• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दा पार्टीले अपनत्व लिन सकेन : झलनाथ खनाल [अन्तर्वार्ता]
डिबी खड्का / वीरेन्द्र ओली शनिबार, जेठ ३, २०७७  १२:०८
1140x725

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको दुई वर्ष पूरा भएको छ। सांगठिनिक रुपमा पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर, पार्टीभित्र असन्तुष्टि बढ्दो क्रममा छन्। विवादका खाडल गहिरिँदै गएका छन्। शक्ति संघर्ष चुलिँदो छ। नेकपाभित्रका दुई शक्तिमध्ये एकातिर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको छन् भने अर्कातिर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल छन्। पार्टीको तेस्रो वरियतामा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल बेलाबखत स्वतन्त्र देखिन्छन्। प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट  उनी यतिबेला प्रचण्ड–माधव समूहसँग छन्। तर, उनलाई पार्टीभित्र मौलाएको मनोमानी र गुटउपगुटको रस्साकस्सी चित्त बुझेको छैन। खनालसँग नेपाल लाइभकर्मी डिबी खड्का र वीरेन्द्र ओलीले गरेको संवादः

नेकपा जुटेको दुई वर्ष भयो। तर, आम कार्यकर्ताहरुलाई चाहिँ त्यसको अनुभूति हुन पाएको छैन। किनभने शीर्ष नेतृत्वबीच मदभेद बढ्दो छ। भित्रैदेखि तपाईंहरु एक हुन किन नसक्नुभएको?
नेकपाको जुट भनेको ऐतिहासिक परिघटना हो। यो नेपालको कम्युनिष्ट आन्दोलनको आवश्यकता पनि हो। नेपाली जनताको आवश्यकता र नेपालका कम्युनिष्टरुका आवश्यकताले बनेको छ। यो एकता कसैको चाहना, भावना र लहडले बनेको होइन । यो कार्यदिशा, नीति, सिद्धान्त, विधिपद्धति र  लक्ष्य र कार्यक्रमका आधारमा बनेको एकता हो।

त्यो एकता एकाध नेताको मन तलमाथि हुने, विचार बहस फरक पर्ने विषयमा मात्रै आधारित छैन।  करिब ८ लाख कार्यकर्ताको भावना, चिन्तन र आवश्यकताको परिणाम हो। यो ऐतिहासिक एकता हो। एकताको दुई वर्ष पूरा भई तीन वर्ष लाग्न लागेको छ। सम्पूर्ण पार्टीका सदस्य, नेता र कार्यकर्तालाई एकता सुदृढ बनाउन, गतिशील र समृद्ध बनाउन आह्वान गर्छु।

पार्टी एकता सहकार्य, सहअस्तित्व र सहमतिमा आधारित हुन्छ। एउटा गुटले त्यो पालना गरेन भनिरहेको अवस्था छ । यस्तो अवस्थामा पार्टी एक भएको कसरी मान्ने ?
पार्टीको जीवनलाई मार्गदर्शन गर्ने पार्टीका कार्यदिशा छन्, नीति छन्, सिद्धान्त छन्, विधान छ, पद्धति छन्। पार्टी एकीकरण हुने सिलसिलामा ती विधि प्रक्रिया राम्रोसँग लागू नभएको हुन सक्छन्। अहिलेको अवस्था भनेको ती कुराहरुको दृढतापूर्वक पालना गर्नुपर्ने अवधि हो। एकथरिले मान्नैपर्छ भन्ने, अर्कोले अस्वीकार गर्ने हाम्रो पार्टीमा प्रवृत्ति देखिएको छ। अन्तिम कुरा के हो भने पार्टीका कार्यदिशा नीति र सिद्धान्त हरेकले पालना गर्नूपर्छ।

प्रधानमन्त्री केपी शर्मा ओली विधि पद्धतिभन्दा बाहिर गएको संकेत गर्नुभएको होला। उहाँ कहाँनेर विधि मिच्दै हुनुहुन्छ, कहाँनेर पद्धति मिच्नुभयो ? 
कमरेड केपी ओली अहिले पार्टीको अध्यक्ष पनि हो। उहाँले सरकारको नेतृत्व पनि गर्नुभएको छ। व्यक्तिगत रुपले ठूलो जिम्मेवारी छ, सामूहिक रुपमा ऐतिहासिक जिम्मेवारी छ । जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा पार्टीका नीति, विधि र पद्धतिहरु, निर्देशनहरु र मार्गदर्शनहरुलाई सर्वोपरी मानेर अघि बढ्नपर्छ। त्यसो गरेर अघि बढ्दा मात्रै हामी समाजवादको बाटोमा जान सक्छौं। आफैंलाई महाज्ञानी ठानेर पार्टीका नीति निर्णय अस्वीकार गर्ने, निर्णय अस्वीकार गर्ने र मार्गदर्शन अस्वीकार गर्ने हो भने एकलौटी ढंगले सञ्चालन गर्ने हो भने समाजवादको बाटोमा लाग्न सक्दैनौं। यसलाई उहाँले गम्भीर ढंगले लिनुपर्छ। पार्टीबाट कमिटीका निर्णय गर्ने, नियमित बैठक गर्ने यो पद्धतिलाई अनुशरण गर्नुपर्छ।

