काठमाडौं- कोरोना संक्रमणको पछिल्लो केन्द्र रहेको अमेरिकमा संक्रमितको संख्या १० लाख नाघेको छ। त्यस्तै मृतकको संख्या पनि ६० हजार नजिक पुगेको छ।
पछिल्लो विवरणअनुसार कोरोनबाट संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ पुगेको छ भने मृत्यु हुुनेको संख्या ५९ हजार २ सय ६६ पुगेको छ।
कोरोना संक्रमणको सुरुवाती केन्द्र रहेको चीनमा भने पछिल्लो समय संक्रमित र मृतकको संख्यामा स्थिरता आएको छ।
विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघिसकेको छ भने मृतकको संख्या २ लाख १८ हजार ३ सय ८६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।