• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

बजेट काम गुमाएका र नयाँ श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्छ

गोकर्ण विष्ट सोमबार, वैशाख २९, २०७७  १६:२०
1140x725

विश्वव्यापी रुपमा कोरोनाले जुन प्रकारले मानव जातिलाई प्रभाव पारिरहेको छ, नेपाल पनि कोरोनाबाट आक्रान्त बनिरहेको छ। यस्तो अवस्थामा हामी विनियोजन विधयेक उपर छलफल गरिरहेका छौँ। यद्यपि बजेटका सिद्धान्त र प्राथमिकतामा परम्परागत बजेटका केही सप्तरंगी विशेषताहरुको झलक पनि यहाँ आइरहेको छ। तर हामी जुन प्रकारको संकटमा छौँ, यो संकटलाई सामना गर्ने तहमा यसका असरलाई न्यूनीकरण गर्ने तहमा बजेटका सिद्धान्त र प्राथमिकताहरु केन्द्रित हुन जरुरी छ।

खासगरी कोरोनाको प्रभावले विश्वव्यापी रुपमा बेरोजगारी बढ्ने गरिबीको संख्यामा वृद्धि हुने, वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु स्वदेश फर्कने, आपूर्तिमा न्यूनता आउने, महंगी वृद्धि हुने, रेमिट्यान्स घट्ने, वैदेशिक मुद्राको सञ्चितिमा कमी हुने, राजश्व न्यूनताका कारणले विकास आयोजनाहरु अवरुद्ध हुने, पुँजीगत खर्चमा न्यूनता आउने, जनतामा मनोवैज्ञानिक तथा मानसिक असर पर्ने, आर्थिक वृद्धिमा न्यूनता आउने, सामाजिक विभेद र अराजकता बढ्ने, वर्गीय असमानताको दूरी थप बढ्ने जस्ता जोखिमहरु प्रत्यक्ष रुपमा देखापर्ने अवस्था देखिएको छ। यहि प्रत्यक्ष प्रभाव न्यूनीकरण गर्नका लागि सरकारले बजेटलाई केन्द्रित गर्नु जरुरी छ।

खासगरी यतिबेला कोरोनाको प्रभावले जुन ढंगले मानव जातिलाई संकट पैदा भइरहेको छ। जनजीवन आक्रान्त बनिरहेको छ। कोरोनाको प्रकोपलाई नियन्त्रण, व्यवस्थापन र उपचारको उचित व्यवस्थापनको लागि बजेटले पहिलो प्राथमिकता तोक्नु जरुरी छ। यसको साथसाथमा उत्पादन तथा उत्पादकत्वमा आउने ह्रासले आउँदो वर्ष खाद्य सुरक्षामा ठूलो संकट पैदा हुनेछ। खाद्य सुरक्षाको प्रत्याभूत गर्ने गरी बजेटको दोस्रो प्राथमिकता खाद्य सुरक्षामा केन्द्रित हुन जरुरत छ। तेस्रो कुरा विश्वव्यापी रुपमा कोरोनाको प्रभावले रोजगारीमा ठूलो कटौती हुँदैछ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को अनुमानअनुसार २ दशमलब ७ बिलियन जनसंख्या कुनै न कुनै हिसाबले रोजगारीमा प्रभावित हुन्छ। त्यसमध्ये ९१ प्रतिशतभन्दा अझ ठूलो संख्या अनौपचारिक क्षेत्रमा रहेको रोजगारी प्रभावित हुन्छ।

नेपालको सन्दर्भमा ८६ दशमलव ४ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन्। त्यस्तो अवस्थामा चाहे विश्वव्यापी रुपमा होस्, चाहे नेपालभित्र होस्, रोजगारीमा कोरोनाको ठूलो नकारात्मक प्रभाव पर्नेवाला छ। यसकारण बजेटको दोस्रो ज्यादै महत्वपूर्ण प्राथमिकता भइरहेको रोजगारीलाई कसरी कायम राख्ने, खोसिएको रोजगारीलाई कसरी पुनर्व्यवस्थित गर्ने र नयाँ आउने श्रम शक्तिलाई कसरी रोजगारीका आधारहरु सिर्जना गर्ने? यो ढंगले सरकारले बजेटमा ध्यान दिनुपर्ने आवश्यकता छ। नियमित रोजगारी, आंशिक रोजगारीमा बद्ली हुने, आंशिक रोजगारी खोसिने, श्रमिकहरुको क्रय क्षमता कम हुने र वस्तुको मूल्य वृद्धि हुने, वृद्धि भएको वस्तुको मूल्य र श्रमिकको क्रय क्षमताको बीचमा रहेको दुरीले श्रमिकको जीवन, आम जनताको जीवन अत्यन्त आक्रान्त बन्ने भयावहपूर्ण अवस्था आउँदैछ।

