• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउन कार्यन्वयनमा प्रहरीको सक्रियता : किटनाशक औषधि छर्कनेदेखि ड्रोनबाट निगरानीसम्म

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १३:१०
1140x725

काठमाडौं– विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण र लकडाउन कार्यन्वयनका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निभाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भाइरस संक्रमणलाई रोक्न सरोकारवाला निकायको सहयोगमा विभिन्न स्थानहरूमा किटनाशक औषधि छर्कने, स्वासबाट संक्रमण हुन नदिन प्रयोग गरिने मास्कलाई सुरक्षित प्रयोग गर्ने विधिबारे जानकारी गराउने, कोरोना नियन्त्रणसम्बन्धी सचेतनामूलक पर्चा वितरण गर्ने, भाइरसबाट बँच्न माइकबाट सचेतनामूलक सन्देश प्रवाह गर्ने, सडकपेटीमा बस्दै आएका घरबारबिहीन वृद्धवृद्धाहरूको स्वास्थ्यको ख्याल गर्दै उद्धार गरी सामाजिक संघसंस्थाहरूको सहयोगमा पुनस्थापित गर्ने लगायतका कार्य गर्दै आएको प्रहरी हेडक्वाटरले जनाएको छ।

लकडाउनमा प्रहरीको सक्रियताबारे प्रष्ट पार्दै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भने, ‘लकडाउनको प्रभावकारी पालना गराउन व्यक्तिहरुलाई घरदेखि बाहिर निस्कन नदिन र नेपाल सरकारका विभिन्न संचार माध्यमबाट भएका विभिन्न क्रियाकलापका साथसाथै लकडाउन कार्यन्वयनका लागि नेपाल प्रहरीले करिब ३५ हजार पटकभन्दा बढी माइकिङ गरेर जानकारी गराएका छौं।’ नेपाल प्रहरीको अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको साथसाथै कुनै पनि विपद् र बिषम परिस्थितबाट सिर्जित अपराधको प्रकृति र प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि योजनाबद्ध रुपले प्रहरीको परिचालन गर्न कुनै कमी आउन नदिइने ज्ञवालीले बताए।

लकडाउनको कार्यन्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन)को समेत प्रयोग गरी गतिविधि निग्रानी राखिएको ज्ञवालीले बताए। ‘पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यही फिर्ता पठाउने र पुनः दोहाेर्‍याएमा गतिविधिको आधारमा आवश्यक कारबाहीसमेत गर्ने गरिएको छ,’ आइजिपी ज्ञवालीले भने, ‘नेपाल सरकारको लकडाउन आदेशलाई अन्य निकायसँग पनि समन्वय गरी नेपाल प्रहरीले पूर्णरुपमा समन्वयात्मक भूमिका र कार्यन्वयन गरेको छ। विपद्को समयमा थप काम गर्न नेपाल प्रहरी जहिले सुकै तयार रहेको छ।’

विपद्को अवस्थापछि हुन सक्ने अपराधको प्रवृत्तिलाई मध्यनजर गर्दै योजनाबद्ध तरिकाले प्रहरीको परिचालन हुने र त्यसमा कुनै कमी आउन नदिने ज्ञवालीले दाबी गरे। 

कोरोनाको संक्रमणलाई रोक्नको लागि सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ। लकडाउन कार्यन्वयनमा खटिने प्रहरीसमेत उच्च जोखिममा रहेको अवस्था छ। यस अवस्थामा सुरक्षित हुनका लागि मास्क, स्यानिटाइजरकाे प्रयोग गर्न सकिन्छ। आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह भन्छिन्, ‘प्रहरीका लागि नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरेका छौं। पिपिई व्यवस्थाका साथै प्रहरी मानसिक रुपमा बलियो हुनु आवश्यक छ। प्रहरी कर्मचारीको उपचारको लागि नेपाल प्रहरी अस्पताल सक्षम छ।’ यसका लागि पूर्व तयारी पनि गरेको, त्यसलाई अझ सुदृढ बनाउन थप सामग्रीको व्यवस्था, आइसोलेसन, आइसियूको क्षमता वृद्धि गर्ने व्यवस्था गरिरहेको सिंहले बताइन्। 

nimb
nimb

लकडाउनको अवस्थामा अधिकतम जनशक्ति खटाउने उद्देश्य अनुरुप विभिन्न प्रशिक्षणमा रहेका प्रहरी जनशक्तिलाई जुनसुकै अवस्थामा पनि आवश्यक स्थानमा खटिन तयारी अवस्थामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसका लागि सम्पूर्ण जिल्लामा थप जनशक्ति परिचालन गरिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल भन्छन्, ‘प्रतिष्ठानको तत्वावधानमा संचालन हुने तालिम हाल स्थगित गरिएको छ। अग्रपङ्तिमा बसेर काम गर्नुपर्ने प्रहरी कर्मचारीलाई अहिले तालिममा भन्दा पनि लकडाउनलाई पूर्ण कार्यन्वयन गराउनेतर्फ केन्द्रित गरिएको छ।’ देशलाई संकट परेको यस बिषम परिस्थितिमा नेपाल प्रहरीले आफूलाई अग्रमोर्चामा उभ्याएको उनले बताए।

महामारी रोकथाम र नियन्त्रणका लागि गरिएका पूर्व तयारीका काममा अन्य निकायझैं नेपाल प्रहरी एक्यवद्ध भई अगाडि बढेको उनको भनाइ छ।

सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापनलगायतका काममा प्रहरीको सक्रियता उल्लेखनीय रहेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ। कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने मात्र होइन भाइरसको कारण जनमानसमा उत्पन्न डरत्रासको वातावरण र पीडावोधलाई बिर्साउने गरी सम्झाउने बुझाउने काम नेपाल प्रहरीले गर्दै आएको छ।

नेपाल प्रहरीले वृत्तचित्रसमेत निर्माण गरी लकडाउन कार्यन्वयन सम्बन्धमा नेपाल प्रहरीले गरेको कामको विस्तृत जानकारी प्रदान गरेको छ।

 हेर्नुस् भिडियाे :

(प्रहरी प्रधान कार्यालयबाट प्राप्त बुलेटिनबाट तयार पारिएको सामग्री)

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु बिहीबार, भदौ ११, २०८३
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार, भदौ ११, २०८३
नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्