• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोना प्रभाव : बैंकहरूको नाफाको वृद्धिदर ०.४८ प्रतिशतमा खुम्चियो

२७ वाणिज्य बैंकको नाफा ४५ अर्ब ६९ करोड रूपैयाँ, नाफामा नबिल, व्यवसायमा राष्ट्रिय वाणिज्य बैंक अगाडि
64x64
अरुण सापकोटा बुधबार, वैशाख ३१, २०७७  ११:५९
1140x725

काठमाडौं- २७ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४५ अर्ब ६९ करोड रूपैयाँ नाफा आर्जन गरेका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा बैंकहरूको नाफाको वृद्धिदरमा ब्रेक लाग्ने देखिएको छ। 

गत असारमा बैंकहरूको नाफाको वृद्धिदर २४ प्रतिशत थियो। पुसमा आउँदा वृद्धिदर ६ प्रतिशतमा खुम्चियो। तेस्रो त्रैमासिक अवधिमा भने ०.४८ प्रतिशतमात्रै छ। नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि योजना ल्याएपछि व्यवसाय विस्तारमा आक्रामक हुँदा बैंकहरूले उल्लेख्य मात्रामा नाफा सुधार गर्न सफल भएका थिए। 

बैंकहरूले चालु आर्थिक वर्ष तेस्रो त्रैमासिक अवधिमा साँवा ब्याज तथा किस्ता उठाउन पाएनन्। केहीमात्रै कर्जाको ब्याज उठे ‍पनि अधिकांश उठ्न सकेन। यस आर्थिक वर्षको ८ महिना १० दिनको बैंकिङ कारोबारबाट उक्त नाफा आर्जन गरेका हुन्। यस अवधिमा बैंकहरूको व्यवसाय बढ्दो क्रममा थियो। यसले गर्दा तुलनात्मक रूपमा नाफा तथा अन्य विवरणहरू थोरैले बढेको देखिएको हो। 

गत वर्ष व्यवसायीहरूले बैंकिङ तरलताले आफूहरूले चर्को ब्याजदर तिर्नुपरेको तर बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा वृद्धि भएको भन्दै आन्दोलन गरेका थिए। व्यवसायीहरूले आन्दोलन गरेपछि नेपाल राष्ट्र बैंकले आधार ब्याजदरको गणना विधि तथा स्प्रेडदर घटाउन निर्देशन दिएको थियो। स्प्रेडदर घटेसँगै बैंकहरूको नाफाको वृद्धिदर लगातार घटिरहेको छ।

२७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले तीन अर्ब १५ करोड ८६ लाख रूपैयाँ आर्जन गरेको छ। दोस्रोमा रहेको ग्लोबल आइएमई ४७ लाख रूपैयाँले मात्रै पछाडि छ। ग्लोबलको नाफा तीन अर्ब १५ करोड ३९ लाख रूपैयाँ छ। 

गत वर्षको यही अवधिमा राष्ट्रिय वाणिज्य बैंक पहिलो नम्बरमा थियो। यसवर्ष भने नबिलले उछिनेको छ। नाफामा १३.२३ प्रतिशतले गिरावट आएसँगै राष्ट्रिय वाणिज्य तेस्रो स्थानमा झरेको हो। वाणिज्यको यस वर्ष ३ अर्ब ३ करोड रूपैयाँ नाफा रहेको छ। गत वर्ष पहिलो स्थानमा हुँदा बैंकको नाफा तीन अर्ब ४९ करोड रूपैयाँ थियो। जनता बैंकलाई मर्ज गरेसँगै ग्लोबल आइएमई नाफामा दोस्रो भएको हो। 

