• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्वास्थ्यको बजेट तयारी : ५३ अर्ब ८३ करोडको सिलिङ, महामारी तथा रोग नियन्त्रणलाई जोड

कल्पना पौडेल बिहीबार, वैशाख १८, २०७७  १०:५०
1140x725

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५३ अर्ब ८३ करोड ५४ लाख रुयैयाँ बराबरको बराबरको सिलिङ पाएको स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेल जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रम प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ। अब हरेक महाशाखाको शीर्षक अनुसारको सिलसिलेवार छलफल हुन बाँकी छ। सोही अनुसार नीति तथा कार्यक्रम थपघट हुनेछ।’

अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई चालूतर्फ ३५ अर्ब ७४ करोड ९ लाख रुपैयाँ र पूँजीगततर्फ १८ अर्ब ८ करोड ५६ लाख रुपैयाँ नबढाई बजेट तर्जुमा लागि भनेको थियो। यो बजेट संघका लागि मात्र तोकिएको हो। 

चालू आर्थिक वर्षका लागि सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि समेत ६८ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो सम्पूर्ण बजेटको करिब ५ प्रतिशत मात्र हो। 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि सम्पूर्ण बजेटको १० प्रतिशत विनियोजन गर्नुपर्ने हुन्छ। तर नेपालमा हरेक वर्ष स्वास्थ्यको बजेट प्रतिशत घट्दै गएको छ।

मन्त्रालयका उपसचिव पौडेल चालू आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट बढ्ने अपेक्षा राखेको बताउँछन्।

स्वास्थ्य बिमाका लागि पनि आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० लाख बजेट विनियोजन गरिएको छ। अघिल्लो वर्ष स्वास्थ्य बिमामा ५ अर्ब रुपैयाँ छुट्याइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षको लागि महामारी तथा रोग नियन्त्रणलाई जोड दिँदै नीति तथा कार्यक्रम अर्थ मन्त्रालयमा प्रस्ताव गरेको छ।

‘स्वास्थ्य मन्त्रालयले यस पटक महामारी र रोग नियन्त्रणलाई विशेष ध्यान दिएको छ तर सोही त्यसको यस्तै मोडल हुने भन्ने अझै तय भएको छैन। अर्थ मन्त्रालयमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमबारे छलफल हुन बाँकी छ,’ उपसचिव पौडेलले भने।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारी मध्यनजर गर्दै संघ र प्रदेशमा सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव गरेको छ। मन्त्रालयले संघमा ३०० बेड र सात प्रदेशमा ५० बेडको सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव गरेको छ। हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशालाको सम्पूर्ण संरचना निर्माण गरी आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने योजना बनाएको छ।

महामारी निम्त्याउन सक्ने सरुवा रोगको नियन्त्रण, रोकथाम र अन्य स्वास्थ्य विपद् व्यवस्थापनका लागि छिटो–छरितो तयारी तथा प्रतिकार्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कोष खडा गरिने र सात प्रदेशमा पनि एक स्वास्थ्य आपतकालीन कोष स्थापना गरिने योजना मन्त्रालयले बनाएको छ।
 
मन्त्रालयले संगठन संरचना परिमार्जनसम्बन्धी प्रस्तावमा संघ न्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने प्रस्ताव गरेको छ।

एनसिडिसीको चर्चा नेपालमा लामो समयदेखि हुँदै आएको छ। तर सधै‌ं बहस हुने तर त्यसका लागि प्रक्रिया अगाडि बढ्न भने सकेको छैन। 

यसपटक कोरोना भाइरसले निम्त्याएको विश्व महामारी मध्यनजर गर्दै मन्त्रालयले पुनः एनसिडिसीको विषय उठान गरेको छ।

स्वास्थ्य मन्त्रालयले औषधि, औजार, उपकरणलगायत चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संसाधन समेतको गुणस्तर जाँच तथा नियमन गर्न स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि हालको औषधि व्यवस्था विभाग खारेज गर्ने प्रस्ताव गरिएको छ।

विदेशस्थित नेपाली नियोगमा स्वास्थ्य सहचारी राख्ने

वैदेशिक रोजगारीको क्रममा लाखौँ नेपालीले झेलिरहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै दश हजारभन्दा बढी कामदार कार्यरत गन्तव्य राष्ट्रस्थित नेपाली नियोगमा स्वास्थ्य सहचारी राख्ने व्यवस्था गर्ने तयारी मन्त्रालयले गरेको छ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा आगामी आर्थिक वर्षमा मलेसिया, कतार र साउदी अरबमा स्वास्थ्य सहचारी राख्ने प्रस्ताव गरेको छ।

हरेक प्रदेशमा विशिष्टकृत सेवा विस्तार

हरेक प्रदेशमा विशिष्टकृत सेवा विस्तार गर्न हरेक मेडिकल कलेजले जिल्लास्तरीय एक प्रादेशिक अस्पतालाई शल्यचिकित्सा सहितको सेवा गर्नुपर्ने नीति बनाउन लागिएको छ।

हरेक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने प्रबन्ध गर्ने, संघ अन्तर्गतका केन्द्रीय अस्पतालहरूले तोकिएका स्थानहरूमा नियमित रूपमा स्याटेलाइट अस्पताल सञ्चालन गर्ने प्रबन्ध मिलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरसम्बन्धी प्रस्तावमा मन्त्रालयले  विपन्न नागरिकलाई उपचार सहुलियतमा थालासेमिया, हिमोफिलिया, अप्लास्टिक एनिमिया र स्ट्रोक रोगहरू थप गर्ने प्रस्ताव गरेको छ। योसँगै ८ वटा कडा रोग बढाएर गरी १२ पुर्‍याउने मन्त्रालयको योजना छ।

नसर्ने रोग रोकथामका उपायहरू सम्बन्धी प्रस्तावमा देशभरिका ६ हजार ७ सय ४३ वडास्थित स्वास्थ्य संस्थाबाट ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा आल्बुमिन, ग्लुकोज तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गरिने जनाएको छ।

महामारीजन्य अवस्थाको निगरानी, पहिचान तथा नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडाै‌ं, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेल्थ डेस्क संरचना निर्माण गर्ने  बताइएको छ।

स्वास्थ्य मन्त्रालयले १२ वटा खुला सीमा–नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, विराटनगरको रानी भन्सार, जलेश्वरको भिट्टामोड, वीरगञ्जको वीरगञ्ज भन्सार, भैरहवाको बेलहिया, नेपालगञ्जको जमुनाह, धनगढीको मोहना, टीकापुरको खद्रौला र कञ्चनपुरको गड्डाचौकीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको स्थायी हेल्थ डेस्क संरचना निर्माण गरी सञ्चालन गर्ने तयारी गरेको छ।

नेपाल आगमनमा पूर्व जनस्वास्थ्यका दृष्टिकोणले जोखिम रोगको स्वास्थ्य जाँच गर्नुपर्ने कानुनी व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १०:५०
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
सम्बन्धित सामग्री
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्द... शनिबार, भदौ २७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र... शनिबार, भदौ २७, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्