• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अमेरिकामा कार्यरत नर्सकाे काेराेना उपचार अनूभुति : बिरामीका आँसु बोल्थे, हामी पनि आँसुमै जवाफ दिन्थ्यौँ

अमृता रिमाल बिहीबार, वैशाख २५, २०७७  २१:२१
1140x725

म अमेरिकाको ओहायो स्टेटस्थित एक अस्पतालको ट्रमा युनिटमा नर्सको रुपमा कार्यरत छु। कोरोनाले न्युयोर्क सिटी थिलथिलो बनाएर तीव्र रुपमा मानिसको ज्यान लिइसक्दा पनि हाम्रो स्टेट भने कोरोना संक्रमणबाट टाढै रहेको भान हुन्थ्यो।

तर, त्यो अवस्था धेरै टिक्न भने पाएन। हाम्रो समुदायमा पनि फाटफुट कोरोनाका संक्रमितहरु देखिन थाले। मैले काम गर्ने हस्पिटलमा पनि विस्तारै बिरामी बढ्न थाले। बिरामीको चापलाई सकेसम्म बढी धान्न सकिने गरी आइसीयु युनिट वरपरका युनिटहरुलाई पनि कोभिड युनिट बनाइयो।

मैले काम गर्ने ट्रमा युनिट पनि कोभिड युनिट बनिसकेको थियो। म र मेरा साथीहरुमा पनि एक किसिमको डर पैदा भइरहेको थियो। कोरोनाको कहरले हजारौँलाई मृत्युशय्यामा पुर्‍याएको न्युयोर्क सिटीमा कोरोना ओरालो लाग्दै गर्दा ओहायोमा भने कोरोना माथि उक्लिँदै थियो।

पहिलोपल्ट म कोभिड युनिटमा प्रवेशको तयारी गर्दा हस्पिटलले उपलब्ध गराएको पिपिई तथा अन्य उपकरणले आफ्नो शरीरलाई ढाक्दा मलाई लाग्दै थियो, म मानव वस्ती होइन, कुनै अन्य ग्रहको यात्रा गर्दै छु। मेरो परिचयका लागि म होइन, मैले झुण्ड्याएको कार्ड मात्र थियो।

पहिलो दिन मैले दुई जना कोभिडका बिरामी हेर्नुपरेको थियो। एक जना ६० वर्षकी महिला थिइन्। अर्का ५१ वर्षका पुरुष थिए। बेलाबेलामा खोकी लाग्दा धेरै छट्पटाउने ती महिला छोटो श्वास लिइरहेकी थिइन्, मानौं कि उनको श्वासले घाँटीलाई छिचोल्न संघर्ष गरिरहेको थियो। अर्का बिरामीको श्वासप्रश्वासको समयमा एक किसिमको आवाज निकालिरहेका थिए, श्वास फेर्न उनी  निकै संघर्ष गरिरहेका थिए।

मेरो ड्युटी रातिको भएकोले सबै जना मस्त सुतिरहेको समयमा म भने कोभिडका बिरामीको हेरचाहमा व्यस्त थिएँ। हस्पिटलको बेडमा सुतिरहेकी ती महिलालाई देख्दा मलाई मेरो स्वर्गबासी आमाको झझल्को आइरहेको थियो।

रातभरको ड्युटी सकिएर घर फर्कने बेला बिरामीलाई तपाईंहरु छिट्टै निको हुनुहन्छ भनेर ढाडस दिन्थें। उनीहरु मुसुस्क हाँस्दा मनमा आनन्द हुन्थ्यो। घर फर्कन लाग्दैगर्दा मेरा मनमा करिब १६ वर्ष अगाडिका नेपालका यादहरु सलबलाए, जुनबेला म काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल, सिनामंगलमा नर्सको रुपमा काम गथेंर्।

