• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘विश्व एकजुट भए हामी कोरोनाविरुद्धको लडाई जित्नेछौं’

केपी शर्मा ओली, प्रधानमन्त्री सोमबार, वैशाख २२, २०७७  २१:४४
1140x725

अजरवैजानका राष्ट्रपति तथा असंलग्न आन्दोलनका अध्यक्ष महामहिम इल्हम अलियेभ,
महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरु,
विशिष्ट सहभागीहरु।

सर्वप्रथम समयमै हामी सबैलाई एकै ठाउँमा ल्याउन गर्नुभएको यो पहलका लागि राष्ट्रपति महामहिम श्री इल्हम अलियेभलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।
यहाँले कोभिड-१९ विरुद्धको हाम्रो सामूहिक लडाइका लागि सम्पर्क समूह स्थापना गर्न पुर्याउनु भएको पहललाई नेपालले स्वागत गर्दछ।

यो महामारीले हाम्रो जीवनकालमा नभोगेको तहमा संसारलाई हल्लाएको छ। साथै, यसले हाम्रो भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गराएको छ।

अहिले मानवता जोखिममा छ। झण्डै दुई लाख पचास हजार जनाको मृत्यु भइसकेको छ। हाम्रा स्वास्थ्य सुविधाहरुमा थामिनसक्नु बोझ बढेको छ। भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको छ र हाम्रो निरीहता उदाङ्गो तुल्याएको छ।

विश्व व्यापार र भ्रमणका कडीहरु टुटेका छन्। व्यवसायहरु धरासायी भएका छन्। रोजगारी गुमेका छन्।

शैक्षिक प्रणाली भत्केका छन् र लाखौं मानिसहरु गरिबीमा धकेलिंदै छन्, जसले गर्दा दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठीन बन्दैछ।

अहिले हामी साझा तर अदृश्य शत्रुसँग लडिरहेका छौं। यस्तो अवस्थामा, मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन। यो सरकारहरुको सर्वोच्च कर्तव्य पनि हो।

आर्थिक क्षतिको पुर्नस्थापन गर्न सकिन्छ। प्रविधि नयाँ आविष्कार गर्न सकिन्छ। समृद्ध समाज निर्माण गर्न पनि सकिन्छ। तर खेर गएको अमूल्य मानव जीवनलाई हामी पुर्नप्राप्ति गर्न सक्दैनौं, जुन मानव पूँजी, प्रतिभा, दक्षता र विचारको पनि क्षति हो। तसर्थ, सबै कुराभन्दा पहिले मानव जीवन रक्षा गर्नुपर्छ।
मानवता जोगिनु पर्छ, भाइरस होइन। त्यसका लागि स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसलाई विचार गरेर, नेपालमा हामीले आफ्नो क्षमता भित्रका सबै राजनीतिक, आर्थिक, मानवीय र प्राविधिक स्रोतहरु यो भाइरस संक्रमण विस्तार हुन नदिनमा लगाएको छौं।

हाम्रो मुख्य जोड महामारीको रोकथाम र शमन गर्नेतर्फ छ। हामीले संघीय, प्रदेश र स्थानीय तहका सबै स्रोत र राज्य संयन्त्र यो संकटलाई संगतीपूर्ण रूपमा व्यवस्थापन र सम्बोधन गर्नमा परिचालन गरेका छौं।

हाम्रा स्वास्थ्य सुविधाको स्तरोन्नती गरेका छौं, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित तुल्याएका छौं र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गरेका छौं। क्वारेन्टाइन र अलग्गै बस्नका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौं।

हामीले परीक्षण, सम्पर्क अनुगमन (contact-tracing), क्वारेन्टाइन र सामाजिक रूपमा अलग्गै रहने उपक्रमहरुको सामञ्जस्यपूर्ण प्रयोग गरेको छौं। साथसाथै, राष्ट्रव्यापी लकडाउन, अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन, सीमापार आवतजावत नियन्त्रणजस्ता अस्थायी कदमहरु समेत लागू गरेका छौं। मलाई यो कुरा राख्न पाउँदा खुशी लागेको छ कि नेपालमा आजसम्म कोभिड-१९ का कारण कसैको पनि मृत्यु भएको छैन।

यद्यपि, हामीले भोग्नु परिरहेको अभूतपूर्व आर्थिक कठिनाईलाई मैले औल्याउनु नै पर्छ। पूरै अर्थतन्त्र ठप्प रहेको छ। स्पष्ट छ, साना उद्यम, किसान तथा दैनिक ज्याला कमाउनेहरुलाई सबैभन्दा बढी असर परेको छ। विप्रेषण र राजस्वका स्रोतहरु घटेका छन्। पर्यटन क्षेत्र घरासायी भएको छ। विकासको गतिका साथसाथै जनताको जिविकोपार्जनका स्रोतहरु पनि प्रभावित हुनेछन्।