गत वर्ष ५ औँ स्थानमा रहेको एनआइसी एसिया बैंक यस वर्ष चौथो स्थानमा उक्लिएको छ। बैंकको नाफा दुई अर्ब ५० करोड रूपैयाँ छ। गत वर्ष चौथो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक यस वर्ष पाँचौ स्थानमा ओर्लिएको छ। बैंकको नाफा दुई अर्ब ४९ अर्ब रूपैयाँ छ। मेलम्चीको ठेकेदारको बैंक ग्यारेन्टी जोखिममा परेसँगै इन्भेष्टमेन्ट बैंकको नाफा वृद्धिमा ब्रेक लागेको छ। उसका अन्य ऋणमा पनि समस्या देखिएका छन्। यी कर्जा नबिग्रिँदा नेपाल इन्भेष्टमेन्ट बैंक नबिलसँग प्रतिस्पर्धा गर्न सक्ने भैसकेको थियो। 

यस वर्ष १२ वटा बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ। सबैभन्दा धेरै नाफा गरेको नबिल बैंकको समेत १.०१ प्रतिशतले नाफा घटेको छ। सबैभन्दा धेरै नाफा बैंक अफ काठमाण्डूको २७.४९ प्रतिशतले घटेको छ। गत वर्ष एक अर्ब २० करोड रूपैयाँ नाफा गरेको बैंक अफ काठमाण्डूको यस वर्ष घटेर ८७ करोड ३४ लाख रूपैयाँमा झरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

वाणिज्य बैंकमध्ये १५ वटाको मात्रै नाफा बढेको छ। यसवर्ष सबैभन्दा धेरै नाफा सुधार गर्नेमा सेञ्चुरी कमर्सियल बैंक छ। बैंकको नाफा ४९.९६ प्रतिशतले बढेको छ। तीन अर्बभन्दा माथि नाफा गर्नेमा नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंक छन् भने दुई अर्बभन्दा माथि नाफा गर्नेमा एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, हिमालयन, कृषि विकास र प्राइम कमर्सियल बैंक छन्। त्यस्तै एक अर्बभन्दा माथि नाफा गर्नेमा १४ वटा बैंक छन्। एक अर्ब पनि नाफा गर्न नसक्नेमा सनराइज बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू र सिभिल बैंक छन्। 

हरेक वर्षजस्तै यस वर्ष पनि सिभिल सबैभन्दा कम नाफा गर्ने बैंक बनेको छ। यस वर्ष नाफामा थप २७ प्रतिशतले गिरावट आएको छ। बैंकको नाफा ३६ करोड ५ लाख रूपैयाँ मात्रै छ। 

खुद ब्याज आम्दानीको हिसाबले राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ। बैंकले खुद ब्याज आम्दानी ६ अर्ब ९३ करोड रूपैयाँ आर्जन गरेको तथ्यांक छ। खुद ब्याज आम्दानी सबैभन्दा धेरै भए पनि कर्मचारी खर्च, खराब कर्जाका कारण बैंकको नाफा अन्य निजीस्तरका बैंकको भन्दा कम छ। 

Xtrem

Xtrem

दोस्रोमा ग्लोबलको ६ अर्ब रूपैयाँ छ। जनता बैंकलाई मर्ज गरेसँगै बैंकको खुद ब्याज आम्दानी दोस्रो नम्बरमा देखिएको हो। मर्जपछि बैंकको शाखा सञ्जाल र कर्मचारीको भार थप बढेको हुँदा खर्च अधिक छ। यसले गर्दा नाफा धेरै हुन आउँदैन। 

खुद ब्याज आम्दानीका हिसाबले चौथो स्थानमा रहेको नबिल बैंकको नाफा भने सबैभन्दा धेरै छ। शाखा सञ्जाल अन्य बैंकको तुलनामा कम छ। त्यस्तै कर्मचारी तथा सञ्चालन खर्च अन्य बैंकको भन्दा कम भएको हुँदा नबिलको नाफा धेरै छ। नबिलको संस्थागत निक्षेप तथा कर्जा लगानी धेरै छ। साथै थोरै व्यक्तिसँग धेरै कारोबार भएको हुँदा खर्च कम हुन्छ। 

औसतमा खुद ब्याज आम्दानी ७.९९ प्रतिशत बढेको छ। २७ वाणिज्य बैंकले ९८ अर्ब चार करोड रूपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका छन्। गत वर्षको यही अवधिमा ९३ अर्ब ४८ करोड रूपैयाँ थियो। 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्