• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

फास्ट ट्र्याकको परामर्शदाता छनौटमै रुमल्लियो सेना, सम्झौतापछि सार्वजनिक खरिदमा उजुरी

64x64
शिव बोहरा बिहीबार, जेठ १, २०७७  १७:०४
1140x725

काठमाडौं- काठमाडौंदेखि तराई जोड्ने फास्ट ट्र्याक (द्रुर्त मार्ग) निर्माणको जिम्मा लिएको नेपाली सेना परामर्शदाता छनोट प्रक्रियामै दुई महिनादेखि रुमल्लिएको छ। नेपाली सेनाले कोरोना जोखिम न्यूनीकरणका लागि देश नै लकडाउन भएको बेला हतारमा मार्च ३१ मा कोरियाली कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसन जेभीसँग फास्ट ट्र्याकको परामर्शदाताका लागि दुईपक्षीय सम्झौता गर्न पत्र काटेको थियो। सेनाले उक्त पत्र काटेलगत्तै परामर्शदाता छनौट प्रक्रिया विवादमा आएको थियो।

छनौट प्रक्रिया विवादमा परेसँगै सेनाले पुनः अप्रिल ३ मार्च ३१ को पत्र संशोधन गर्दै ‘इस्यु अफ अफ नोटिफेकेसन’ भनेर दोस्रो पत्र पठाएको  थियो। दोस्रो पत्र काटेको ३ दिनपछि पुनः अप्रिल ६ मा १५ दिनको समय दिँदै दुईपक्षीय सम्झौमा आउन सेनाले योसिनलाई पत्र काटेको थियो। 

सेनाले योसिनसँगै नै २३ अप्रिलमा सबै प्रक्रिया पूरा भएको भन्दै दुईपक्षीय सम्झौता गरेको थियो। तर, दुईपक्षीय सम्झौतापछि टेन्डर प्रक्रियामा सहभागी स्मेक इन्टरनेसनल अस्ट्रेलिया-को जेभीले छनौट प्रक्रियामा गडबढ भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यलयमा उजुरी गरेको थियो। 

उजुरीपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले गत शुक्रबार अर्थात् वैशाख २६ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो। छलफलपछि पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले वैशाख २९ गतेभित्र दुवै पक्षसँग लिखित जवाफ मागेको थियो। तर, विवाद भइरहेको अवस्थामा फेरि सेनाले योसिनकै नेपाल प्रतिनिधि कम्पनी सितारा होमल्यान्ड सुकासु जेभीसँग जिओटेक्निकल अध्ययनको लागि भन्दै कम्पनी छनौट गरेको छ। योसँगै सेनाले द्रुर्तमार्गको डिजाइन, सुवरीवेक्षण र जिओटेक्निकल अध्ययनको लागि एउटै कम्पनी बनाएको छ। तर, यो बीचमा परामर्शदाता छनौट प्रक्रियामा विवाद आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सेनालाई २ पटकसम्म छलफलका लागि पत्र काटेको थियो।

यो पनि पढ्नुहोस्

'फास्ट ट्र्याक'को परामर्शदाता छनोट विवादमा, छानिएको कम्पनी भारतको कालोसूचीमाशुक्रबार, चैत २१, २०७६

पछिल्लो पटक खरिद कार्यालयले परामर्शदाता छनौट प्रक्रियामा मूल्यांकन कमिटीले तयारी पारेको आधार र आरएफपी (प्रस्ताव) आह्वान गर्दा उल्लेखित निमयबाहिर गएर कम्पनी छनौट नगर्न सुझाएको थियो। खरिद अनुगमन कार्यलयकै पत्र र सेनाले कम्पनी छनौटमा गरेको कमजोरीलाई औल्याउँदै स्मेक इन्टरनेसनल अस्ट्रेलिया-को जेभीले उजुरी गरेको हो।

सेनाले तेस्रोपटक परामर्शदाता छनौटका लागि नोभेम्बर २७ मा ६ वटा कम्पनीको विस्तृत विवरण लिएको थियो। जसमा योसिन इञ्जिनियरिङ कर्पोरेसनको जेभी, चाइना रेल्वे इन्जिनियरिङको जेभी, स्मेक इन्टरनेसनल अस्ट्रेलिया-को जेभी, मेनहर्ट पिटिई सिंगापुर-को जेभी, इप्टिसा सर्भिस स्पेन-को जेभी र दासान कन्सल्यान्ट कोरिया-को जेभी छानिएका थिए। 

