काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा भेट भएको छ। आगामी २४ गते सचिवालय बैठक र स्थायी कमिटी बैठकलाई लिएर भेटघाट भएको प्रचण्डको सचिवालयले जनाएको छ।
आगामी २५ गतेदेखि बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष ओली प्रचण्डले प्रतिवेदन पेस गर्ने भएपछि छलफलका लागि भेट भएको हो।
अध्यक्ष ओली प्रचण्डवीच समसामायिक राजनीतिक विषयसंगै बैठकमा पेस गर्ने एजेण्डाबारेमा छलफल भएको बुझिएको छ। नेकपाको आगामी २४ गते सचिवालय बैठकले स्थायी कमिटीका लागि एजेन्डा तय गरेपछि २५ गते स्थायी कमिटी बैठकमा पेस हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।