काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण कोषमा कोकाकोलाले ८ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। कोकाकोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने वाचा गरेको हो।
कोकाकोलाले नेपालमा सुरु गरेको राहत कार्यक्रमले यस समयमा देशभर १ लाखभन्दा बढी जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको छ।
नेपालमा कोकाकोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालीन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को वृद्धि गरी तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ।
यसका साथै कम्पनीले आपतकालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर रहेका प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ। यी पहलहरु पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा सुरु गरेको हो।
कोकाकोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ। कोकाकोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन्।
ग्लोबल कोभिड-१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निम्त्याएको कोकाकोला अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले बताए। उनले भने‚ ‘यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं। महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ। नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।