त्यतिबेला मेरी आमा पनि बिरामी भएर हस्पिटलमा भर्ना हुनुभएको थियो। उहाँको फोक्सोले काम नगरेर श्वासप्रश्वासमा जटिल समस्या थियो। उहाँलाई आइसियुमा राखिएको थियो। उहाँको नाकमा खाना खुवाउने पाइप अनि नाक र मुख छोपिने गरी अक्सिजन मास्क, पिसाबको लागि क्याथेटर, औंलामा अक्सिजन नाप्ने यन्त्रले सज्जित एक निरीह बिरामी, जसका आँखामात्र बोल्न सक्थे टुलुटुलु।

Ncell 2
Ncell 2
nimb
nimb

हामीलाई देख्दा उहाँका आँखाबाट झरेका आँसु बोल्थे अनि हामी पनि आँसुमै जवाफ दिन्थ्यौँ, दुवैमा छुट्टिनु पर्ने डर थियो। त्यो हस्पिटलको आइसीयुमा जम्मा तीन वटा भेन्टिलेटरमात्र थिए। दुई वटामा पहिला नै बिरामी थिए भने एउटा खाली थियो। त्यस दिन मेरी आमालाई साहै्र गाह्रो भएर आयो अर्थात् भनौं भेन्टिलेटर चाहिने भयो तर संयोगवस त्यसै अस्पतालको ८ वर्षको बिरामीलाई अकस्मात भेन्टिलेटर चाहिने अवस्था पर्‍यो। म त्यतिबेला अपरेशन थिएटरमा काम गर्थें।

मलाई आइसीयुको डाक्टरले तुरुन्त बोलाउनुभयो अनि भन्नुभयो, भेन्टिलेटर एउटामात्र छ, बिरामी दुई जना, तिम्री आमा र अर्को ८ वर्षको बच्चा। डाक्टरले मलाई संकटमा पार्नुभयो के गरुँ, के गरुँ भयो। मैले छोरी भएर हैन नर्स भएर सोचेँ। मेरी आमा त्यसै पनि केही दिनको मात्र पाहुना हुनुहुन्थ्यो। उहाँले ६ दशकभन्दा धेरै जीवन बिताइसक्नुभएको थियो तर त्यो ८ वर्षको बच्चाको त भर्खर जीवन सुरु हुँदै थियो। 

तसर्थ डाक्टरसँगको छलफलपछि बच्चालाई भेन्टिलेटरमा राख्ने निर्णय गरियो। मेरी आमाको समय छोट्टिँदै थियो। समयसमयमा आमाले आफ्नो अन्तिम श्वास पशुपतिनाथको मन्दिरमा जाओस् भन्ने चाहना व्यक्त गर्नुहुन्थ्यो। तसर्थ आइसीयुको युनिटबाट निस्केर मेरा दिदीहरु, भाइ अन्य नातेदारहरुलाई फोन गरेँ, आमालाई पशुपति लाने अनुमति डाक्टरसँग लिएँ। अनि आमालाई अस्पतालबाट एम्बुलेन्समा राखेर पशुपति लगियो।

बाटोमा मेरो माइजुले आमाको मुखमा तिर्थहरुको जल हाल्दै कानमा भगवानको नाम सुनाउँदै लग्नुभयो। पशुपति पुगेर धार्मिक विधि अनुसार, उहाँको इच्छा अनुसार, सन्तति र परिवारको माझमा रहेर उहाँले अन्तिम श्वास फेर्नु भयो। मलाई लाग्यो मेरी आमा कति भाग्यमानी।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले यो कोरोनाको महामारीमा मृत्यु हुनेहरुको लाश पनि सन्तानले राम्ररी हेर्न पाउँदैनन्, अन्तिम समयमा पाउने साथको त कुरै छोडौँ। यस्तो सोच्दासोच्दै घर पनि आइपुगिसकेछ। ढोकामा १२ वर्षे छोराले आमा आएको देखेर नजिक आउँदा मैले उसलाई टाढै रहन भनें अनि बाथरुममा पसेर बेसरी नुहाएँ सायद कोरोनाको भाइरस टाँसिएर आएका भए पनि धोइए होलान्। 

