• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अमेरिकामा कार्यरत नर्सकाे काेराेना उपचार अनूभुति : बिरामीका आँसु बोल्थे, हामी पनि आँसुमै जवाफ दिन्थ्यौँ

अमृता रिमाल बिहीबार, वैशाख २५, २०७७  २१:२१
1140x725

म अमेरिकाको ओहायो स्टेटस्थित एक अस्पतालको ट्रमा युनिटमा नर्सको रुपमा कार्यरत छु। कोरोनाले न्युयोर्क सिटी थिलथिलो बनाएर तीव्र रुपमा मानिसको ज्यान लिइसक्दा पनि हाम्रो स्टेट भने कोरोना संक्रमणबाट टाढै रहेको भान हुन्थ्यो।

तर, त्यो अवस्था धेरै टिक्न भने पाएन। हाम्रो समुदायमा पनि फाटफुट कोरोनाका संक्रमितहरु देखिन थाले। मैले काम गर्ने हस्पिटलमा पनि विस्तारै बिरामी बढ्न थाले। बिरामीको चापलाई सकेसम्म बढी धान्न सकिने गरी आइसीयु युनिट वरपरका युनिटहरुलाई पनि कोभिड युनिट बनाइयो।

मैले काम गर्ने ट्रमा युनिट पनि कोभिड युनिट बनिसकेको थियो। म र मेरा साथीहरुमा पनि एक किसिमको डर पैदा भइरहेको थियो। कोरोनाको कहरले हजारौँलाई मृत्युशय्यामा पुर्‍याएको न्युयोर्क सिटीमा कोरोना ओरालो लाग्दै गर्दा ओहायोमा भने कोरोना माथि उक्लिँदै थियो।

पहिलोपल्ट म कोभिड युनिटमा प्रवेशको तयारी गर्दा हस्पिटलले उपलब्ध गराएको पिपिई तथा अन्य उपकरणले आफ्नो शरीरलाई ढाक्दा मलाई लाग्दै थियो, म मानव वस्ती होइन, कुनै अन्य ग्रहको यात्रा गर्दै छु। मेरो परिचयका लागि म होइन, मैले झुण्ड्याएको कार्ड मात्र थियो।

पहिलो दिन मैले दुई जना कोभिडका बिरामी हेर्नुपरेको थियो। एक जना ६० वर्षकी महिला थिइन्। अर्का ५१ वर्षका पुरुष थिए। बेलाबेलामा खोकी लाग्दा धेरै छट्पटाउने ती महिला छोटो श्वास लिइरहेकी थिइन्, मानौं कि उनको श्वासले घाँटीलाई छिचोल्न संघर्ष गरिरहेको थियो। अर्का बिरामीको श्वासप्रश्वासको समयमा एक किसिमको आवाज निकालिरहेका थिए, श्वास फेर्न उनी  निकै संघर्ष गरिरहेका थिए।

मेरो ड्युटी रातिको भएकोले सबै जना मस्त सुतिरहेको समयमा म भने कोभिडका बिरामीको हेरचाहमा व्यस्त थिएँ। हस्पिटलको बेडमा सुतिरहेकी ती महिलालाई देख्दा मलाई मेरो स्वर्गबासी आमाको झझल्को आइरहेको थियो।

रातभरको ड्युटी सकिएर घर फर्कने बेला बिरामीलाई तपाईंहरु छिट्टै निको हुनुहन्छ भनेर ढाडस दिन्थें। उनीहरु मुसुस्क हाँस्दा मनमा आनन्द हुन्थ्यो। घर फर्कन लाग्दैगर्दा मेरा मनमा करिब १६ वर्ष अगाडिका नेपालका यादहरु सलबलाए, जुनबेला म काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल, सिनामंगलमा नर्सको रुपमा काम गथेंर्।

