काठमाडौं- आर्थिक वृद्धिदरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले तलमाथि भइरहेको हुन्छ। नेपालको आर्थिक वृद्धिदरमा पनि भूकम्प, भारतीय नाकाबन्दी तथा राजनीतिक घटनाक्रमले पनि तलमाथि पारिरहेको छ।
भूकम्पका कारण ० दशमल २ प्रतिशतमा झरेको आर्थिक वृद्धिदर ७ दशमल ७४ सम्म पुगको थियो। तर, कोरोनाका कारण चालू आवको आर्थिक वृद्धिदर भारतीय नाकाबन्दीपछिकै सबैभन्दा न्यून हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको हो।
विभागले चालू आवको आर्थिक वृद्धिदर २ दशमलव २७ हुने अनुमान गरेको हो। भूकम्प गएको आर्थिक वर्षको आर्थिक वृद्धिदर २.९७ थियो भने भारतीय नाकाबन्दी भएको आर्थिक वर्ष २०७३/०७४ को आर्थिक वृद्धिदर ०.२ प्रतिशतमात्रै थियो।
ग्राफिक्समा हेर्नुहोस जनआन्दोलन पछिको आर्थिक वृद्धिदर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।