पार्टीको विधानमा एक व्यक्ति एक जिम्मेवारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो प्रावधान कार्यन्वयन गर्ने बेला आएको हो?
सामान्य त संसारभरि पनि, हाम्रो देशमा पनि हाम्रो ७१ वर्षको अनुभवलाई संकलन गरेर हेर्ने हो भने एक व्यक्ति एक प्रमुख जिम्मेवारी सर्वमान्य पद्धति हो। यो पद्धतिलाई कसरी लागू गर्न सकिन्छ, पार्टी र सरकारको अग्रगति यसमा निर्धारण हुन्छ।

नयाँ ढंगले हामीले जुन खालका अग्रगतिहरु हासिल गर्‍यौं, यी अग्रगतिलाई ठीक ढंगले अघि बढाउन निश्चित विधि र पद्धति अंगाल्नुपर्छ। त्यो अपनाउने कुरामा कमिमजोरी भएको छन्। यिनलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने मेरो भावना छ । 

स्थायी कमिटीको बैठक बस्दा यी कुरा उठछन् कि उठ्दैनन्?
केन्द्रीय सचिवालय पनि छ  स्थायी कमिटी अझै महत्वपूर्ण कमिटी रहेको छ। यसको बैठक नियमित बस्नुपर्छ। नियमित रुपमा नीति निर्णय ठीक ढंगले हामी गर्न सक्छौं भन्दै आएको छौं। यसमा केही कमी रहे। यो बीचको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सरसल्लाह नगरी केही कदम चाल्नुभयो। ती कदम चाल्नुका कारणले पार्टी बैठक अनिवार्य भयो। के कारणले यस्ता निर्णय भए भन्ने बुझ्नका लागि पार्टीको स्थायी कमटी बैठक अनिवार्य भयो। यसका लागि एक तिहाई सदस्यहरुले माग गरेका छन्। बैठक हुनु मात्रै राम्रो कुरा हो। त्यहाँ छलफल हुन्छ, विश्लेषण हुन्छ, संश्लेषण हुन्छ र एकताबद्ध भएर अघि बढ्ने धरातल तयार हुन्छ। 
त्यो मागलाई पूर्ति गर्न सकिएको  थिएन।

दुई तिहाइ नजिकको सरकार छ। सरकारको काम हेर्दा जनताको अपेक्षा पूरा हुने संकेत देखिएको छैन!

हामी नयाँ युगमा छौं। पार्टीले सरकारले सञ्चालन गर्ने कि पार्टीले सरकार चलाउने? कुरा उठेका छन्। के कुरा सर्वमान्य हो भने पार्टीले सरकार सञ्चालन गर्ने हो। पार्टीले नीति, भिजन, कार्यक्रम र मागर्दशन दिनुपर्छ। यो बीचमा कसरी चल्यो भने हामीले प्रधानमन्त्री बनायौं, मन्त्रिपरिषद् गठन गर्ने काम प्रधानमन्त्रीले गर्नुभयो। योजना आयोग प्रधानमन्त्रीले नै गर्नुभयो। पार्टीको निर्णयको माने मतलब भएन। नियुक्तिको कुरामा पनि पार्टीको निर्णय भएन। यस्तो ढंगले जाँदा हामी समाजवाद तर्फ जाँदैनौं। प्रधानमन्त्रीले एकलौटी निर्णय गर्दा पार्टीले अपनत्व लिन सकेन। अब पार्टीले जे निर्णय गर्छ, त्यसबाट सरकार सञ्चालन गर्ने पद्धतिको विकास गर्नुपर्छ।

अहिले पार्टी र सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिराख्नु भएको छ। उहाँले पार्टीको पद्धति अनुसार सरकार नचलाएपछि तपाईंहरुको असन्तुष्टि देखिन्छ। भोलिका दिनमा पनि उहाँ पार्टीको निर्देशनमा चल्नु होला त?
पार्टीले आफ्नो बैठकहरु नियमित रुपमा आयोजना गर्नुपर्छ। अहिले कुन अवस्था छ? र, भविष्य कता जाँदैछ? त्यसमा पार्टीले मार्गदर्शन गर्नुपर्छ। समाजवादमा जाने हाम्रो लक्ष्य छ। पार्टीले यसका लागि पार्टीले मार्गर्दशन गर्ने हो। यदि पार्टीले दिएको निर्देशनमा सरकार चल्दैन भने पार्टी र सरकारका बीचमा अन्तरविरोध सिर्जना हुन जान्छ। यही आधारमा मात्र सरकार चल्ने हो। हामी यसका कारण अग्रगतितर्फ जान सक्दैनौं। समाजवादमा जाने हो पार्टीको निर्णय र निर्देशनको आधारमा चल्नैपर्छ।

