काठमाडौं-प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक गाभेसँगै थप सिनर्जी प्राप्त गरेको छ। लकडाउनका कारण २० दिन बैंकिङ कारोबार ठप्प हुँदा पनि ३१.१९ प्रतिशतले नाफा सुधार गरेको छ।
बैंकले चालु आर्थिक वर्षको ९ महिनामा दुई अर्ब तीन करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा प्राइमको मात्रै एक अर्ब ५४ करोड रुपैयाँ थियो। राष्ट्रिय स्तरको बलियो विकास बैंकलाई गाभेसँगै नाफामा थप सुधार भएको हो।
गत वर्षको नाफाबाट बोनस शेयर र कैलाश विकास बैंक गाभेसँगै चुक्ता पुँजी ५० प्रतिशतले बढेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै जगेडा कोष दोब्बरभन्दा धेरैले सुधार भएर ५ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको छ।
गत वर्ष निक्षेपको अनुपातमा कर्जा लगानी धेरै रहेको बैंकको हाल दुवैमा उल्लेख्य सुधारसहित सन्तुलन कायम भएको छ। निक्षेप ४८ प्रतिशतले सुधार हुँदा कर्जा लगानी ५३ प्रतिशतले बढेको छ।
बैंकले एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ११ अर्ब कर्जा लगानी विस्तार गर्न सफल भएको हो। खुद व्याज आम्दानी २८ प्रतिशतले सुधार भइ तीन अर्ब ३४ करोड रुपैयाँ आर्जन भएको छ।
खराब कर्जामा समेत उल्लेख्य सुधार भइ ०.९७ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी भने दुई रुपैयाँले घटेर १९ रुपैयाँ छ। बैंकले बोनस शेयरलाई बढि जोड दिँदा प्रतिशेयर आम्दानीमा सुधार हुन नसकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।