काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बागमतिमा ८ हजार २ सय १७, गण्डकीमा ५ हजार ३ सय ४३, प्रदेश ५ मा ३ हजार ६ सय ७१, कर्णालीमा ५ हजार २ सय ६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ जनाको आरडिटिबाट परीक्षण भएको छ।
कुल संक्रमित ५७ मध्ये १६ जना उपचारपछि निको भएका छन्। बाँकी संक्रमित धनगढी र भरतपुरमा १/१ जना, वीरगञ्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
कोरोनाको आशंकामा हाल मुलुकभर ८७ जना आईसोलेसनमा भर्ना भएका छन्। जसमध्ये ४ काठमाडौं उपत्यका भित्र र ८३ जना बाहिरका छन्। मुलुकभर हाल २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बागमतिमा ६ सय ११, गण्डकीमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णालीमा ३ हजार ९ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा छन्।
संक्रमित पुगे ५७
आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भइसकेका छन्। उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको देवकोटाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।