Ncell 2
Ncell 2
nimb
nimb

यसलाई सामधान खोज्ने गरी बजेट आउन जरुरी छ। यो बाहेक केही नियमित आयोजनाहरु, चालु आयोजनाहरुलाई सम्पन्न गर्ने सन्दर्भमा समेत बजेटले ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ। सबैभन्दा बेसी रोजगारी सिर्जनाका लागि सरकारले के कुरामा जोड दिन जरुरी छ भने खास गरी नयाँ उद्योग र व्यवसायहरु जसले धेरै रोजगारी सिर्जना गर्ने सम्भावना रहन्छ। त्यस्ता उद्योग तथा व्यवसायहरुलाई ट्याक्स होली डे मार्फत प्रोत्साहित गर्नका लागि सरकारले ध्यान दिनु आवश्यक छ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ जनशक्ति रोजगारीका अवसर गुमाएर देशमा फर्कनुपर्ने एउटा कहाली लाग्दो अवस्था छ। यस्तो अवस्थामा ती लाखौँ नेपाली युवाहरुलाई नेपाल फर्काउने, व्यवस्थापन गर्ने, पुनर्स्थापित गर्ने र रोजगारीका आधार सिर्जना गर्ने गरी बजेटले प्राथमिकता तोक्नुपर्ने आवश्यकता छ।

यसैगरी, कोरोना प्रकोपले जुन ढंगले आर्थिक क्षेत्रमा प्रभाव पारिरहेको छ। आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्ने गरी, अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेटले प्राथमिकता तोक्नुपर्ने आवश्यकता छ। र यो हाम्रो लागि केबल संकट मात्र छैन, नेपालको सन्दर्भमा तुलनात्मक हिसाबले राष्ट्रिय अर्थतन्त्र निमार्ण गर्ने हिसाबले यो एउटा अवसर पनि हुन सक्छ। यसलाई अवसरमा बदल्नका लागि सरकारले प्रतिस्थापन्न क्षेत्रमा प्राथमिकता दिन जरुरी छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उत्पादन, उत्पादकत्वलगायतका क्षेत्रहरुमा ध्यान दिन जरुरी छ। खास गरी नेपालको सन्दर्भमा कृषिजन्य उत्पादनमा आधारित उद्योग व्यवसायहरुमा सरकारले गम्भीरताका साथ ध्यान दिन जरुरी छ। आन्तरिक उत्पादनलाई संरक्षण र सहुलियत प्रदान गर्ने र कृषिजन्य उत्पादनको आयातमा कर वृद्धि गरी आन्तरिक उत्पादनलाई संरक्षण दिने सन्दर्भमा सरकारले गम्भीरताका साथ ध्यान दिन जरुरी छ। जग्गाको अधिकतम उपयोगमार्फत लाखौँ युवाहरुलाई रोजगारी सिर्जना गर्ने गरी सरकारले प्राथमिकता तय गर्नु जरुरी छ। यसैगरी आन्तरिक उत्पादनले के कारणले बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन।

आज देशभित्रका उद्योग, व्यवसायहरुले के कारणले आफूलाई सहज बनाउन सकिरहेका छैनन्? यसको कारण पहिचान गर्ने र आन्तरिक उद्योगहरुलाई देशभित्रका उद्योगहरुलाई प्रोत्साहित गर्नका लागि यसलाई टिकाउनका लागि सरकारले त्यो प्रकारको उपचार खोज्नुपर्ने वा संरक्षण प्रदान गर्नुपर्ने सन्दर्भमा ध्यान दिनु आवश्यक छ। एकातिर कोरोनाको संकट छ। तर, अर्कोतिर बजेटले धेरै विषयहरुमाथि ध्यान विकेन्द्रित गरिरहेको छ। बजेटले परम्परागत हिसाबले धेरै विषयहरुमा बोल्नुपर्ने आवश्यकता पनि रहला, म फेरि पनि जोड दिएर भन्न चाहान्छु कोरोनाबाट उत्पन्न संकटले पारेको प्रतिकुल प्रभाव र त्यो प्रभावलाई न्यूनीकरण गर्नका लागि सरकारले जुन किसिमको बजेट ल्याउनुपर्ने आवश्यक छ।

सरकारले समग्रतामा आम जनताको जीवनलाई बचाउनका लागि, श्रमिकको रोजगारी बचाउनका लागि श्रमिकको उत्पादकत्व वृद्धि गर्नका लागि जुन प्रकारले बजेट केन्द्रित गर्नुपर्ने आवश्यकता छ, त्यसतर्फ सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा अलि किटानका साथ ध्यान पुर्‍याओस्। 
(नेकपा नेता एवं पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रतिनिधिसभा बैठकमा दिएको  मन्तव्यमा आधारित )

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्