइमा जान परे पनि तयार रहनुपर्छ। बुद्धिजिवी र विशेषज्ञहरु लगाएर प्रमाण संकलन गरेर बस्नुपर्छ। हाम्रो यो भूभागहरु नेपालको हो भनेर सबै जनतालाई पनि शिक्षा दिनुपर्छ। हामी गोलबन्द भएर अगाडि बढ्यौं भने हामी सफल हुनेछौं।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १२:०८
  • #नेकपा_स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्