एजेन्सी- अनिवार्य क्वारेन्टाइनमा बस्ने नियम उल्लंघन गर्दा अमेरकी पाइलटलाई सिंगापुरमा जेल सजाय भएको छ। होटलमै बस्न दिएको निर्देशन नमानेर पसलहरुमा सामान किन्न जाँदा फेडेक्सका पाइलटलाई एक महिनाको जेल सजाय भएको हो।
अस्ट्रेलियाबाट सिंगापुर आएका ४४ वर्षका उनलाई विमानस्थलकै होटलमा क्वारेन्टाइनमा बस्न सिंगापुरको प्रशासनले निर्देशन दिएको थियो। बिबिसीका अनुसार उनले सो निर्देशन उल्लंघन गर्दै ट्रेन चढेर केही पसलहरुमा समेत पुगेको पुष्टि भएपछि जेल सजाय नै तोकिएको थियो।
सिंगापुरमा बुधबारमात्र ६ सय ७५ नयाँ कोरोना संक्रमणको केस पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या २५ हजारमाथि पुगिसकेको छ। संक्रमणका कारण २१ जनाले ज्यान गुमाएका छन्। अधिकांश संक्रमित विदेशी कामदार हुन्। सिंगापुरमा तीन लाख बढी विदेशी कामदार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।