कामबाट आएपछि मैले आफैंलाई आइसोलेसनमा राखेँ, श्रीमान् र छोरालाई पनि आवश्यक निर्देशन दिएँ। रातभरि खटेर आएकाले सुतेको थिएँ। अचानक घाँटीमा एक प्रकारको दुखाइको कारण निन्द्रा खुल्यो। अलिअलि खोकी पनि थियो, तर ज्वरो भने थिएन। जीउ पनि दुखिरहेको थियो। मन त्यसै अत्तालियो, म पनि कोरोनाको संक्रमणमा परेँकि भनेर।

आफैँले आफैँलाई तुलना गरेँ, घाँटीको र शरीरको दुखाइ अन्य बेलाभन्दा बेग्लै थियो। श्रीमान्ले बेसार, अदुवा हालेर तातोपानी बनाइदिनुभयो। त्यो प्रशस्त पिएँ अनि केही खाएर एउटा टाएनोल खाएर फेरि सुतें। ज्वरो थिएन तर पनि खलखल पसिना आएर फेरि उठेँ। 

हिजो आफूले हेरेको बिरामीले श्वास फेर्न गरेको संघर्ष सम्झेँ, मन चसक्क भयो। भित्रदेखि परिवारको माया लाग्यो। संयोगवस मेरो तीन दिन अफ थियो, त्यसैले केही ढुक्क भएँ। फेरि आफैँले मनलाई सम्झाएँ, कोरोना संक्रमण हुनासाथ मरिने त होइन नि। भए पनि जित्न सक्छु। मनमा आफैँ आँट पलायो।

घाँटीको दुखाई र खोकीको लक्षणले भने गति लिँदै थियो। आत्मबल, परिवारको हौसला र श्रीमान् र छोराको सहयोगले गर्दा ज्वरोले हमला गर्नै सकेन। तीन दिनपछि काममा जानुपर्ने थियो तर आँट भने आएन। हस्पिटलमा फोन गरेर डाक्टरसँग आफ्नो समस्या राखेँ, लामो कुराकानीपछि भोलि काममा आउन सक्छौ भन्नुभयो।

चार दिनसम्ममा घाँटी दुख्न पनि कम भयो, अनि खोकी पनि। ज्वरो पनि आएन, परीक्षण पनि भएन। म भोलिपल्टदेखि नियमित काममा गएँ। आफ्नो तालिका अनुसार कोरोना संक्रमित अन्य बिरामीहरु समेत हेरचाह गर्न व्यस्त हुन थालेँ। तर पनि हाम्रो परम्पराले सिकाएको घरेलु उपचार विधिबाट तयार हुने तातोपानी पिउन अहिलेसम्म पूरै परिवारले निरन्तरता दिइरहेका छौं। 

म कोरोना संक्रमित भएँ कि भइनँ, त्यो त मलाई थाहा छैन तर मेरो मनले भन्छ कि मैले जितिसके। अब मलाई काममा जान बिरामीको हेरचाह गर्न कति पनि डर लाग्दैन। हामीले हेरेको बिरामी निको भएर जाँदा अझै हौसला थपिन्छ। सुरुसुरुमा हाम्रो हस्पिटलमा संक्रमित बिरामी, सिरियस बिरामी अनि लासको लस्कर देख्दा मन त्यसै अत्तालिन्थ्यो।

बिरामी बढ्ने क्रम करिब तीन हप्ता चल्यो, त्यो समय कसरी बित्यो थाहै भएन। अहिले संक्रमित बिरामी बढ्ने क्रममा कमी आएको छ तर सुरुमै आएका तर निको नभइसकेका बिरामी पनि धेरै छन्।

मनमा भने आँट पलाएको छ, महामारीसँग लड्ने क्षमता पैदा भएको छ। आफू पनि बच्न सक्छु अरुलाई पनि बचाउन सक्छु भन्ने हौसलाका साथ मैले अँगालेको सेवामूलक पेसालाई म सधैँ मन, बचन र कर्मले निभाउने कोशिस गर्नेछु। 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्