तीमध्ये पाँच कम्पनीले परामर्शका लागि प्राविधिक र आर्थिक प्रस्ताव बुझाएका थिए। प्राविधिक प्रस्तावको मूल्यांकनबाट दुई कम्पनी मात्र योग्य ठहर भए। यो कामको कूल लागत भने पौने २ अर्बको रहेको थियो। विस्तृत विवरण पेस गर्न सेनाले डिसेम्बर ३ मा जनवरी २७ सम्मको समय दिँदै कम्पनीहरूसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको थियो।

यो पनि पढ्नुहोस्

लकडाउनमा सेनाको खेल : फास्ट ट्र्याक परामर्शदाता छनोटको बदमासी लुकाउन सच्यायो पत्रशुक्रबार, चैत २१, २०७६

सेनाले मागेअनुसार दुई वटा कम्पनी योसिन र माइनहार्टले प्राविधिक तथा आर्थिक प्रस्ताव बुझाएका थिए। जसमा प्राविधिकतर्फ योसिनको ९१ दशमलव शून्य ९ अंक रहेको थियो भने अर्को प्रतिस्पर्धी माइनहार्टको ८८ दशमलव २५ थियो। टेन्डरमा प्राविधिक पक्षलाई ९० भार दिइएको थियो भने आर्थिक पक्षलाई १० प्रतिशत राखिएको थियो। सोही ९० लाई सय मान्दा योसिनको प्राविधिक पक्ष बलियो थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, आर्थिक पाटोमा भने योसिनभन्दा माइनहार्टको रकम कम थियो। माइनहार्टले २ करोड ४ लाख २९ हजार २ सय ६८ मा  कबुल गरेको थियो भने योसिनले २ करोड ११ लाख ६२ हजार ४९ डलर कबुल गरेको थियो। यी दुईबीचको भिन्नता ७ लाख ३२ हजार ७ सय ८० डलर अर्थात् नेपाली रकममा ८ करोड ३४ लाख ३४ हजार ३ सय ९१ रुपैयाँ (तत्कालीन विनिमय दरअनुसार प्रतिडलर ११३ रुपैयाँ ८६ पैसाका दरले) थियो। 

यसैगरी, अन्तर्राष्ट्रिय इन्जिनियर शुल्कमा पनि माइनहार्टको भन्दा योसिनको नै बढी थियो। माइनहार्टले अन्तर्राष्ट्रिय इन्जिनियर शुल्कमा ८२ लाख ४९ हजार १ सय ९८ डलर राखेको थियो भने योसिनले १ करोड १५ लाख २ हजार ९ सय ४० डलर कबुल गरेको थियो। यो दुई बीचको अन्तर ३२ लाख ५३ हजार ७ सय ४२ डलर थियो।

तर, कोरोनाको जोखिम न्यूनीकरणका लागि लकडाउन सुरु गरेकै दिन योसिनलाइ दुईपक्षीय सम्झौतामा आउन भन्दै मार्च ३१ मा एक साताको समय दिएको हो। 

समग्रमा योसिनले ९१ दशमलव ६३ (आर्थिक र प्राविधिक दुवै गरी) अंक पाएको र अर्को प्रतिस्पर्धी माइनहार्टले ८९ दशमलव ४३ अंकमात्रै पाएको भन्दै सेनाले हतारमा लकडाउनको बेला पारेर सम्झौता गर्ने तयारी गरेको स्रोत नै बताउँछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘भाषागत त्रुटिका कारण आर्मीले नै स्पेनको इप्टिसा कम्पनीको आर्थिक प्रस्ताव अयोग्य ठहर गरेको थियो भने कर चुक्ताको प्रमाणपत्र पेस नगरेको भन्दै दासानको प्रस्तावलाई अयोग्य ठहरको  गरेको थियो,’ स्रोतले भन्यो, ‘तर, योसिनको आर्थिक प्रस्तावको कभर पेजभन्दा अन्य पेजमा कम्पनीको छाप र हस्ताक्षर नहुँदा पनि उसलाई नै ठेक्का दिने गरी काम गरेको छ।’ तर, प्रस्ताव आह्वान गर्दा करचुक्ताको प्रमाणपत्र पेस गर्नु पर्ने उल्लेख थिएन। अहिले सोही आधारलाइै टेकेर  स्मेक इन्टरनेसनल अस्ट्रेलियाको जेभी खरिद कार्यलय पुगेको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३७ अनुसार परामर्श सेवा खरिदमा आर्थिक प्रस्तावमा छनोट भएको कम्पनीसँग सेवाको कार्यक्षेत्र प्रगति प्रतिवेदन, सार्वजनिक निकायले उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ। तर, सेनाले उक्त प्रक्रिया नै पूरा नगरेको स्रोतको दाबी छ। सेनाले भने राष्ट्रिय गौरवका आयोजनाका हकमा सामान्य कमजोरी भएकाले ठूलो विषय नभएको बताउँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १७:०४
  • ##fasttrack

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्