त्यतिबेला मेरी आमा पनि बिरामी भएर हस्पिटलमा भर्ना हुनुभएको थियो। उहाँको फोक्सोले काम नगरेर श्वासप्रश्वासमा जटिल समस्या थियो। उहाँलाई आइसियुमा राखिएको थियो। उहाँको नाकमा खाना खुवाउने पाइप अनि नाक र मुख छोपिने गरी अक्सिजन मास्क, पिसाबको लागि क्याथेटर, औंलामा अक्सिजन नाप्ने यन्त्रले सज्जित एक निरीह बिरामी, जसका आँखामात्र बोल्न सक्थे टुलुटुलु।

nimb
nimb
Ncell 2
Ncell 2

हामीलाई देख्दा उहाँका आँखाबाट झरेका आँसु बोल्थे अनि हामी पनि आँसुमै जवाफ दिन्थ्यौँ, दुवैमा छुट्टिनु पर्ने डर थियो। त्यो हस्पिटलको आइसीयुमा जम्मा तीन वटा भेन्टिलेटरमात्र थिए। दुई वटामा पहिला नै बिरामी थिए भने एउटा खाली थियो। त्यस दिन मेरी आमालाई साहै्र गाह्रो भएर आयो अर्थात् भनौं भेन्टिलेटर चाहिने भयो तर संयोगवस त्यसै अस्पतालको ८ वर्षको बिरामीलाई अकस्मात भेन्टिलेटर चाहिने अवस्था पर्‍यो। म त्यतिबेला अपरेशन थिएटरमा काम गर्थें।

मलाई आइसीयुको डाक्टरले तुरुन्त बोलाउनुभयो अनि भन्नुभयो, भेन्टिलेटर एउटामात्र छ, बिरामी दुई जना, तिम्री आमा र अर्को ८ वर्षको बच्चा। डाक्टरले मलाई संकटमा पार्नुभयो के गरुँ, के गरुँ भयो। मैले छोरी भएर हैन नर्स भएर सोचेँ। मेरी आमा त्यसै पनि केही दिनको मात्र पाहुना हुनुहुन्थ्यो। उहाँले ६ दशकभन्दा धेरै जीवन बिताइसक्नुभएको थियो तर त्यो ८ वर्षको बच्चाको त भर्खर जीवन सुरु हुँदै थियो। 

तसर्थ डाक्टरसँगको छलफलपछि बच्चालाई भेन्टिलेटरमा राख्ने निर्णय गरियो। मेरी आमाको समय छोट्टिँदै थियो। समयसमयमा आमाले आफ्नो अन्तिम श्वास पशुपतिनाथको मन्दिरमा जाओस् भन्ने चाहना व्यक्त गर्नुहुन्थ्यो। तसर्थ आइसीयुको युनिटबाट निस्केर मेरा दिदीहरु, भाइ अन्य नातेदारहरुलाई फोन गरेँ, आमालाई पशुपति लाने अनुमति डाक्टरसँग लिएँ। अनि आमालाई अस्पतालबाट एम्बुलेन्समा राखेर पशुपति लगियो।

बाटोमा मेरो माइजुले आमाको मुखमा तिर्थहरुको जल हाल्दै कानमा भगवानको नाम सुनाउँदै लग्नुभयो। पशुपति पुगेर धार्मिक विधि अनुसार, उहाँको इच्छा अनुसार, सन्तति र परिवारको माझमा रहेर उहाँले अन्तिम श्वास फेर्नु भयो। मलाई लाग्यो मेरी आमा कति भाग्यमानी।

अहिले यो कोरोनाको महामारीमा मृत्यु हुनेहरुको लाश पनि सन्तानले राम्ररी हेर्न पाउँदैनन्, अन्तिम समयमा पाउने साथको त कुरै छोडौँ। यस्तो सोच्दासोच्दै घर पनि आइपुगिसकेछ। ढोकामा १२ वर्षे छोराले आमा आएको देखेर नजिक आउँदा मैले उसलाई टाढै रहन भनें अनि बाथरुममा पसेर बेसरी नुहाएँ सायद कोरोनाको भाइरस टाँसिएर आएका भए पनि धोइए होलान्। 

कामबाट आएपछि मैले आफैंलाई आइसोलेसनमा राखेँ, श्रीमान् र छोरालाई पनि आवश्यक निर्देशन दिएँ। रातभरि खटेर आएकाले सुतेको थिएँ। अचानक घाँटीमा एक प्रकारको दुखाइको कारण निन्द्रा खुल्यो। अलिअलि खोकी पनि थियो, तर ज्वरो भने थिएन। जीउ पनि दुखिरहेको थियो। मन त्यसै अत्तालियो, म पनि कोरोनाको संक्रमणमा परेँकि भनेर।