पार्टीका शीर्ष नेतृत्व तपाईंले भनेअनुसार नचलेको आरोप छ। मूल नै धमिलो भएपछि पानी सफा हुने आशा कसरी गर्न सकिन्छ? 
पार्टीको कार्यदिशा र नीति तथा सिद्धान्तमा भिन्नता छैन। कार्यक्रममा पनि भिन्नता छैन। यसको परिपालना गर्ने कुरामा मात्र भिन्नता हो। ९९ प्रतिशत पालना गर्न तयार छन्, केहीले मात्र नगरेको कारण समस्या भएको हो। यही कारण नै स्थायी कमिटिको बैठक हामीले माग गरेका हौं। यो समस्या छलफलपछि ठीक हुन्छ र सुधार हुन्छ भन्ने हाम्रो आशा हो।

पार्टीभित्र प्रायः सबै शीर्ष नेताहरुको आ–आफ्नो गुट छ। त्यसलाई बार्गेनिङको आधार बनाएका छन्। तपाईंले  किन गुट कायम राख्नुभएन?  
गुट बनाउनु भनेको अपराध हो। पार्टीभित्र गुट बनाउनु भनेको पार्टीभित्र अर्को पार्टी बनाउनु हो। गुट बनाएपछि त्यसको अनुशासनमा चल्नुपर्ने हुन्छ। गुटका नायकले सदस्यलाई दास जस्तो बनाएर चल्छ। उनीहरुको सम्बन्ध दास र मालिक जस्तै हुन्छ। अहिले कतिपय गुट कसरी चलिरहेको तपाई देख्नुभएको छ। 

गुटका मालिकहरुले जे भन्छन्, गुटका सदस्यहरु त्यसैगरी चलिरहेका छन्। गुटका नायकले के भन्छन्, त्यही उनीहरु गर्छन्। केही निर्देशन लिन पर्‍यो  भने उनीहरु त्यहीँ जान्छन्। झलनाथ खनालको कुनै गुट छैन। मेरो गुट भनेको नेकपा हो। मैले सुरुमा नेकपा माले बनाएँ। नेकपा एमाले बनाएँ। अहिले नेकपा मात्र बनाएका छौं। मेरो गुट यही हो। हरेक नेताले यही ढंगले लाग्नुपर्छ। पार्टीहरुले आफ्नो सवै कुरा पार्टी हो भन्नुपर्छ। गुट बनाएपछि त्यहीँको सल्लाहमा हिँड्नुपर्छ। उनीहरुले जे सल्लाह दिन्छन्, त्यसैका आधारमा नेतृत्व अघि बढ्नुपर्ने हुन्छ।

तर, सबैले गुट बनाउन थाले र अस्तित्व नरहने अवस्थामा बनाउन मैले पनि जानेको छु। मैले बनाएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छन्। देशदेखि परदेशमा छन्। सबैभन्दा ठूलो गुट मेरो हुन्छ। अहिले पनि जेएन कमरेड तपाईं अघि बढ्नुपर्‍यो भनिरहेका छन्। म पार्टीलाई नीति र विधिको आधारमा अघि बढाउने पक्षमा छु। हामी ऐतिहासिक मोडमा छौं। ५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेका छौं। अब समाजवाद निर्माण गर्न कति वर्ष लाग्छ? अनिश्चित छ। समाजवादलाई साकार बनाउन धेरै वर्ष लाग्छ। अनेक खाले चुनौतीसँग हामी लड्नुपर्ने छ। म अहिले गुटविहीन मान्छे नै हो।

अहिले नेकपामा विभिन्न शक्ति देखिएको छ। एउटा बालुवाटार र त्यो बाहेक अर्को खुमलटार, कोटेश्वर वा भैंसेपाटी शक्ति छ। यी दुई शक्तिको मिलनबिन्दू कहाँ हो? 
अब म यो पार्टीमा समूहको अस्तित्व देख्दिनँ। विभिन्न कारणले यी मनोवृत्ति विकास भएका हुन्। कसैको बालुवाटार, कसैको भैसेपाटी, कसैको खुमलटार र कसैको कोटेश्वर होला। यो मनोवृत्तिका बीचमा लडन्तभिडन्त चलिरहेको छ। यी मनोवृत्तिले गुटहरु निर्माण गर्न सक्दछन्। मुख्य कुरा पार्टी एकतावद्ध छ। यो पार्टीलाई अझै वैचारिक, राजनीतिक, संगठनात्मक  र वित्तीय रुपमा एकीकृत बाँकी  छ। यो प्रक्रिया चलिरहेको छ। भर्खर यो पार्टी एकता भएको दुई वर्ष मात्र पूरा भएको छ। हामी तीन वर्षमा पुगेपछि हेरौं, झन् उन्नत रुपमा पार्टी एकीकृत हुनेछ।

