काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) रौतहटमा २४ र ३५ वर्षीय थप दुई युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो, १६ जना उपचारपछि निको भए । (थप दुई जनामा कोरोना)
२) प्रधानमन्त्री ओलीद्वारा आफू निकटका सांसदहरुलाई तयारी अवस्थामा बस्न आग्रह, पार्टीको अर्को पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने अन्तिम प्रयास गरिरहेकाले जुनसुकै परिस्थिति पनि आउनसक्ने भनाइ । (आफू निकटसँग छलफलमा ओली)
३) सर्वोच्च अदालतद्वारा द्वन्द्वकालीन मुद्दाका विषयमा यसअघि गरेको फैसला उल्टाउन अस्वीकार, सरकारले दायर गरेको निवेदन खारेज, १४ वर्षदेखि अल्झिरहेको द्धन्द्धकालीन मुद्दामा नयाँ राजनीतिक तरंग । (सर्वोच्चको फैसलाले राजनीतिक तरंग)
४) पाकिस्तानका क्रिकेटर उमर अकमाललाई सबै प्रकारका क्रिकेट खेल्न नपाउने गरी तीन वर्षको प्रतिबन्ध, भ्रष्टाचारका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन नसकेको आरोप । ( उमरलाई तीन वर्षको प्रतिबन्ध)
५) र, कोरोना उत्पत्तिबारे गम्भीर रुपले अनुसन्धान थालेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया, महामारी फैलनुमा चीन नभई ट्रम्प प्रशासन दोषी रहेको विशेषज्ञको भनाइ । (चीनप्रति ट्रम्पको आक्रोश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।