आफैँले आफैँलाई तुलना गरेँ, घाँटीको र शरीरको दुखाइ अन्य बेलाभन्दा बेग्लै थियो। श्रीमान्ले बेसार, अदुवा हालेर तातोपानी बनाइदिनुभयो। त्यो प्रशस्त पिएँ अनि केही खाएर एउटा टाएनोल खाएर फेरि सुतें। ज्वरो थिएन तर पनि खलखल पसिना आएर फेरि उठेँ। 

हिजो आफूले हेरेको बिरामीले श्वास फेर्न गरेको संघर्ष सम्झेँ, मन चसक्क भयो। भित्रदेखि परिवारको माया लाग्यो। संयोगवस मेरो तीन दिन अफ थियो, त्यसैले केही ढुक्क भएँ। फेरि आफैँले मनलाई सम्झाएँ, कोरोना संक्रमण हुनासाथ मरिने त होइन नि। भए पनि जित्न सक्छु। मनमा आफैँ आँट पलायो।

घाँटीको दुखाई र खोकीको लक्षणले भने गति लिँदै थियो। आत्मबल, परिवारको हौसला र श्रीमान् र छोराको सहयोगले गर्दा ज्वरोले हमला गर्नै सकेन। तीन दिनपछि काममा जानुपर्ने थियो तर आँट भने आएन। हस्पिटलमा फोन गरेर डाक्टरसँग आफ्नो समस्या राखेँ, लामो कुराकानीपछि भोलि काममा आउन सक्छौ भन्नुभयो।

चार दिनसम्ममा घाँटी दुख्न पनि कम भयो, अनि खोकी पनि। ज्वरो पनि आएन, परीक्षण पनि भएन। म भोलिपल्टदेखि नियमित काममा गएँ। आफ्नो तालिका अनुसार कोरोना संक्रमित अन्य बिरामीहरु समेत हेरचाह गर्न व्यस्त हुन थालेँ। तर पनि हाम्रो परम्पराले सिकाएको घरेलु उपचार विधिबाट तयार हुने तातोपानी पिउन अहिलेसम्म पूरै परिवारले निरन्तरता दिइरहेका छौं। 

म कोरोना संक्रमित भएँ कि भइनँ, त्यो त मलाई थाहा छैन तर मेरो मनले भन्छ कि मैले जितिसके। अब मलाई काममा जान बिरामीको हेरचाह गर्न कति पनि डर लाग्दैन। हामीले हेरेको बिरामी निको भएर जाँदा अझै हौसला थपिन्छ। सुरुसुरुमा हाम्रो हस्पिटलमा संक्रमित बिरामी, सिरियस बिरामी अनि लासको लस्कर देख्दा मन त्यसै अत्तालिन्थ्यो।

बिरामी बढ्ने क्रम करिब तीन हप्ता चल्यो, त्यो समय कसरी बित्यो थाहै भएन। अहिले संक्रमित बिरामी बढ्ने क्रममा कमी आएको छ तर सुरुमै आएका तर निको नभइसकेका बिरामी पनि धेरै छन्।

मनमा भने आँट पलाएको छ, महामारीसँग लड्ने क्षमता पैदा भएको छ। आफू पनि बच्न सक्छु अरुलाई पनि बचाउन सक्छु भन्ने हौसलाका साथ मैले अँगालेको सेवामूलक पेसालाई म सधैँ मन, बचन र कर्मले निभाउने कोशिस गर्नेछु। 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मेसीले पुनरागमन गरेको खेलमा मियामी पराजित
फलफूल पसल सञ्चालकको कोठामा ८१ लाख रूपैयाँ फेला
पत्रकार श्रेष्ठलाई म्याद थप गर्ने तयारी
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
मेसीले पुनरागमन गरेको खेलमा मियामी पराजित बिहीबार, साउन २८, २०८३
फलफूल पसल सञ्चालकको कोठामा ८१ लाख रूपैयाँ फेला बिहीबार, साउन २८, २०८३
पत्रकार श्रेष्ठलाई म्याद थप गर्ने तयारी बिहीबार, साउन २८, २०८३
सिन्धुपाल्चोकमा टिपर पल्टिँदा एक जनाको मृत्यु बिहीबार, साउन २८, २०८३
राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेद बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्