हामी यी चुनौतिहरु सामना गर्न प्रतिबद्ध हुँदै गर्दा हामीलाई लाग्दछ कि यो स्तरको महामारी सामना गर्न एक मजबूत विश्वव्यापी सम्बोधनको खाँचो पर्दछ। राष्ट्रिय प्रयासहरुमा अन्तर्राष्ट्रिय सहयोगका उपायहरु परिपूरकका रुपमा रहनुपर्दछ। यसैमा संयुक्त राष्ट्र संघ तथा यसका विशिष्टकृत निकायहरुको अपरिहार्य भूमिकाको आवश्यकता पर्दछ। महामारी विरुद्धको सहयोग, सहकार्य तथा विश्वव्यापी प्रतिक्रियाका लागि यी निकायहरुलाई समर्थन गरी मजबूत तुल्याउनुपर्छ।

मानव इतिहासको यस कठीन घडीमा विश्वलाई एकताबद्ध गर्न १२० मुलुकहरुको शक्ति समूहका रुपमा रहेको असंलग्न आन्दोलनले आफ्नो गणितीय तथा नैतिक शक्तिलाई प्रयोग गर्नुपर्छ।

यदि विश्व एकजुट भए हामी यो लडाई जित्नेछौं। यदि विश्व विभाजित भए भाइरसले हामीलाई पराजित गर्नेछ। भाइरसलाई पराजित गर्नु बाहेक हामीसँग अरू कुनै विकल्प छैन। यस सन्दर्भमा, म निम्न बुँदाहरु प्रकाश पार्न चाहन्छुः

पहिलो र सबैभन्दा महत्वपूर्ण भनेको यस संकटको घडीमा असंलग्न राष्ट्रहरु एकताबद्ध हुनुपर्छ र कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्छ।

दोस्रो, असंलग्न आन्दोलनले सदस्य मुलुकहरुका सहयोगी कार्यहरुमा समन्वय गर्नुपर्दछ र विश्वव्यापी ऐक्यवद्धताको भावना अनुरूप विश्वभरिका गरीब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्नुपर्छ।

यस सम्बन्धमा असंलग्न्न राष्ट्रहरुका आवश्यकताहरु समावेश गरी तथ्थांङ्कीय आधार निर्माण गर्न असंलग्न्न राष्ट्रहरुको टास्क फोर्स (कार्यटोली) गठनको नेपालले स्वागत गर्दछ।

तेस्रो, विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न्न राष्ट्रहरुले आफ्नो भूमिका निभाउनुपर्छ। विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभवको साटासाट एवं प्रविधि, औषधीजन्य सामग्री तथा उपकरणहरुको आदानप्रदानको माध्यमबाट दक्षिण-दक्षिण सहयोगलाई अभिबृद्धि गर्नुपर्छ।

चौथो, संभावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुर्नस्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरुले सहकार्य र वकालत गर्नुपर्छ। विश्वव्यापीरुपमा यसका प्रभावहरु पहिले नै विशाल छन् र विशेषतः अतिकम विकसित राष्ट्रहरु, भूपरिवेष्ठित राष्ट्रहरु तथा साना विकासोन्मुख टापु राष्ट्रहरुमा यसका प्रभाव असीमित छन्। यो संकटले विकासोन्मुख राष्ट्रहरुप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापी प्रदान गर्नु हुँदैन।

पाँचौ, असंलग्न राष्ट्रहरुले क्षेत्रीय पहलहरुलाई विश्वव्यापी प्रयासको स्तम्भका रुपमा प्रर्बद्धन गर्नुपर्छ। कोभिड-१९ ले प्रस्तुत गरेका चुनौतिहरुको समाधानार्थ उपायहरु पहिल्याउन र सहकार्यलाई प्रर्बद्धन गर्न ‘भिडियो कन्फरेन्स’ मार्फत गरिएको सार्क राष्ट्रहरुको शिखर सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेताहरु एकजुट भएका थिए।

छैटाै‌, गरिबी, अस्वस्थता र अल्पविकसित अवस्था विरुद्धको लडाइमा सिंगो मानव समुदाय एकै स्थानमा उभिनुपर्छ। विद्रोह तथा लडाईहरुमा संलग्न हुने यो समय होइन। यसर्थ, संयुक्त राष्ट्र संघका महासचिवद्धारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई नेपाल समर्थन गर्दछ।

अन्त्यमा, यस महामारीले आर्थिक प्रणालीमा रहेका अपूर्णता तथा कमजोरीहरुलाई उजागर गरेको छ। आधारभूत सामाजिक सुरक्षा, स्वस्थ्य सेवा तथा शिक्षाको प्रणाली निर्माण गर्न र तिनलाई टिकाइराख्न हामीले राष्ट्रिय आर्थिक व्यवस्था र स्रोतहरुलाई पुननिर्देशित गर्नुपर्छ। यस प्रकारको संकटको सामना गर्न जनमुखी नीतिहरु प्रभावकारी हुनेछन्।

अध्यक्ष महोदय, आफ्नो भनाईको अन्त्य गर्नुअघि, कोरोनाका कारण जीवन गुमाउनेहरुका मुलुक तथा परिवारजनमा गहिरो समवेदना व्यक्ति गर्न चाहन्छु। साथै, उपचारत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

एकसाथ हामी पूर्वावस्थामा फर्कने छौं र अझ राम्ररी फर्कने छौं।

यहाँहरु सबैको ध्यानाकर्षणप्रति धन्यवाद दिन चाहन्छु।

(असंलग्न राष्ट्रहरुको अनलाइन शिखर सम्मेलनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन)

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे
रास्वपाको महाधिवेशनमा गगन थापा जाने
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्