• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

राष्ट्र बैंकको छुटले वित्तीय क्षेत्रमा संकट : बैंकर

ऋणीलाई दिने ब्याज छुटमा बैंकको असहमति
64x64
अरुण सापकोटा बिहीबार, वैशाख १८, २०७७  १५:२०
1140x725

काठमाडौं- समस्यामा परेका बैंकका ऋणीलाई २ प्रतिशत विन्दू ब्याज छुट दिने राष्ट्र बैंकको निर्देशन प्रति बैंकहरुले असहमति जनाएका छन्। यसका लागि बैंकर एसोसिएसनले नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन हुँदा समस्यामा परेका उद्योगी व्यवसायीलाई बैशाख १ गतेदेखि असार मसान्तसम्म २ प्रतिशत विन्दू ब्याज छुट दिने व्यवस्था गरेको थियो। 

यस्तो व्यवस्थाले बैंकहरु थप समस्यामा पर्ने बैंकरहरु बताउँछन्। नेपाल राष्ट्र बैंकको निर्देशनपछि लगभग सबै ऋणीलाई २ प्रतिशत छुट दिनुपर्ने अवस्था रहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। यस्तो व्यवस्थाले बैंकहरुलाई मात्रै भार पर्ने हुँदा यसमा सरकारको पनि केही राहत उपलब्ध गराउनु पर्ने शेरचनको तर्क छ।

यस्तो राहत बैंकिङ प्रणालीमार्फत् छुट दिने व्यवस्था राम्रो भएपनि पूर्णरूपमा बैंकहरुलाई नै भार पर्ने गरी छुट दिन लगाउनु जायज नभएको पूर्वबैंकर रत्नराज बज्राचार्यले बताए। ब्याजमा छुट दिए बापत नेपाल राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतले बैंकहरुले खोक्रो नाफा गर्ने उनको विश्लेषण छ।

अहिले आम्दानी नभएको रकमलाई आम्दानीमा बाँध्ने व्यवस्थाले तत्कालका लागि धेरै नाफा देखिए पनि भविष्यमा यसले बैंकको समग्र वित्तीय अवस्थालाई प्रभाव पार्ने उनले बताए। 'नभएको ब्याज आम्दानीलाई नाफामा देखाउने र खराब कर्जालाई प्रभिजनिङ गर्नु नपर्ने व्यवस्थाले तत्कालका लागि सुविधा दिएको भ्रम पैदा गरेको छ,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले दिएको नीतिगत सुविधाले तत्काल बैंकको नाफा बढ्ने छ। नाफा बढ्दा शेयरधनी, बैंकका कर्मचारी तथा करमार्फत् राज्यलाई फाइदा पुर्‍याए पनि १/२ वर्षमा यसको यथार्थ विषय अगाडि आउँदा ढिला भइसक्ने बज्राचार्यले बताए। 

आजको वस्तुस्थितिअनुसार वास्तविक हिसाब देखाउन प्रोत्साहित गर्नुपर्ने उनको तर्क छ। 'एउटा पक्षलाई राहत दिँदा अर्को पक्षको वित्तीय अवस्था नै बिग्रने गरी काम गरेर अगाडि बढ्नु भएन,' उनले भने।

राष्ट्र बैंकले अर्थतन्त्रमा सबैको विश्वास जगाइ राख्ने प्रयास गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए। भविष्यमा लकडाउन खुलेपछि अवस्था सामान्य हुन्छ भन्ने मान्यताका साथ यस्तो राहत प्रदान गरेको उनले जानकारी दिए।

Xtrem
Xtrem

अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र सबल र बलियो भएको हुँदा यस्तो व्यवस्थाले केही फरक नपर्ने राष्ट्र बैंकको धारणा छ। बैंकहरुले दिएको छुट बापत केही व्यवस्थाहरुमा खुकुलो बनाइएको भट्टले बताए।

बैंकहरुले धेरै लामो समयदेखि सिसिडी खुकुलो बनाउन अनुरोध गर्दै आएका थिए। यस बापत बैंकहरुले कर्जा लगानी गर्न सक्ने क्षमता बढेको छ। बैंकहरुले यस्तो बेलामा नाफालाई मात्रै हेर्ने भन्दा पनि विश्वासको वातावरण बनाउनुपर्ने राष्ट्र बैंकको तर्क छ।

सरकारले बैंकिङ क्षेत्र बलियो छ भनी घाँटी निमोठ्ने काम ठीक नभएको बज्राचार्य बताउँछन्। सामान्य अवस्थामा कर लिने सरकारले संकटको समयमा राहतको प्याकेज ल्याउनुपर्ने बैंकरहरुकाे भनाइ छ। 

अहिले दिने भनिएको छुटले होटल पर्यटन तथा उड्डयन क्षेत्रका व्यवसायीलाई कुनै पनि प्रभाव नपर्ने उनीहरु बताउँछन्। यस्ता क्षेत्रका व्यवसायीलाई पुरै ब्याज छुट दिए पनि अवस्था सहज हुने देखिँदैन।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्