अहिले सीमाको विषय धेरै तातेको छ। सुरुका हाम्रो क्षेत्र समेटेर भारतले नक्सा जारी गर्‍यो। अहिले उसले हाम्रो भागमा बाटो बनाएर उद्घाटन गरेको छ। कालापानी र लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएको छ। किन उसले यस्तो गरेको? 
हामीले बुझ्नुपर्ने कुरा के हो भने भारतले धेरै समयदेखि विभिन्न ठाउँमा समस्या गरिरहेको छ। सुस्तादेखि कालपानीसम्म हाम्रो समस्या छ। हाम्रो पार्टीले विगतमा पनि पहल गरेको छ। नेकपा एमाले हुँदा हामीले महाकाली र टनकपुर सन्धिको समयमा आलोचना गर्दै आएका छौं। महाकाली नदी नै हाम्रो हो भनेको छ। लिम्पियाधुरा हाम्रो हो। काली नदी निस्केको ठाउँ चीन, नेपाल र भारतको त्रिपक्ष बिन्दु हो। जुन समयदेखि उसले सेना राखेको छ, यो ठाडो अतिक्रमण हो। सानो देशलाई  गरेको हेपाइ हो। संयुक्त राष्ट्रसंघको बडापत्र विपरित हो। मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको विपरित हो। उसले यो भू-भागबाट हट्नुपर्छ।

हामीसँग प्रमाण छ भनेर प्रमाण अघि सार्दै आएका छौं तर हामी कहाँ चुक्यौ र त्यो भूमि फिर्ता लिन सकेनौं त? 
हामीले सुरुदेखि नै आवश्यक पहल कदमी लिन सकेनौं। सीमा चौकी नराख्ने कार्य हामीले गर्यौं। अहिले सरकारले विओपी राखेको तर यो ढिलो भएको हो। लिम्पियाधुराभन्दा पूर्वका गुन्जी, नापी जस्ता गाउँ छन्। मालपोत उनीहरुले नेपाललाई तिरेका थिए। भैरव रिसालले यस बारेमा लेखेका छन्, उनी पनि एक साक्षी हुन्। ब्रिटिशले सन्धि गर्दाका नक्शा हामीसँग छन्। ऐतिहासिक र सामाजिक तथा भएका तथ्य प्रमाणका आधारमा अडान लिनसक्नु पर्थ्यो। यो प्रजातन्त्र आएपछि उजागर भएको हो। पञ्चायतकालमा यो विषयमा गुपचुप राखियो। म संसदिय समितिको नेतृत्व गर्दै भारतीय क्याम्पसम्म पुगेको छु। लिपुलेक, टिंकर भन्ज्याङ लगायतका क्षेत्र नेपालकै हुन्। अहिले बल्ल राष्ट्रिय एकता कायम भएको  छ। यो राम्रो कुरा हो। भारतले अतिक्रमण गरेकै हो। तत्कालीन शासकले अडान नलिँदा हामी असफल भइरह्यौं।

अहिले तपाईं नेता रहेको पार्टीको बलियो सरकार छ। के भारतसँग ऐतिहासिक कदम चाल्न सक्ला? 
हामी पहल गरिरहेका  छौं। यसलाई समाधान गर्न प्रधानमन्त्रीस्तरमै कुराकानी गर्न परे पनि तयार हुनुपर्छ। सरकारले आवश्यक परेमा परराष्ट्रमन्त्री, सचिव वा जुनसुकै माध्यमबाट जानुपर्छ। यसका लागि जुनसुकै माध्यमवाट जुनसुकै उचाइमा जान परे पनि तयार रहनुपर्छ। बुद्धिजिवी र विशेषज्ञहरु लगाएर प्रमाण संकलन गरेर बस्नुपर्छ। हाम्रो यो भूभागहरु नेपालको हो भनेर सबै जनतालाई पनि शिक्षा दिनुपर्छ। हामी गोलबन्द भएर अगाडि बढ्यौं भने हामी सफल हुनेछौं।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १२:०८
  • #नेकपा_स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक बुधबार, असार १८, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
त्रिविको ताला खुलाउन गृह मन्त्रालय र प्रहरीलाई सर्वोच्चको आदेश बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्