काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा अश्लील भिडियो राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का २३ वर्षीय सन्तराम चौधरी छन्।
चौधरीले कैलालीको गौरीगंगा नगरपालिकाकी एक युवतीकाे म्यासेन्जरबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो र फोटा पठाइ आत्महत्या गर्न बाध्य बनाएको प्रहरीले जनाएको छ ।
प्रेम सम्बन्धमा दरार आएपछि चौधरीले ती युवतीको फेसबुकमार्फत् नै अश्लील भिडियो र फोटाहरु पठाएको पाइएको प्रहरीले जनाएको छ। अश्लील भिडियो र फोटा आफन्तलाई पठाइएपछि मानसिक तनावमा रहेकी युवतीले कैलाली धनगढी उपमहानगरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेकी थिइन्।
चौधरीलाई उक्त अश्लील भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।